२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

यामाहाका स्पोर्टस् बाइक

Share:
  

यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दुई स्पोर्टस् बाइक वाईजेड एफ आर–६ र आर–१५ को नयाँ ग्राफिक्स्सहितको दोस्रो भर्सन बजारमा ल्याएको छ। ६०० सीसी क्षमताको आर–६ मा ब्रेकिङ प्रणाली र आकर्षक सुविधा भएको कम्पनीको दाबी छ। त्यस्तै, आर–१५ को दोस्रो भर्सनको मूल्य रु.३ लाख ४० हजार ९०० तोकिएको छ।

इजी शूज बजारमा

इजी शूजले नयाँ र आकर्षक डिजाइनका जुत्ता बजारमा ल्याएको छ। फेसनेवल, क्याजुअल, पार्टी र बुट डिजाइनका यी जुत्ताको खरीदमा ६ महीनाको विशेष वारेन्टी छ।

रियल स्कूल अफ नेपाल

रियल स्कूल अफ नेपाल–२०१४ को उपाधि अरुणिमा उमाविले जितेको छ। नेपालगञ्जको जयबागेश्वरी उमावि र विराटनगरको बाल कल्याण विद्या मन्दिर रियल स्कूल अफ नेपाल–२०१४ मा क्रमशः दोस्रो र तेस्रो भएका छन्।

रन शूजको अफर

रन शूजले दशैं र तिहारको अवसरमा ल्याएको 'साँवा भन्दा व्याज ठूलो' उपहार योजना अन्तर्गत प्रत्येक जोर रन जुत्ताको खरीदकर्ताले एउटा टी–सर्ट र स्क्र्याच कुपन पाउने छन्। कुपन मार्फत योजना अवधिभरमा १० जना उपभोक्ताले जनही रु.१ लाख नगद जित्न सक्नेछन्।

गोदरेजको उपहार

गोदरेजको आधिकारिक बिक्रेता ईओएल लिमिटेडले दशैं–तिहार लक्षित उपहार योजना ल्याएको छ। योजना अन्तर्गत गोदरेजको खरीदमा पाइने स्क्र्याच उपहार मार्फत रु.५ हजारसम्म नगद छूटका साथै भाग्यशाली विजेताले बैंकक यात्राको अवसर पाउने छन्।

फोर्डको छूट

दशैं–तिहार लक्षित उपहार योजना अन्तर्गत फोर्ड मोटरका जुनसुकै गाडी खरीदकर्ताले लक्की ड्रमार्फत फोर्ड इको स्पोर्टस् कार जित्नेछन्। साथै, खरीदकर्ताले नगद छूटका साथै एक वर्षको निःशुल्क बीमा र तीन वर्षसम्मको बिक्रीपछिको निःशुल्क सेवा पाउने छन्।

चौधरीको सहयोग

चौधरी ग्रुपले बाढीबाट क्षतिग्रस्त बर्दियाका ६ वटा विद्यालयको पुनर्निर्माण गर्ने भएको छ। साथै सम्पूर्ण शैक्षिक सामग्री गुमाएका पृथ्वी निमाविका ७५ विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र पोशाक पनि सहयोग गर्ने भएको छ। ज्ञानोदय बाढी पीडित विद्यालय पुनर्निर्माण योजना अन्तर्गत तत्काल रु.२० लाख उपलब्ध गराइने समूहले जनाएको छ।

फियाट पुन्टो ईभो कार

लाइफ अटो मोबाइल्सले फियाट पुन्टो ईभो नामक इटालियन कार बजारमा भित्र्याएको छ। कम्पनीले ह्याचब्याक फियाट पुन्टोको सफलतापश्चात् फियाट पुन्टो ईभो बजारमा ल्याइएको हो। स्पोर्टी लुक र अत्याधुनिक प्रविधिमा आधारित यो कार पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध छ। तीन वर्षको वारेण्टीसहितको कारको मूल्य रु.२४ लाख ९५ हजारबाट शुरु छ।

होण्डाको वाटा योजना

होण्डा मोटरसाइकलको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले दशैं–तिहार लक्षित वाटा योजना (हो खुशीमा देश) ल्याएको छ। योजना अन्तर्गत होण्डा मोटरसाइकलको खरीदमा रु.४ हजारदेखि रु.१ लाखसम्मको स्त्र््कयाच कुपन, हरेक साता लक्की ड्रमार्फत एउटा बाइक, पाँच वर्षको लागि स्पेयर पार्टस्मा १० प्रतिशत छूट तथा बम्परमा १० तोला सुन जित्न सकिनेछ।

ला ट्रोबको छात्रवृत्ति

अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले बिजनेस, इकोनोमिक्स र कानून संकायमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि आगामी वर्ष दुई लाख ५० हजार डलर छात्रवृत्तिको घोषणा गरेको छ। विश्वविद्यालयले अक्टोबर सत्रको बिजनेस कोर्समा भर्नाका लागि आह्वान पनि गरेको छ।

हिमाल पावरको विद्युत्

हिमाल पावरले उत्पादित विद्युत्को केही हिस्सा सरकारलाई निःशुल्क दिने भएको छ। बाढीपहिरो पीडित क्षेत्र खिम्ती जलविद्युत् आयोजनालाई पूर्ण रुपमा सञ्चालन गरेर त्यसबाट उत्पादित ८ मेगावाट थप विद्युत् निःशुल्क दिने प्रस्ताव कम्पनीको सञ्चालक समितिले पारित गरेको छ। यसले लोडसेडिङ घटाउन मद्दत मिल्ने कम्पनीको विश्वास छ।


सिटिजन्स ब्याङ्क इन्टरनेशनलले बाढीपहिरो पीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा रु.१ लाख ५१ हजार ७०० आर्थिक सहयोग गरेको छ।

एनआईसी एशिया ब्याङ्कको संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रवर्द्धित एनआईसी एशिया फाउन्डेसनले बाढीपहिरो पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा रु.५ लाख ५१ हजार सहयोग गरेको छ।

बेष्ट रेमिट नेपाल र शेर्पा मलले देशभरिका बाढीपहिरो पीडितका लागि सहयोग गर्न राहत संकलन गरेका छन्। संकलन भएको राहत सामग्री र नगद दाङ जिल्लाका बाढीपहिरो पीडित परिवारलाई प्रदान गरिनेछ।

comments powered by Disqus

रमझम