११-१७ साउन २०७१ | 27 July - 2 August 2014

नेपालमै टीएमटी बार्स

Share:
  

पाँच दशकभन्दा लामो उत्पादन अनुभव भएको हुलास वायर इन्डष्ट्रिज ले विश्वस्तरीय हुलास टीएमटी बार्सको नेपालमै उत्पादन शुरु गरेको छ। अधिकतम क्षमता भएको एकीकृत उत्पादन लाइन, अत्याधुनिक प्रविधि, परीक्षण र गुणवत्ता सुविधा जस्ता विशेषताका कारण टीएमटी बार्स उत्कृष्ट रहेको कम्पनीको दाबी छ। यो उत्पादनमा अभूतपूर्व रसायन, उच्चतम उत्पादन परीक्षण जाँच भएकोले उत्कृष्ट लचकता, खिया प्रतिरोधात्मक क्षमता, उत्कृष्ट जोडिने क्षमता र बढी पकड शक्ति भएको कम्पनीको दाबी छ।

भीजीका विजेता

भीजी अटोमोबाइल्स ले गत दशैं–तिहारको अवसरमा सञ्चालन गरेको भीजी अल्टिमेट सेलेब्रेसन अफरका विजेता छनोट गरेको छ। योजना अन्तर्गत सबै खरीदकर्ताले हात खाली नजाने पक्का उपहार रु.१० हजारसम्मको नगद छूट जितेका छन्। त्यसैगरी, भाग्यशाली उपहार अन्तर्गत इन्द्रबहादुर ढकाल, कृष्ण मानन्धर र योजेन्द्रबहादुर शाहीले २४ इन्चको एलसीडी टीभी र नरेन्द्रप्रसाद भट्टराईले सुजुकी अल्टो कार जितेका छन्।

दरबारमार्गमा सामसुङ

सामसुङ इलेक्ट्रोनिक्स का प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष बी.के. युनले दरबारमार्गमा भर्खरै नवीकरण गरिएको एक्सक्लुसिभ सामसुङ प्लाजाको उद्घाटन गरेका छन्। भविष्यको बजार विकास र बढ्दो अवसर बुझ्न सीईओ युन कम्पनीका अन्य अधिकारीका साथ नेपालसहित सार्क राष्ट्रको भ्रमणमा छन्। नेपालमा सामसुङका उत्पादनहरूको बिक्री गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्स ले गर्दै आएको छ।

यतीको वृक्षरोपण

यती एयरलाइन्स ले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढीका विभिन्न क्षेत्रमा २५०० भन्दा बढी बिरुवा रोपेको छ। एक साताभित्र २० हजार बिरुवा रोप्ने एयरलाइन्सको योजना छ। एयरलाइन्सले सन् २०१० मा रइका टुर्स एन्ड ट्राभल्ससँग मिलेर शुरु गरेको ग्रीन प्रोजेक्ट अन्तर्गत २ लाख ५० हजार बिरुवा रोपिसकेको छ।


मेगा ब्याङ्कले स्थापनाको चौथो वार्षिकोत्सव हालै मनाएको छ। राम्रो वित्तीय अवस्था भएका अन्य संस्थासँग मर्जर र एक्विजिसनमा जान तयार भएको ब्याङ्कले वार्षिकोत्सवका अवसरमा अनाथ तथा असहाय बालबालिका आश्रित काठमाडौंको धापासीस्थित पवित्र समाज सेवा नेपाललाई रु.९९ हजार ९९९ सहयोग गरेको छ। यसैबीच भारतको सिक्किम, देहरादुन, दार्जीलिङबाट माग आएपछि शाखा स्थापनाको पहल थालिएको ब्याङ्कले जनाएको छ।

सेञ्चुरी कमर्सियल ब्याङ्कले ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, चाबहिलमा आफ्नो एक्सटेन्सन काउन्टर सेवा शुरु गरेको छ। ब्याङ्कको यो पहिलो एक्सटेन्सन काउन्टर हो। ब्याङ्कले ओम अस्पतालबाटै आफ्नो २३औं एटीएम सेवा पनि संचालन गरेको छ।

नबिल ब्याङ्कलाई लेखा तथा लेखा परीक्षण नियमन निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले सन् २०१२/१३ को उत्कृष्ट लेखा प्रस्तुति सम्मान गरेको छ। २ साउनमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले ब्याङ्कलाई सो सम्मान गरेका हुन्। ब्याङ्कले सन् २००८/९ देखि लगातार यो सम्मान पाउँदै आएको छ।

comments powered by Disqus

रमझम