२-१५ कात्तिक २०७१ | 19 Oct 1- Nov 2014

बजाज लालपुर्जाका विजयी

Share:
  

बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडपर्वको अवसरमा ल्याएको बजाज लालपुर्जा नामक बिक्री योजना अन्तर्गत कास्कीका सविन गौतमले रु.५० हजार नगद जितेका छन्। पल्सर–२२० को खरीदमा प्राप्त कार्ड स्क्र्याच गरी उनले सो रकम जितेका हुन्।

फोर्डको कुगा

फोर्डको शक्तिशाली, आकर्षक र स्टाइलिस कार कुगा नेपालमा सार्वजनिक गरिएको छ। अफ रोडका लागि समेत उपयुक्त र पर्याप्त स्टोरेज क्षमताको यो कार पारिवारिक र मैत्री यात्राका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

फियाटको शोरुम

फियाट अटो मोबाइल्सको आधिकारिक बिक्रेता लाइफ अटो मोबाइलले नक्साल गैह्रीधारामा इटालियन फियाट कारको शोरुम स्थापना गरेको छ। अटो मोबाइल्सले २७ असोजदेखि २ कात्तिकसम्म ग्राण्ड इटालियानो डी–फेस्टा नामक प्रदर्शनी गरेको छ। कम्पनीले फियाट पुन्टो इभो गाडीको खरीदमा तीन वर्षसम्म सम्पूर्ण सर्भिसिङ्ग र स्पेयर्स पार्टस् रिप्लेसमेन्टको सुविधासहितको वारेन्टी योजना सार्वजनिक गरेको छ। साथै, सरल किस्तामा उपलब्ध कारको खरीदमा एक वर्षसम्म बीमा र रोड ट्याक्समा लाग्ने खर्च कम्पनीले बेहोर्नेछ।

एनसेल मेला

एनसेलले जावलाखेलमा मनोरञ्जनात्मक कार्यक्रमसहितको एनसेल मेला गरेको छ। दशैंको अवसरमा बिर्तामोड, विराटनगर, सिन्धुली, वीरगंज, नारायणगढ, दाङ र नेपालगंजपछि कम्पनीले ललितपुरमा मेला गरेको हो। मेलामा मनोरञ्जनात्मक कार्यक्रमका अतिरिक्त एनसेलका सेवासमेतको जानकारी गराइएको थियो।

यामाहाको उपहार

यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले ल्याएको विजय यात्रा अभियान अन्तर्गत भागवत कुमार श्रेष्ठले रु.१ लाख नगद जितेका छन्। पाँचौं हप्ताको लक्की ड्रमार्फत श्रेष्ठसहित अर्जुन राईले रु.५० हजार तथा मोहन पाण्डे र रुमन मानन्धरले रु.२५ हजार जितेका छन्।

अल्कामा टेलिमेडिसन

अल्का अस्पतालले मुटु रोगको सुलभ उपचारका लागि मुटु उपचार केन्द्र स्थापना गरी सेवा शुरु गरेको छ। अस्पतालले मुटुको इसीजी रिपोर्ट अस्पताल मार्फत भारतको बैङ्गलोरस्थित प्रमुख मुटुरोग केन्द्रमा पठाइने र त्यहाँका मुटुरोग विशेषज्ञमार्फत १५ मिनेटभित्र रिपोर्ट पाइने टेलिमेडिसन सेवा समेत शुरु गरेको छ।

लाइफब्वायको अभियान

युनिलिभरको उत्पादन लाइफब्वाय साबुनले साबुनपानीले हात धुन सिकाउनका लागि 'लाइफब्वाय स्कूल अफ फाइभ' अभियान नेपालमा शुरु गरेको छ। अभियानका क्याम्पियन एम्बेसडर नायक राजेश हमाल छन्। स्कूल अफ फाइभमार्फत खाना खानुअघि, चर्पी गएपछि र दिनहुँ नुहाउँदा साबुनको प्रयोग गर्न सिकाइन्छ। यो अभियानबाट झाडापखाला समस्या निर्मूल पार्न र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर घटाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ। कम्पनीले देशभरिका विद्यालयका बालबालिकालाई कमिक बुक, पोष्टर, क्वीज बुक र डायरी जस्ता शैक्षिक सामग्री र अन्तरक्रियात्मक शिक्षा प्रदान गर्न २१ दिने व्यवहार परिवर्तन कार्यक्रम संचालन गर्न लागेको छ। बालबालिकालाई कीटाणुको प्रभाव देखाउन र साबुनले हात धुँदा कसरी कीटाणुमुक्त हुन सकिन्छ भनेर बुझाउनका लागि ग्लो जर्म टुल (कीटाणु देखिने यन्त्र) को पनि प्रयोग गरिनेछ।


लक्ष्मी ब्याङ्कले दाङको घोराही र सल्यानको श्रीनगरमा नयाँ शाखा स्थापना गरेको छ। योसँगै ब्याङ्कका ३७ शाखा, २ विस्तार काउन्टर र ५० एटीएम पुगेका छन्। घोराही शाखामा एटीएम सेवा पनि सञ्चालन गरिएको छ।

ग्लोबल आइएमई ब्याङ्क र भारतको आईडीबीआई ब्याङ्कबीच रेमिट्यान्स सेवा प्रारम्भ गर्ने सम्बन्धी समझ्ादारीपत्रमा हस्ताक्षर भएको छ। सम्झ्ाौतापछि आईडीबीआईको भारतमा रहेका १ हजार ४६८ शाखाबाट पठाएको रकम ग्लोबल आइएमई ब्याङ्कका शाखा र आईएमईका एजेन्टबाट तत्काल भुक्तानी लिन सकिनेछ।

सिटिजन्स ब्याङ्कले बर्दियाको सानोश्री गाविसमा शाखा स्थापना गरेको छ। योसँगै ब्याङ्कको शाखा संख्या ४७, एटीएम ४० र शाखारहित ब्याङ्किङ सेवा २०३ पुगेको छ।

सनराइज ब्याङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठनमा रहेका १३० बालबालिकालाई ट्रयाक सूट, स्वेटर र विभिन्न परिकारका खाजा सामग्री वितरण गरेको छ। ब्याङ्कले कीर्तिपुरस्थित नासःपुच, कुटुझ्वमा निःशुल्क आँखा शिविर समेत गरेको छ।

comments powered by Disqus

रमझम