२२-२८ असार २०७६ | 7-13 July 2019

एनसेल को छात्रवृत्ति

Share:
  

एनसेल ले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । संस्थाको व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न पाँच संकायमा बढी अंक ल्याउने उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको एनसेल ले जनाएको छ ।

त्यस्तै, कम्पनीले आगामी चार वर्षसम्म  इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ विषयका उत्कृष्ट विद्यार्थीलाई कुल रु.१ करोड ३० लाखको छात्रवृत्ति दिने पनि घोषणा गरेको छ । यसअघि पनि एनसेल ले उत्कृष्ट ८० विद्यार्थीलाई रु.८० लाखको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिसकेको छ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि रु.१ लाख छ ।

निशान को मनसुन एक्सचेन्ज अफर

निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कपले मनसुन एक्सचेन्ज अफर शुरु गरेको छ । १ जुलाईबाट शुरु यो योजना अन्तर्गत गाडी किन्दा रु.५ लाखसम्मको नगद छूट, रु.३ लाखसम्मको एक्सचेन्ज बोनस तथा रु.२५ हजारसम्मको लोयल्टी बोनस प्रदान गरिने कम्पनीले जनाएको छ । त्यस्तै, रु.२७ हजार बराबरको एसेसरिज, एक वर्षसम्मको सडक कर सुविधा तथा तीन वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा पनि घोषणा गरिएको छ ।

कम्पनीले पुराना गाडीको उचित मूल्यांकन सहित एक्सचेन्ज अफर र नयाँ गाडीका लागि फाइनान्सिङ सुविधाको पनि व्यवस्था गरेको छ ।

हिम इलेक्ट्रोनिक्स र सिटी एक्सप्रेसको समझदारी

नेपालका लागि सामसङ टीभीको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सले गैरआवासीय नेपालीलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेससँग सम्झौता गरेको छ । सम्झौता अनुसार खाडी राष्ट्र तथा मलेशियामा रहेका सिटी एक्सप्रेस मनी ट्रान्सफरको काउन्टरमा पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तले सोही देशमा पर्ने अधिकतम खुद्रा मूल्यमा टिभी खरीद गर्न सक्नेछन् ।

ओप्पो को नयाँ प्रविधि

ओप्पो ले सूचनाप्रविधि सम्बन्धी मेला एमडब्ल्यूसी शांगहाई–२०१९ मा विशेष खालको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शन गरेको छ । यो प्रविधि मार्फत पूरै स्क्रिन हेर्न तथा खिच्न, तस्वीर कैद गर्न, फेस अनलकका साथै भिडियो कल समेत गर्न मिल्छ । त्यस्तै, मेलामा ओप्पो का उपकरणहरुबीच तीन किलोमिटरको दूरीसम्म सेल्यूलर नेटवर्क विना वाईफाई ब्ल्यूटूथ, टेक्स्ट, भ्वाइस म्यासेज तथा रियलटाइम भ्वाइस कल गर्न सकिने प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि (मेशटक प्रविधि) पहिलो पटक प्रदर्शन गरिएको छ ।

मार्भेलस नाइट

सीपीभीसी पाइप उत्पादन गर्ने मार्भल टेक्नोप्लाष्ट प्रालिले पोखरा र बर्दिवासमा थोक बिक्रेता तथा वितरकहरुको भेला आयोजना गरेको छ । ‘मार्भेलस नाइट’ नाम दिइएको कार्यक्रममा ६०० भन्दा बढी वितरक तथा इन्जिनियरहरु सहभागी थिए । मार्भल टेक्नोप्लाष्टले अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेशनसँगको सहकार्यमा गुणस्तर चिह्न प्राप्त गरेका विभिन्न प्रकारका फ्लोगार्ड सीपीभीसी पाइप उत्पादन गरिरहेको छ । यी पाइपहरुमा बलियो र उच्च चाप बहन गर्न सक्ने क्षमता भएको कम्पनीको दाबी छ ।

comments powered by Disqus

रमझम