१-७ भदौ २०७१ | 17-23 August 2014

युनिलिभर को सहयोग

Share:
  

युनिलिभर नेपालले सुनकोशी पहिरो पीडित परिवारका लागि रु.१० लाख सहयोग गरेको छ। कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक श्रीकण्ठ श्रीनिवास माधवनले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम हस्तान्तरण गरेका हुन्।

एनसेल को एप सार्वजनिक

एनसेल ले मोबाइल एप्लिकेशन बनाउने प्रतिस्पर्धा 'एनसेल एप क्याम्प' शुरु गरेको छ। २६ साउनदेखि शुरु भएर आगामी पाँच महीनासम्म संचालन हुने यो प्रतिस्पर्धा कृषि, शिक्षा, पर्यटन र कर्पोरेट गरी चार विधामा हुनेछ। प्रतिस्पर्धामा ग्रान्ड विजेताले साढे सात लाख रुपैयाँका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन पाउने छन्। प्रतिस्पर्धामा भाग लिन डेभलपर समूहले ११ कात्तिक १२ बजेसम्म आफ्नो समूह तथा आइडिया दर्ता गरिसक्नुपर्नेछ। यसैबीच एनसेल ले 'एनसेल एप' सार्वजनिक गरेको छ। हाल एन्ड्रोइड फोनमा चल्ने 'एनसेल एप' बाट ग्राहकले एनसेल का सेवा तथा अफरबारे जानकारी लिन, चाहिएको डेटा प्याक खरीद र ब्यालेन्स ट्रान्सफर लगायतका सेवा मोबाइलबाट सहजै पाउने छन्।

कलर्स का दुई नेटबुक

कलर्स मोबाइलले एक्सटी–७५१ र एक्सटी –७२१ नामक दुई नेटबुक बजारमा ल्याएको छ। ७ इन्चको स्त्रि्कन, १.२ गिगाहर्ज क्वाड कोर प्रोसेसर, ४.४ एन्ड्रोइड ओएस, ८ जीबी आन्तरिक मेमोरी, दुईतर्फी क्यामेरा भएको एक्सटी–७५१ को मूल्य रु.१७ हजार ४५ छ। यो नेटबुकको खरीदमा लेदरको केस र ९०० एमबीसम्मको एनसेल डाटा फ्रि सेवा उपलब्ध छ। एक्सटी–७२१ मा १.३ गिगाहर्ज डिओल कोर प्रोसेसर तथा ४.२.२ ओएस छ।

जियोनी नेपालमा

टेलिटक प्रालिको जियोनी ब्रान्डले ५ विभिन्न मोडलका स्मार्ट फोन र २ फिचर फोन स्थानीय बजारमा ल्याउने भएको छ। विश्वको सबैभन्दा पातलो मोबाइल इलाइफ ५.५ सेट पनि नेपाली बजारमा ल्याइने कम्पनीले जनाएको छ। जियोनी मोबाइलले भारत, युरोप, ल्याटिन अमेरिका, अफ्रिका र मध्यपूर्वका ४० मुलुकमा वार्षिक २ करोड ५० लाख ह्यान्डसेट बिक्री गर्दै आएको छ।

कार्बन का ६ मोबाइल

कार्बन मोबाइलको आधिकारिक बिक्रेता एलाइड टे्रड लिंकले ६ नयाँ मोबाइल फोन बजारमा ल्याएको छ। कम्पनीले कार्बन स्मार्ट ए ३४ लाइट, ए १००, के २२ प्लस, के ३७५, के ४४ प्लस र के ४५५ प्लस सार्वजनिक गरेको हो। एन्ड्रोइडको ४.२ जोली विन भर्सन भएको दुई सीम प्रयोग हुने ए ३४ लाइट ट्याब्लेटको मूल्य रु.१२ हजार ५९९ छ। त्यस्तै, १ गिगाहर्ज प्रोसेसर, २५६ एमबी र्‍याम, ब्याक क्यामेरा भएको ए ३४ लाइटको मूल्य रु.७ हजार २४६ छ। बाँकी तीन मोबाइलको मूल्य रु.२५०० भन्दा कम छन्।


सिभिल ब्याङ्कले सुनकोशीका पहिरो पीडितलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.१ लाख र आफ्ना कर्मचारीका तर्फबाट एक दिनको पारिश्रमिक समेत गरी रु.२ लाख ७६ हजार ३०५ सहयोग प्रदान गर्ने भएको छ। ब्याङ्कले सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाका लागि खाता नं ००२००९९९९९९०४१ को सिभिल सुनकोशी दैवीप्रकोप उद्धार कोषमा ३ भदौभित्र रकम जम्मा गर्न अनुरोध गरेको छ।

ग्लोबल आईएमई ब्याङ्कले इपिएस कोरियन भाषा परीक्षाको लागि देशभरका विभिन्न स्थानमा काउन्टर स्थापना गरी परीक्षा शुल्क संकलनमा सहयोग गरेको छ। ब्याङ्कले वैदेशिक रोजगार विभागसँगको सहकार्यमा तोकिएका सात स्थानमा काउन्टर खोलेर सेवा प्रदान गरेको हो।

लक्ष्मी ब्याङ्क र मर्सी कर्प्सले ब्याङ्किङ पहुँच नभएका दुर्गम जिल्ला भोजपुर, सल्यान र रुकुममा शाखा स्थापना गर्न सम्झ्ाौता गरेका छन्। सम्झौता अनुसार ती स्थानमा शाखा सञ्चालन गर्दा लाग्ने केही रकम बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी) को सफल नामक प्रोजेक्टले बेहोर्नेछ।

comments powered by Disqus

रमझम