१९-२५ साउन २०७६ | 4-10 August 2019

सेलपे को कारोबार शुरु

Share:
  

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्रा.लि.ले सेलपे सेवा संचालनमा ल्याएको छ । यो अन्य डिजिटल भुक्तानी सेवा भन्दा फरक र नवीनतम प्रविधिको रहेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार, सेलपे मार्फत कुनै वालेट नबनाई मोबाइल तथा वेब एप्लिकेशनको माध्यमबाट आफ्नै ब्याङ्क खाता प्रयोग गरी विभिन्न कारोबारको रकम भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ । ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध गर्नेबित्तिकै वास्तविक समयमा उसको ब्याङ्क खाताबाट भुक्तानी गरिनुपर्ने खातामा रकम पुग्ने कम्पनीले जनाएको छ ।

सेलपे मार्फत दूरसञ्चार, इन्टरनेट, टेलिभिजन, बिजुली, खानेपानी आदिको महसुल भुक्तानी तथा किनमेल एवं एउटा ब्याङ्कको खाताबाट अन्य ब्याङ्कको खातामा रकम स्थानान्तरण, मनी ट्रान्सफर जस्ता सेवा प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार यसमा अन्तर्राष्ट्रियस्तरको सुरक्षा प्रणाली छ ।

आईएमई मोटर्स र ज्योतिको सम्झौता

अशोक लेल्याण्ड गाडीको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्स र ज्योति विकास ब्याङ्कबीच गाडी खरीद गर्ने ग्राहकलाई सहज रूपमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार, आईएमई मोटर्सबाट सिफारिश पाएका ग्राहकले अशोक लेल्याण्डका गाडी किन्न ज्योति विकास ब्याङ्कबाट ७० प्रतिशतसम्म कर्जा सुविधा पाउनेछन् । आईएमई मोटर्सले अशोक लेल्याण्डका बस, टिप्पर, पिकअप लगायतका गाडी बिक्री गर्दै आएको छ ।

जोन प्लेयर्स मा ५० प्रतिशत छूट

सूर्य नेपालको उत्पादन जोन प्लेयर्स ले आफ्ना उत्पादनमा ५० प्रतिशतसम्म छूट दिने ‘सुपर सेल’ योजना सार्वजनिक गरेको छ ।

जोन प्लेयर्स का सर्ट, ट्राउजर, क्याजुअल र पार्टी वेयरहरूमा यस्तो छूट पाइनेछ । थापाथलीको ब्लुबर्ड मल, कमलपोखरीको सिटी सेन्टर, सुन्धाराको सिभिल मल, पुल्चोकको लबिम मल तथा मानभवन, दरबारमार्ग आदि स्थानका जोन प्लेयर्स का आउटलेटमा छूट योजना लागू हुने कम्पनीले जनाएको छ ।

एशियाली विकास ब्याङ्क (एडीबी) को ट्रेड फाइनान्स प्रोग्राम र लक्ष्मी ब्याङ्कबीच कर्जा तथा व्यापार सहयोगको लागि सम्झौता भएको छ । यसअघि एडीबी अन्तर्गतको प्रोग्रामले दुई अन्य ब्याङ्कसँग सहकार्य गरी ब्यापार तथा साना र मझौला कर्जा प्रवाहमा सहयोग गर्दै आएको छ ।

कार्यक्रमबाट कृषि, निर्माण र औद्योगिक सामग्री, सोलार प्यानल, टेक्सटायल लगायत विभिन्न ८० क्षेत्रका साना तथा मझौला व्यवसायमा प्रत्यक्ष लाभ पुगेको जनाइएको छ ।

सिटीजन्स ब्याङ्क इन्टरनेशनलले इन्टरनेट ब्याङ्किङ सेवाको स्तरोन्नति गरेको छ । ब्याङ्कले सञ्चालनमा रहेको सेवालाई विस्थापित गरी एक्सप्रेस ब्याङ्किङ नामक नयाँ सेवा शुरु गरेको हो । यस मार्फत स्टेटमेन्ट हेर्न, ब्याङ्कभित्र तथा अन्य ब्याङ्कमा रहेको खातामा रकम ट्रान्सफर गर्न, बिजुली, टेलिफोन, इन्टरनेट, मोबाइल आदिको बिल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको बिल भुक्तानी गर्न र विद्यालय तथा कलेजको शुल्क तिर्न सकिन्छ ।

मुक्तिनाथ विकास ब्याङ्कले आवास कर्जाको नयाँ योजना सार्वजनिक गरेको छ । ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस् नगद फिर्ता’ नारा सहित ल्याइएको योजना अन्तर्गत ग्राहकहरूले घडेरी खरीद, घर निर्माण, विस्तार, मर्मत एवं फर्निसिङका लागि २० वर्षसम्मको कर्जा सुविधा पाउनेछन् । ब्याङ्कले धितो राखेको शेयर मूल्यको ६५ प्रतिशतसम्म कर्जा दिने एकवर्षे शेयर कर्जा योजना पनि सञ्चालनमा ल्याएको छ ।

साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कले बैतडीको पाटन नगरपालिकास्थित एयरपोर्ट रोडमा शाखा विस्तार गरेको छ । ग्रामीण क्षेत्रका ग्राहकलाई ब्याङ्किङ सेवा दिन शाखा कार्यालय स्थापना गरेको ब्याङ्कले जनाएको छ ।

comments powered by Disqus

रमझम