२९ असार - ४ साउन २०७६ | 14-20 July 2019

रेडमी नोट–७ प्रो सार्वजनिक

Share:
  

चिनियाँ मोबाइल फोन उत्पादक साओमी को नेपालस्थित वितरक साओमी नेपालले रेडमी नोट–७ प्रो सार्वजनिक गरेको छ । ६.३ इन्चको डिस्प्ले रहेको नोट–७ प्रोमा क्वालकम स्न्यापड्रेगन ६७५ प्रोसेसरका साथ दुवैतर्फ सुरक्षाका लागि गोरिल्ला ग्लास ५ जडित छ । यसमा डुअल सिम, ४००० एमएएचको ब्याट्री, १३ मेगापिक्सलको फ्रन्ट क्यामेरा र ४८ मेगापिक्सलको रियर क्यामेरा लगायतका विशेषता छन् ।

यो मोबाइल ४ जीबी र ६ जीबी र्‍यामका साथ उपलब्ध छ । रेडमी नोट–७ प्रो, ४ जीबी प्लस ६४ जीबी भेरियन्टको बजार मूल्य रु.२४ हजार ९९९ र ६ जीबी प्लस १२८ जीबी भेरियन्टको रु.२९ हजार ९९९ तोकिएको छ । स्पेस ब्ल्याक, नेबुला रेड र नेप्चुन ब्लू रङमा उपलब्ध यो स्मार्टफोन ए मआई स्टोर, पार्टनर स्टोर, रिटेल च्यानल र दराज डटकमबाट किन्न सकिने कम्पनीले जनाएको छ ।

प्रायोजक किंगफिसर

किंगफिसर बियरले मिस एशिया प्यासिफिक इन्टरनेशनल नेपाल को प्रायोजन गर्ने भएको छ । ग्रुप अफ इभेन्ट इन्टरटेनर (जीईई) ले आयोजना गर्ने उक्त कार्यक्रमको प्रायोजन सम्बन्धी सम्झौतामा जीईईका प्रमुख कार्यकारी अधिकृत अनुप सक्सेना र यती ब्रुअरीका जनरल म्यानेजर अरुण केसीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रमको विजेताले आगामी वर्ष मनिलामा हुने मिस एशिया प्यासिफिक इन्टरनेशनलमा सहभागिता जनाउने छन् । त्यस्तै, दोस्रो हुनेले थाइल्याण्डमा हुने मिस टूरिजम क्वीन र तेस्रो हुनेले मिस ग्लोबल ब्यूटीमा प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ । यती ब्रुअरी प्रालिले नेपालमा वितरण गर्ने किंगफिसर प्रिमियम र स्ट्रोङ भेरियन्टका बियर बजारमा उपलब्ध छन् ।

पल्सर डियर भेन्चर भारतमा हुने

नेपालका विभिन्न स्थानमा पल्सर डेयर भेन्चरको तीन वटा संस्करण आयोजना गरिसकेको हंसराज एण्ड हुलासचन्द कम्पनीले यो कार्यक्रमको चौथो संस्करण भारतको लद्दाखमा आयोजना गर्ने भएको छ ।

पल्सर डेयर भेन्चर साहसिक यात्राको कार्यक्रम हो । यसले पल्सर मोटरसाइकलको प्रवद्र्धन गर्नुको साथै पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुर्‍याउने कम्पनीले जनाएको छ । यो डेयर भेन्चरका विजेताले रु.१० लाख नगद पुरस्कार र पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कार्यक्रममा सहभागिताका लागि ७ साउनसम्म कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ । आवेदन दिने सबैलाई डेयर भेन्चरको नियम अनुसार तालिम दिएर साहसिक यात्राका लागि तयार गरिने र उत्कृष्ट सहभागीहरूलाई विदेश यात्रामा सहभागी गराइने कम्पनीको भनाइ छ ।

हिमालयन ब्याङ्क लिमिटेडले काठमाडौंको सुकेधारामा ५९औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन ब्याङ्क सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले गत साता गरेका हुन् ।

ब्याङ्कले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको अन्त्यसम्ममा रु.१ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरी उत्पादनशील व्यावसायिक तथा आधारभूत क्षेत्रमा रु.९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । हिमालयनले चालु वर्षको ९ महीनामा रु.२ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ ।

मुक्तिनाथ विकास ब्याङ्कले काठमाडौंको टोखा र कीर्तिपुर, ललितपुरको बाँडेगाउँ र इमाडोल, गोरखाको गोरखाबजार तथा गुल्मीको तम्घासमा नयाँ शाखा विस्तार गरेको छ ।

ग्राहकको सुविधालाई ध्यान दिएर शाखा विस्तारलाई तीव्रता दिइरहेको ब्याङ्कको शाखा संख्या अब ११९ पुगेको छ । मुक्तिनाथका २५ वटा एटीएम काउन्टर छन् ।

comments powered by Disqus

रमझम