८-१४ भदौ २०७१ | 24-30 August 2014

सीजीको आउटलेट

Share:
  

सीजी इलेक्ट्रोनिक्स ले भाटभटेनी, नक्सालमा पाँचौं आउटलेट विस्तार गरेको छ। यो आउटलेटमा सीजी, गोदरेज, एलजी, तोसिबा, टीसीएल, केल्भिनेटर र केन्ट का अडियो भिजुअल र घरायसी सामग्री तथा सामसुङ, लाभा, जोलो, इन्टेक्स, नोकिया, माइक्रोम्याक्स, कार्बन, कलर्स आदिका मोबाइल उपलब्ध छन्।

हिरोका यात्री

टर्कीका तीन उत्साही मोटरसाइकल चालकले २० दिनमा भारत र नेपालमा ४ हजार १०० किमि यात्रा गरेका छन्। डा. एरकुट टुरान, नुरी किलिम्सी र रेम्जी सेफियोग्लुले हिरो ग्ल्यामर मोटरसाइकलबाट गरेको यो प्रवर्द्धनात्मक भारत–नेपाल यात्राको प्रायोजन हिरो मोटोकर्प र नेपाल जनरल मार्केटिङले गरेको हो।

रियल स्कूल पूर्वाञ्चल छनोट

'रियल स्कूल अफ नेपाल २०१४' मा पूर्वाञ्चल क्षेत्रबाट बाल कल्याण विद्या मन्दिर उमावि, विराटनगर विजयी भएको छ। विजयी जेनितकुमार साह, सियाशरण महतो, रीतिश यादव, सम्झौता भट्टराई, सन्देश कटुवाल र रोजन अधिकारीले काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

क्लिनिक प्लस का विजेता

क्लिनिक प्लस हेल्दी हेयर कन्टेष्टको छैटौं संस्करण काठमाडौंकी सृष्टि महर्जनले जितेकी छन्। प्रतियोगितामा द्वितीय रोशनी गुरुङले रु.७० हजार, तृतीय मेघना तिवारीले रु.४० हजार तथा सान्त्वना राखी नेपाली र सदीक्षा दाहालले रु.२०–२० हजार जितेका छन्।

बर्जरको गृह प्रवेश

बर्जर पेन्ट्स ले ल्याएको दशैं र तिहार लक्षित 'धुमधामसँग बर्जर भित्र्याऔं, गाडी जित्न घर रंगाऔं' योजनामा सहभागी ग्राहकलाई निःशुल्क पेन्टिङ गाइड, डिजिटल प्रिभ्यू, प्राविधिक परामर्श तथा इन्टेरिअर डिजाइनरहरुद्वारा रंग सम्बन्धी परामर्श दिइनेछ। बर्जरका उत्पादनको खरीदमा विभिन्न उपहारका साथ बम्परमा एक जनाले होण्डा अमेज गाडी र उत्कृष्ट १० घरधनीले रु.५०–५० हजार पाउने छन्।

पशुपति पेन्ट्स मा बाइक

पशुपति पेन्ट्स ले 'दशैं तिहार खुशीको बहार, पशुपति पेन्ट्स खरीदमा पक्का उपहार' योजना ल्याएको छ। १ भदौदेखि ३१ असोजसम्म लागू हुने यो योजनामा बम्पर पुरस्कार विजेताले रोयल इन्पि्कल्ड क्याफे रेसर बाइक पाउने छन् भने चार जनाले महिन्द्रा स्कूटर, ४० जनाले काठमाडौं–बैंकक दुईतर्फी हवाई टिकट लगायतका उपहार पाउने छन्।

हुन्डाई को एक्सेन्ट

हुन्डाई को आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल ले प्रिमियम कम्पेक्ट सेडान 'हुन्डाई एक्सेन्ट' सार्वजनिक गरेको छ। १.२ लीटर कप्पा डुअल भिटिभिटी पेट्रोल इन्जिनमा उपलब्ध एक्सेन्टले अरू गाडीको तुलनामा उत्कृष्ट माइलेज दिने कम्पनीको दाबी छ। आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिको हुन्डाई एक्सेन्टको मूल्य रु.२४ लाख ९६ हजारदेखि रु.३१ लाख ९६ हजारसम्म छ।

सिटीजन्स ब्याङ्कले सम्सारा प्रालि र इजी लिंक रेमिट्यान्ससँग विप्रेषण सेवा प्रदान गर्न सम्झौता गरेको छ। अब विदेशका नेपालीले सम्सारा र इजी लिंक मार्फत पठाएको रेमिट्यान्स सिटीजन्सका देशभरिका शाखाबाट झिक्न सकिनेछ।

बैंक अफ काठमाण्डूले सिन्धुपाल्चोकका पहिरो पीडितका लागि रु.५ लाख ३३ हजार नगद र राहत सामग्री सिन्धुपाल्चोक उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको छ।

सनराइज ब्याङ्कले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

नारायणी नेशनल फाइनान्सले आर्थिक वर्ष २०७०/७१ को संचालन मुनाफा ६५.९७ प्रतिशतले वृद्धि गरी रु.३० करोड ६० लाख पुर्‍याएको छ।

एनआईसी एशिया ब्याङ्कले बालाजु, कपन, गोल्फुटार र लाजिम्पाटमा शाखा स्थापना गरेको छ। ब्याङ्कले आर्थिक वर्ष २०७०/७१ मा खुद मुनाफामा २७ प्रतिशत वृद्धि गरी रु. ८१ करोड ५० लाख पुर्‍याएको छ।

नेपाल लाइफ इन्स्योरेन्सले नौलो धनवर्षा नामक अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना ल्याएको छ। सीमित अवधिको बीमा शुल्क भुक्तानीपछि नियमित रुपमा पैसा फिर्ता हुने यो योजनामा बीमा अवधिभरि जोखिम वहन हुन्छ।

comments powered by Disqus

रमझम