१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

बिक्यो जनमैत्री अस्पताल

Share:
  
p48a

“गरीब जनता लक्षित स्वास्थ्य सेवा' भन्ने नाराका साथ एमाओवादीद्वारा सञ्चालित २०० शैच्चयाको जनमैत्री अस्पतालको स्वामित्व निजी क्षेत्रले लिएको छ। बन्द हुने अवस्थामा पुगेको अस्पताल नोबेल मेडिकल कलेजका पूर्व अध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेको टोलीले १४ फागुनदेखि लिएको हो। अस्पतालको नाम परिवर्तन गरी आयुष्मान मेडिकल कलेज तथा शिक्षण अस्पताल बनाउने नयाँ टीमको योजना छ। 

माओवादी नेता जनार्दन शर्माका पाँच जना आफन्त र कार्यकर्ताको नाममा ट्रष्टको रूपमा सञ्चालित अस्पताललाई तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५/६६ मा रु.१ करोड रकम दिएका थिए। सरकारबाट हटेकै दिन २०६६ वैशाख २१ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले उक्त रकम दिने निर्णय गरेको थियो। अर्थ संकलनका लागि लगाइएको श्रीमद्भागवत महापुराणमा पनि सरकारले सो अस्पताललाई सरकारी स्वामित्वको जितपुर फेदीको ८६ रोपनी जमिन दिएको थियो। तर पनि उपचारका लागि बिरामी नआएपछि एमाओवादीले अस्पताल बिक्री गरेको हो। 

अस्पतालको ११ वटा ब्याङ्कको रु.२२ करोड कर्जा आफूले तिर्ने गरी लिएको नयाँ व्यवस्थापनले जनाएको छ। माओवादीले पनि सो ऋण आफूले तिर्ने गरी अघिल्ला सञ्चालकबाट अस्पतालको स्वामित्व लिएको थियो। तर, माओवादीले ब्याङ्कलाई एक रुपैयाँसमेत तिर्न नसकेपछि उक्त ऋण खराब कर्जामा परिणत भएको छ। 

ब्याङ्कलाई केही पैसा तिरेर कर्जा पुनः वर्गीकृत गर्ने र अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्ने नयाँ व्यवस्थापनको लक्ष्य छ। त्यसकै लागि अस्पतालले असोजभित्र १०० शैच्चया थप गर्ने जनाएको छ। शैच्चया विस्तार र अस्पताल पुनर्निर्माणमा रु.३० करोड लगानी गर्ने सञ्चालक समितिको योजना छ। कमजोर आय भएका सर्वसाधारणलाई सेवा दिन निश्चित शैच्चया कोटा छुट्याइने अध्यक्ष न्यौपाने बताउँछन्। विदेशबाट विज्ञहरूको टीम झिकाएर गम्भीर प्रकारका रोगको उपचार स्वदेशमै गराउने योजना बनाएको अस्पतालले हाल ६० जना वरिष्ठ डाक्टरलाई कन्सल्ट्यान्ट नियुक्त गरिसकेको जनाएको छ। अहिले दैनिक औसत ३०० जनालाई बहिरङ्ग सेवा दिएको तथा अन्तरङ्ग सेवा अन्तर्गत ५० देखि ६० प्रतिशत शैच्चया 'अकुपेन्सी' रहेको प्रबन्ध निर्देशक आदित्यकुमार खनाल बताउँछन्। मेडिकल कलेजका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति अन्तिम चरणमा पुगेको र अब छिट्टै त्रिभुवन वा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिने उनी बताउँछन्। 

 


 ग्रोथ सेलर्स को तालिम

मानव संसाधनको क्षेत्रमा क्रियाशील ग्रोथ सेलर्स प्रालिले नेपालमा तालिम तथा अनुसन्धानको विकासका लागि लण्डन ट्रेनिङ स्कूल सँग हातेमालो शुरू गरेको छ। लण्डन ट्रेनिङ सर्भिससँगको सहकार्यमा ग्रोथ सेलर्स र थ्री एच म्यानेजमेन्टले ७ देखि १२ भदौसम्म फाइनान्सियल सर्भिस एन्ड ब्याङ्किङ तथा इफेक्टिभ म्यानेज्मेन्ट एन्ड लिडरसिप तालिम सम्पन्न गरेको थियो।

बारिष्टा लाभाजा
युरोपको प्रसिद्ध क्याफे बारिष्टा लाभाजा नेपालमा स्थापना भएको छ। एनई, नाङ्लो र सांग्रिला समूहको लगानीमा स्थापित प्रिमियर बेभरेज एण्ड फुड कर्पोरेशनसँगको सहकार्यमा सो क्याफे खुलेको हो। लाजिम्पाटस्थित मेट्रो पार्क भवनमा खुलेको फ्रेन्चाइज कफी शपमा मौलिक स्वादका कफीका पारखीहरूले संसारभरिको स्वाद पाउनेछन्। प्रिमियरले उपत्यकाभित्र पाँच स्थानमा कफी शप खोल्ने तयारी गरेको छ।

वर्ल्डलिंक को सहयोग
स्थापनाको १७औं वार्षिकोत्सवको अवसर पारेर वर्ल्डलिंक कम्युनिकेसन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चोभारस्थित बाल छहारी अनाथाश्रमका २ देखि १६ वर्ष उमेर समूहका २५ बालबालिकालाई खाद्यान्न र लत्ताकपडा वितरण तथा उनीहरूको स्वास्थ्य परीक्षण गरेको छ।

बीबी एयरवेज को उडान शुरू
गैरआवासीय नेपाली उद्यमी भवन भट्टको लगानी रहेको बीबी एयरवेज ले उडान शुरू गरेको छ। २८ भदौमा २०१ यात्रु बोकेको चार्टर्ड जहाज कम्बोडियाको रियाम रिपदेखि काठमाडौं पहिलो पटक अवतरण गरेको हो। कम्बोडियाको टोन्ले साप कम्पनीको सहकार्यमा केही चार्टर्ड उडानपछि २५ असोजदेखि नियमित उडान शुरू गर्ने जनाइएको छ। बोइङ ७५७–२०० जहाज लिजमा ल्याएर क्वालालम्पुर साताको ४ र हङकङ साताको ३ उडान गर्ने कम्पनीले जनाएको छ। त्यस बाहेक जापानको नारितामा साताको दुई वटासम्म चार्टर्ड उडान गर्ने जनाइएको छ। छिट्टै अर्को जहाज थपेर बैंकक, सिङ्गापुर, नयाँदिल्ली र दोहा उडान शुरू गर्ने कम्पनीको लक्ष्य छ।

यामाहा को सेफ राइड
यामाहा मोटरसाइकलको नेपालस्थित अधिकृत बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सेफ राइडिङ साइन्स अभियान सञ्चालन गरेको छ। सुरक्षित ड्राइभिङ सीप सिकाउन यो अभियान चलाएको कम्पनीले जनाएको छ। युवापुस्ता लक्षित कार्यक्रम काठमाडौंका ह्वाइट हाउस, गोल्डेन गेट, नेपाल इन्जिनियरिङ, नोबेल लगायतका कलेजमा सञ्चालन गरिएको जनाइएको छ।

हर्लिक्स विज्किड्स
हर्लिक्स ले नेपालमा दक्षिणएशियाकै ठूलो अन्तर्राष्ट्रियस्तरको अन्तर विद्यालय महोत्सव हर्लिक्स विज्किड्स आयोजना गर्ने भएको छ। १३ असोजमा सम्पन्न हुने कार्यक्रममा सहभागिताको रजिष्ट्रेसन फर्महरू काठमाडौं लगायत पोखरा र विराटनगरमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। विजेताले आगामी डिसेम्बरमा भारतको बैङ्गलोरमा हुने दक्षिणएशियाली फाइनलमा भाग लिन पाउने छन्।

रोडियो आरजे
महिन्द्रा टु ह्विलर्सको नेपालस्थित अधिकृत बिक्रेता एसजी ग्लोबल प्रालिले रोडियो स्कुटरको रोडियो आरजे नेपाली बजारमा भित्र्याएको छ। युवाहरूमा लक्षित स्कुटरको जेट् सिरिज इन्जिनले ५९.३८ किमी माइलेज दिने कम्पनीको दाबी छ। स्कुटरमा १२५ सीसी इन्जिन र ड्युल कर्भ डिजिटल इग्निसन सिस्टम छ।

रियल स्कूल अफ नेपाल
रियल जुसले हाजिरीजवाफलगायत बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित स्कूल अफ नेपाल–२०१२ नामक प्रतियोगिताको प्रायोजन गरेको छ। राष्ट्रियस्तरको यो प्रतियोगितामा स्कूल अफ नेपाल बन्न देशभरका विद्यालयहरू प्रतिस्पर्धी बन्नेछन्। १८ साउनमा शुरू भएको प्रतियोगिताको मध्यमाञ्चल क्षेत्रीय प्रतिस्पर्धाको फाइनल २६ भदौमा चयन भएको छ। पाँचै विकास क्षेत्रबाट विजेताहरू चयन भएपछि अन्तिम प्रतिस्पर्धा काठमाडौंमा हुनेछ।

रिद्धिसिद्धि को अफर
श्री रिद्धिसिद्धि ज्वेलर्सले हरितालिका तीजको अवसर पारेर सुनका गहनाको ज्याला र हीराको खरीदमा ३० प्रतिशत छूट दिने घोषणा गरेको छ। रिद्धिसिद्धि ले बाल पुनर्स्थापना तथा कल्याण केन्द्र भक्तपुर र समाजसेवी दिलशोभा तुलाधरद्वारा सञ्चालित वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठीलाई जनही रु.२५ हजार सहयोग गरेको छ।

पल्सर २००
एचएच बजाजले नयाँ पल्सर २०० एनएस मोटरसाइकल बजारमा ल्याएको छ। सन् २००१ मा नेपालमा पल्सर भित्र्याएको कम्पनीले एकदशकपछि मोटरसाइकलको प्रविधि र डिजाइनलाई पुनः परिभाषित गर्ने गरी नयाँ पल्सर ल्याएको दाबी गरेको छ। एसओएचसी ४–भल्भ टि्रपल स्पार्क इञ्जिनयुक्त मोटरसाइकल ट्वीन स्पार्क इञ्जिनभन्दा २७ गुणा र सिंगल स्पार्क इञ्जिनभन्दा ५० गुणा बढी छिटो रहेको जनाइएको छ। मोटरसाइकलको मूल्य रु.२ लाख ६४ हजार ९०० रहेको छ। 

हिमाल महामेला 

p48

हिमाल खबरपत्रिका को प्रस्तुतिमा आगामी १२–१६ अक्टोबरमा काठमाडौंको भृकुटीमण्डपमा लाइफ स्टाइल एक्स्पो–२०१२ हुँदैछ। हिमाल मिडिया, हाउस अफ राजकर्णिकार, डाइरेक्सन नेपाल र ग्लोबल एक्सपोजिसन्स् म्यानेजमेण्ट सर्भिसको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो। मेलामा सयभन्दा बढी स्टल रहने छन्।

दशैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी हुन लागेको एक्स्पोका अवलोेकनकर्ताहरूले एउटै छातामुनिबाट ग्याजेट्स, घरायसी सजावटका सामान र फर्निचर किन्न सक्नेछन्। यसका साथै मेलामा कपडा, मोबाइलका अत्याधुनिक सेट, ल्यापटप र म्यूजिक सिस्टम पनि राखिने छन्।

स्कूल र कलेजका विद्यार्थीको लागि अन्तर कलेज ब्याण्ड र हाजिरीजवाफ प्रतियोगिता हुनेछन्। ब्याण्ड र हाजिरीजवाफमा उत्कृष्ट हुने समूहले रु.२ लाख ५० हजारसम्मको नगद पुरस्कार पाउनेछन्।

नेपालका प्रसिद्ध गायक तथा ब्याण्डको प्रस्तुतिले मेलालाई थप आकर्षक बनाउनेछ। मेलाको आकर्षणका रूपमा रक कन्सर्ट, गजल, फ्यूजन म्यूजिक कन्सर्ट, कराँते प्रदर्शन, फेशन शो, ट्यालेण्ट शोलगायतका दर्जनौं प्रस्तुति हुनेछन्। मेलाको अर्को आकर्षकका रूपमा इच्छुक अवलोकनकर्ताहरूले हेलिकप्टरबाट शहरको अवलोकन समेत गर्न पाउने छन्। 


 

एनएमबी ब्याङ्क र गौरीशंकर डेभलपमेन्ट ब्याङ्क बीच एनएमबी ब्याङ्कले सञ्चालनमा ल्याएको स्थानीय नगद व्यवस्थापन सुविधा (एलसीएमएस) तथा एनएमबी सुलभ रेमिट सेवा प्रदान गर्ने सम्झ्ौता भएको छ। सम्झौतापछि कुनै एक ब्याङ्कको सेवाग्राहीले अर्को ब्याङ्कको कुनै पनि शाखाबाट रकम जम्मा गर्न तथा चेक भुक्तानी लिन सक्नेछन्। साथै एनएमबी ब्याङ्कको सुलभ रेमिटमार्फत स्वदेशभित्र तथा बाहिर पैसा पठाउने काम पनि अब गौरीशंकर डेभलपमेन्ट ब्याङ्कमार्फत हुने भएको छ। 

एभरेष्ट ब्याङ्कले नगद झिक्न मात्र होइन खातामा पैसा जम्मा गर्न समेत मिल्ने एटीएम मेसिन स्थापना गरेको छ। हालसम्म कुनै पनि ब्याङ्कले यस्तो सेवा शुरू गरेका थिएनन्। एभरेष्टले नयाँबानेश्वर, लाजिम्पाट, न्यूरोड, पुल्चोक र चाबहिलमा ग्राहकले पैसा जम्मा गर्न मिल्ने मेसिन स्थापना गरेको हो। समाज र समयको मागबमोजिम ब्याङ्किङलाई सुलभ तथा सहज बनाउन नयाँ सेवा शुरू गरेको ब्याङ्कले जनाएको छ। 

comments powered by Disqus

रमझम