४-१० साउन २०७१ | 20-26 July 2014

नयाँ यती

Share:
  

यती एयरलाइन्सले आफ्नो बीएई जेटस्ट्रिम ४१ फि्लटको आवरण सजावट परिवर्तन गरेको छ। यती ले आफ्ना अन्य ६ विमानको पनि आवरण रंग परिवर्तन गर्ने भएको छ। यती को ब्राण्ड रंग हरियोको साथमा पहेंलो र सुनौलो पोतिएको विमानले विराटनगर उडान गरिसकेको छ।

अम्बुजा को उपहार

नेपाल अम्बुजा सिमेन्ट प्रालिले 'उपहार पल पलमा मोटरसाइकल बम्परमा' नामक चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ। १ साउनबाट लागू हुने यो योजना अनुसार ग्राहकले कम्पनीका महालक्ष्मी, दाउन्ने तथा उत्सव सिमेन्टको प्रत्येक २५ बोरा खरीदमा एउटा स्क्र्याच कुपन पाउने छन्। कुपनमा माइक्रोम्याक्स मोबाइल, राइसकुकर तथा नगद रु.५० देखि रु.१ हजारसम्म पाइनेछ। त्यस्तै विशेष उपहार अन्तर्गत हरेक महीना लक्की ड्र मार्फत ६ जनाले ३२ इन्चको सामसुङ्ग एलईडी टीभी वा १९२ लीटरको सामसुङ्ग रेफ्रिजेरेटर पाउने छन्। बम्पर उपहार अन्तर्गत एक जनाले ३५० सीसीको रु.४ लाख ४१ हजार पर्ने रोयल इनफिल्ड क्लासिक मोटरसाइकल पाउने छन्।

जोन प्लेयर्स मा छूट

जोन प्लेयर्स ले 'मनसुन अफर' अन्तर्गत आफ्ना उत्पादनमा छूटको घोषणा गरेको छ। जोन प्लेयर्स ले एउटा सामानको खरीद गर्दा दोस्रोमा ४० प्रतिशत छूट दिने योजना ल्याएको हो। जोन प्लेयर्स का ब्लुबर्ड मल त्रिपुरेश्वर, दरबारमार्ग, सिटी सेन्टर तथा सिभिल मलस्थित आउटलेटमा यो योजना सीमित अवधिका लागि लागू गरिएको छ।

शाक्यलाई पिकान्टो

रियल जुसको 'स्कोर द रियल गोल' को सुपर बम्पर पुरस्कार किया पिकान्टो कार काठमाडौंका रवीन्द्र शाक्यले जितेका छन्। सो योजनामा चितवनका विनोद ढकाल र काठमाडौंकी विनिता रेग्मीले दोस्रो र तेस्रो मासिक पुरस्कार जित्दै कतार एयरवेज मार्फत आफ्नो जोडीसहित दुबई भ्रमणको अवसर पाएका छन्। ३ वैशाखदेखि १६ असारभित्र सही जवाफ पठाउनेमध्ये लक्की ड्र मार्फत विजेता छानिएको रियल ले जनाएको छ।

स्पि्रङउड को उपहार

स्पि्रङउडले राजन खत्रीलाई फेसबुकमा आधारित शेयर ट्याग एण्ड विन योजनाको पाँचौं हप्ताको विजेता घोषणा गरेको छ। स्पि्रङउड ले विजेतालाई नयाँ ग्राफिक टिसर्ट प्रदान गरेको छ। फेसबुकमा आधारित यो योजना १५ जुलाईसम्म कायम थियो।

चाइना साउर्दन को उडान

चाइना साउदर्न एयरलाइन्सले ३१ असारदेखि ग्वान्झाउ–काठमाडौं–ग्वान्झाउ दैनिक दुई उडान शुरु गरेको छ। ग्वान्झाउबाट विश्वका विभिन्न शहरमा जोड्ने उडान भएकोले नेपाली यात्रुलाई ग्वान्झाउहुँदै अन्तर्राष्ट्रिय उडान गर्न सहज हुने चाइना साउदर्न ले जनाएको छ।

सलमान ह्वीलको ब्रान्ड एम्बेसडर

कपडा धुलाइमा प्रसिद्ध ब्रान्ड ह्वील लेमन फ्रेस ले आफ्नो बजार प्रवर्द्धनका लागि चर्चित भारतीय नायक सलमान खानलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। साथै ह्वील लेमन फ्रेसले दुई नयाँ ब्रान्डका ह्वील बजारमा ल्याएको छ। कागतीको शक्ति भएको लेमन एन्ड ज्यास्मिन तथा कागतीको शक्ति र सुन्तलाको बास्ना भएको लेमन एन्ड अरेन्ज ले लुगाको उत्कृष्ट सफाइ बनाउनुका साथै मग्मगाउँदो बास्ना दिने कम्पनीको दाबी छ।

हिमालयन ब्याङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं, स्वयम्भूको सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई नयाँ एक्स–रे मेशीन खरीद गर्न आर्थिक सहयोग गरेको छ। २०५५ मा स्थानीय समाजसेवीले शुरु गरेको सो संस्थाले सरल र सुलभ स्वास्थ्य सेवा दिंदै आएको छ।

नबिल ब्याङ्कले आकर्षक विशेषतासहित नयाँ मुद्दती निक्षेप योजना शुरु गरेको छ। जस अनुसार ग्राहकले आफ्नो मुद्दती निक्षेप नवीकरण गर्न ब्याङ्कमा उपस्थित हुनुपर्दैन। नबिलको स्मार्ट मुद्दती निक्षेपमा ग्राहकलाई मुद्दती निक्षेप स्वतः नवीकरण गर्ने वा नगर्ने विकल्प खाता खोल्दा नै दिइएको हुन्छ। यस योजनामा अवधि समाप्तिपछि साँवा रकम स्वतः सुरुआतमा जुन खाताबाट रकमान्तर गरिएको हो, सोही खातामा जम्मा हुनेछ। योसँगै ग्राहकले मुद्दती निक्षेपको विवरण अनलाइन मार्फत हेर्न सक्नेछन्।

comments powered by Disqus

रमझम