४-१० माघ २०७१ | 18-24 January 2014

सामसङ्को क्लिन एण्ड दि ब्युटिफुल

Share:
  

सामसङ्ले क्लिन एण्ड द ब्युटिफुल योजना ल्याएको छ। योजना अन्तर्गत हरेक सामसङ् फुल्ली अटोमेटिक वासिङ मेसिनको खरीदमा उपहारका रुपमा भ्याकुम क्लिनर वा लोरियालका सौन्दर्य प्रशाधन पाइनेछ। फेब्रुअरी अन्त्यसम्म सञ्चालित यस योजना अन्तर्गत रु.२९ हजार ४९० देखि रु.६६ हजार ९९० सम्मका वासिङ मेसिन खरीदमा तिनको मूल्य अनुसारकै उपहार दिइने कम्पनीले जनाएको छ।

सुजुकीको सियाज

सुजुकीको आधिकारिक बिक्रेता सीजी अटोमोबाइल्सले सुजुकी सियाज नामक नयाँ कार बजारमा भित्र्याएको छ। १ हजार ३७३ सीसीको विभिन्न रंगमा उपलब्ध सियाज स्टाइलिस, सुविधायुक्त, सुरक्षित रहेको कम्पनीको दाबी छ। २०.७३ किमी प्रतिलिटर माइलेज दिने यो कारमा दुई एयरब्याग, स्मार्ट की लगायतका सुविधा छन्।

आयो बकार्डी

मदिराको विश्वव्यापी ब्राण्ड बकार्डी ले नेपालमा कागती र स्याउको स्वादका रमको बिक्री शुरु गरेको छ। शंकर ग्रुप अन्तर्गतको जगदम्बा ओभरसिजले बिक्री शुरु गरेको ७५० एमएलको बकार्डी रमको मूल्य रु.९५० र ७५० एमएलमा रहेको विभिन्न प्रकारका बकार्डी सुपेरियरको मूल्य रु.१२०० देखि १४०० तोकिएको छ। डेढ दशकअघि भारतमा उत्पादन शुरु गरेको बकार्डी ले स्थानीय कम्पनी रोलिङ्ग रिभर डिष्ट्रीलरीसँगको सहकार्यमा नेपालमै बोटलिङ शुरु गर्ने पनि जनाइएको छ।

कलर्सको सीडीएमए र जीएसएम

कलर्स मोबाइलको आधिकारिक बित्रे्कता टेलिटक प्रा.लि.ले 'जेड' सिरिजका 'जेड ट्वान्टी टु स्पार्क' र 'जेड ट्वान्टी फोर ग्लो' नामक जीएसएम र 'सिजी सेभेन फिप्टी' नामक सीडीएमए सेट बजारमा ल्याएको छ। दुई वटा सिम राख्न मिल्ने जेड सिरिजका वार फोनमा २.४ इन्चको क्युभीजीए स्त्रि्कन, ब्लुटुथ, टर्च लाइट, एमपीथ्री, एमपीफोर, डिजिटल क्यामेरा रहेको कम्पनीले जनाएको छ। त्यस्तै सीडीएमए फोनमा १.८ इन्चको स्त्रि्कन, एफएम रेडियो, क्यामेरा, एमपीथ्री, एमपीफोर, ब्लुटुथ, टर्च आदिको सुविधा रहेको छ।

ग्रीन फ्लोरम्याक्स बजारमा

भारतीय कम्पनी ग्रीनप्लाई इण्डष्ट्रिजको उत्पादन लेमिनेटेड फ्लोरिङ्ग ग्रिन फ्लोरम्याक्स नेपाली बजारमा भित्रिएको छ। आधुनिक घर तथा कार्यालयको सजावटको लागि यो फ्लोरम्याक्स गुणस्तरीय र आकर्षक रहेको कम्पनीले जनाएको छ।

बजाज को सहयोग

बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई १८० सीसीको एउटा पल्सर बाइक सहयोग गरेको छ। कम्पनीले यसअघि ट्राफिक प्रहरीका लागि १८ मोटरसाइकल सहयोग गरिसकेको छ।

बम्पर सेल

२७ पुसदेखि भृकुटीमण्डपमा दोस्रो 'बम्पर जुत्ता चप्पल सेल' शुरु भएको छ। १० माघसम्म चल्ने सेलमा प्यारागन फुटवेयर, रन शूज, हाईलाइफ शूज एण्ड स्लिपर्स, रोयल शूज, स्मार्ट शूज, ह्याप्पी चप्पल, लेदर डिजायर जस्ता कम्पनीका उत्पादन खरीदमा १५ देखि ६० प्रतिशतसम्म छूट उपलब्ध छ। बेस्ट रेमिट चौथो वर्षमा प्रवेश गरेको छ। रेमिट्यान्स सेवाप्रदायक बेस्ट रेमिटले विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाको सहकार्यमा दुई हजार पाँचसय बढी भुक्तानी काउन्टर मार्फत सेवा दिइरहेको छ। यससँगै यूटीलिटी बिल भुक्तानी, ग्राहक प्रिभिलेज कार्ड, डोर टु डोर, अनलाइन मनी ट्रान्सफर जस्ता सेवा चाँडै नै शुरु गर्न लागेको कम्पनीले जनाएको छ।


ब्याङ्क अफ काठमाण्डूले ५० वर्षभन्दा बढी उमेरका बचतकर्ता सुहाउँदो 'समृद्ध जीवन ब्याङ्किङ सेवा' शुरु गरेको छ। यो सेवा अन्तर्गत न्यूनतम रु.१ लाखको मुद्दती र रु.१० हजारको बचत खाता खोल्न सकिनेछ।

लक्ष्मी ब्याङ्कको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभाले गणेश भट्टराई र सविना उपाध्यायलाई सञ्चालक नियुक्त गरेको छ।

एभरेष्ट ब्याङ्कले शेयरमार्केट कम्प्लेक्स पुतलीसडक, त्रिपुरेश्वर चोक र पाटनको मंगलबजारमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ।

सांग्रिला डेभलपमेन्ट ब्याङ्कले आर्थिक वर्ष २०७०/७१ को नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

comments powered by Disqus

रमझम