७-१३ मंसीर २०७१ | 23-29 November 2014

बजाज को विजेता

Share:
  

बजाज अटोको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीको 'बजाज लालपुर्जा' नामक ग्राहक योजनामा शान्तिनगरका प्रितम मिश्रले रु.१ लाख जितेका छन्। बजाज मोटरसाइकलको खरीदमा पाउने स्त्र्कयाच कार्डमार्फत रु.१ लाखसम्म जित्न सकिने योजना कम्पनीले सार्वजनिक गरेको थियो। योजनाको अन्त्यमा लाइभ लक्की ड्रमार्फत भाग्यशाली विजेताले काठमाडौंमा लालपुर्जासहितको घर पाउने छन्।

बर्जर को सिल्की अफर

बर्जर पेन्ट्सले घरधनीहरूलाई एउटा भित्ताको लागि ५० वर्गफीट सिल्क इलुजन्स् टेक्स्चर र प्याटर्नहरू निःशुल्क दिने भएको छ। घरधनीले १६६०–०१–२३४३३ वा ९८०१५७१००१ मा फोन गरी एवं सिल्क टाइप गरेर ३३७७ मा एसएमएस पठाई 'सिल्क इलुजन्स् अफर' मा दर्ता हुन सक्छन्। पहिलो १ हजार घरधनीहरूले बर्जरका प्रतिनिधिमार्फत प्राविधिक परामर्श, निःशुल्क डिजिटल प्रिभ्यू तथा व्यावसायिक इन्टेरियर डिजाइनर मार्फत रंग सम्बन्धी परामर्श पाउने छन्। यो योजना काठमाडौंसहितका मुख्य शहरमा लागू गरिएको छ।

जियोनी को एम–थ्री

जियोनी मोबाइलले एम सिरिजको एम–थ्री मोबाइल नोभेम्बर महीनाको अन्त्यसम्ममा स्थानीय बजारमा ल्याउने भएको छ। लामो समयसम्म टिक्ने ब्याट्रीसहितको यो मोबाइल एकपटकको चार्जमा ३३.७ घण्टासम्मको टकटाइम र ३२.८ दिनको स्ट्याण्डबाइ रहने कम्पनीको दाबी छ। १.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, ५ इञ्चको एचडी डिस्प्ले, डीटीएस साउण्ड, पछाडि ८ र अगाडि २ मेगापिक्सेलको क्यामेरा जस्ता सुविधा यो मोबाइलमा छन्।

हुण्डाई इओन १००० सीसीमा

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई इओनको नयाँ संस्करण इओन १००० सीसी गाडी नेपाली बजारमा ल्याएको छ। यसअघि इओन ८०० सीसी लोकप्रिय थियो। नयाँ गाडीमा थ्री–सिलिन्डर शक्तिशाली इन्जिन, ज्यादा माइलेज तथा आकर्षक डिजाइनको विशेषता छ। स्टाइलिस र सानो यो ह्याचब्याक घरेलु बजारमा लोकप्रिय हुने कम्पनीको दाबी छ।

कार्बन र पानासोनिक को मोबाइल

कार्बन मोबाइलको आधिकारिक बिक्रेता अलाइड टे्रड लिंकले टिटानियम एस–१९ मोबाइल बजारमा भित्र्याएको छ। एन्ड्रोइड ४.४ किटक्याट भर्सनमा १.३ गिगाहर्ज क्वार्डकोर प्रोसेसरसहितको मोबाइलमा १ जीबी र्‍याम, १३ मेगापिक्सेलको क्यामेरा जडित छन्। कार्बन ले दोहोरो सिम, एन्ड्रोइड ४.४ किटक्याट, २ जीबी र्‍यामसहितको अक्टेन प्लस नामक अर्को मोडल पनि बजारमा ल्याएको छ।

यस्तै पानासोनिक ब्रान्डका मोबाइलको समेत आधिकारिक बिक्रेता रहेको अलाइड टे्रेडले पी–८१ र पी–५१ मोडलका दुई नयाँ मोबाइल बजारमा ल्याएको छ। एन्ड्रोइड ४.२ भर्सनका यी नयाँ मोबाइलमा दुई वटा सिम, एक जीबी र्‍याम, २५०० एमएएच ब्याट्री लगायतका सुविधा छन्।

अग्नि को र्‍याली

काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरसँगको सहकार्यमा अग्नि इनर्जीले गत साता पाँचौं विद्युतीय सवारी र्‍यालीको आयोजना गरेको छ। महिन्द्रा मोटर्सको उत्पादन विद्युतीय सवारी महिन्द्रा रेभाको नेपालस्थित आधिकारिक वितरक अग्निको उक्त र्‍यालीमा २५ भन्दा बढी विद्युतीय गाडी र पाँच वटा विद्युतीय स्कुटर सहभागी थिए। स्पाइनल इन्जुरीका बिरामीको सहयोगार्थ आयोजित र्‍याली माइतीघरबाट शुरु भएर साँगामा सकिएको थियो।

एनसेल को अन्तरक्रिया

डिजिटल गेम 'क्याण्डी क्रस' का सर्जक तथा किङडटकमका गेम गुरु टमी पाल्मले एनसेल एप क्याम्प–२०१४ का सहभागीहरूसँग अन्तरक्रिया गरेका छन्। क्याम्पमा प्रतिस्पर्धा गरिरहेका १५० समूहलाई सम्बोधन गर्दै पाल्मले एप्लिकेशन (एप) निर्मातालाई उद्यमशील बन्न प्रेरित गरे। एप क्याम्पमा प्रतिस्पर्धा गरिरहेका समूहलाई पाल्मले एप निर्माणबारे आफ्नो अनुभव सुनाएका थिए।

एनआईसी एशिया ब्याङ्क ले नेशनल ब्याङ्किङ इन्स्टिच्युट (एनबीआई) सँगको सहकार्यमा वित्तीय शिक्षा कार्यक्रम आयोजना गर्ने भएको छ। ब्याङ्कले इलाम, गाईघाट, मिर्चैया, गौर, तुल्सीपुर, सुर्खेत, बनेपा, दमौली, वालिङ्ग, हेटौंडा तथा धनगढी गरी ११ स्थानमा पहिलो चरणको र त्यसपछिका चरणमा अन्य स्थानमा कार्यक्रम गर्न लागेको हो।

सिभिल ब्याङ्क र इजी लिङ्क रेमिट्यान्स बीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता भएको छ। सम्झौतापछि जापानबाट नेपालमा पठाइने रकम सिभिल ब्याङ्कको देशभरका ४१ शाखामार्फत भुक्तानी हुनेछ। यसैबीच ब्याङ्कले मकवानपुरको पदमपोखरीमा पाँचौं शाखारहित ब्याङ्किङ सेवा शुरु गरेको छ।

लक्ष्मी ब्याङ्क ले महोत्तरीको बर्दिबासमा शाखा स्थापना गरेको छ। योसहित ब्याङ्कको शाखा संख्या ३८ पुगेको छ। ब्याङ्कले ग्रामीण र अर्ध ग्रामीण क्षेत्रमा छिट्टै थप सात वटा शाखा पनि खोल्न लागेको जनाएको छ।

comments powered by Disqus

रमझम