८-१४ चैत २०७१ | 22-28 March 2015

बजाजको 'नोटको बोट'

Share:
  

बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचन्दले नयाँ वर्ष २०७२ को अवसरमा 'नोटको बोट अफर' ल्याएको छ। ४ चैतदेखि लागू हुने यो योजनामा बजाज बाइकका प्रत्येक खरीदकर्ताले स्क्र्याच कुपनमार्फत रु.१ लाखसम्म नगद जित्न सक्नेछन्।

हुण्डाईको एक्सचेन्ज क्याम्प

हुण्डाई को आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एकहप्ते एक्सचेन्ज क्याम्प आयोजना गरेको छ। २ चैतबाट शुरु भएको एक्सचेन्ज क्याम्पमा हुण्डाई का सबै मोडलका गाडीको सट्टापट्टा गर्न सकिन्छ। क्याम्पमा गाडी सट्टापट्टा गर्दा मूल्यांकन, र बीमाको सुविधासँगै रु.७५ हजारसम्मको लोयल्टी बोनस र रु.५० हजारसम्मको एक्सचेञ्ज बोनस दिइने कम्पनीले जनाएको छ।

५० वर्षमा भाजुरत्न

ज्योति समूहको भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स लिमिटेडले स्वर्ण जयन्ती मनाएको छ। ५० वर्षअघि वीरगन्जमा स्थापित कम्पनीले ख्यातिप्राप्त अन्तर्राष्ट्रिय र राष्ट्रिय सामग्री बिक्री गर्दै आएको छ। भाजुरत्नले स्वर्ण जयन्तीको अवसरमा आफ्ना कार्यालय रहेको क्षेत्रका दश गाविसका बीस जेहेन्दार र अवसरबाट वञ्चित छात्रछात्रालाई ६ देखि १० कक्षासम्म छात्रवृत्ति दिने घोषणा गरेको छ। त्यस्तै, मोतीबिन्दुका ५० बिरामीको शल्यक्रिया समेत गरिदिने घोषणा गरेको छ।

सोनी सेन्टरको विस्तार

सोनी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता नेपाल हिमा टे्रड लिंकले कान्तिपथस्थित सिद्धि भवनमा सोनी सेन्टरको विस्तार गरेको छ। विस्तारित शोरुममा सोनीका सम्पूर्ण विद्युतीय उत्पादन उपलब्ध हुनेछन्।

विक्सी का मेसिनरी

आईडीएमसी प्रालिले विक्सी मेसिनरी चाइनाद्वारा उत्पादित हलुका निर्माण उपकरण बजारमा ल्याएको छ। कम्पनीले ल्याएको विक्सी ब्रान्डका उपकरणहरुमा कंक्रिट मिक्सचर, टेम्पिङक–र्‍यामर, प्लेट कम्प्याक्टर, स्टील बार वेन्डर, कटर, जेनेरेटर, वाल्क विहाइन्ड, ड्रम रोलर, मिनी डम्पर, कंक्रिट ब्रेकर आदि छन्।

सुजलको लभबर्डस् बजारमा

पोखराको सुजल डेरीको उत्पादन लभबर्डस् प्रिमियम आइसक्रिमले देशभरि बजार विस्तार गर्ने भएको छ। हाल, काठमाडौं, पोखरा र नारायणगढमा बिक्री हुँदै आएको यो आइसक्रिम देशका अन्य शहरमा पनि बिक्री गर्ने तयारी कम्पनीले गरेको छ। आइसक्रिमको बजार प्रवर्द्धनका लागि नयाँ विज्ञापन अभियान समेत शुरु भएको छ।

बोटलर्सको योजना

हलुका पेयको उत्पादक बोटलर्स नेपालले 'जसले खोल्यो क्लियर बोल्यो' नामक बिक्री प्रवर्द्धन योजना ल्याएको छ। योजना अन्तर्गत कोक, फ्यान्टा र स्प्राइट का उपभोक्ताहरुले सामसङ को ग्यालेक्सी जे–१ म्ाोबाइल जित्न सक्छन्। १ लीटरभन्दा माथिका कोक, फ्यान्टा वा स्प्राइट का बोतलको बिर्को मुनि भएको युनिक कोडलाई ६६२२ मा एसएमएस गरी यो योजनामा सहभागी हुन सकिन्छ।

पोखरामा क्याफे इतालियानो

पोखराको लेकसाइडमा क्याफे इतालियानो रेस्टुराँ सञ्चालनमा आएको छ। रु.५ करोड लगानीको यो अत्याधुनिक रेस्टुराँको सेवा क्षमता १५० जनाको छ। रेस्टुराँमा सबै प्रकारका इटालियन र कन्टिनेन्टल परिकारका साथै कफी, बार, बेकरी र आइसक्रिम राखिएको छ।


ब्यांक अफ काठमाण्डूले 'ग्लोबल मनी विक' मनाएको छ। आफ्ना सम्पूर्ण शाखामार्फत ब्यांकिङ कारोबारबारे विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया, विद्यालयहरुमा वित्तीय शिक्षा लगायतका कार्यक्रम गरेर ब्यांकले ग्लोबल मनी विक मनाएको हो।

ग्लोबल आईएमई ब्यांकले कालीकोट सदरमुकाम मान्ममा ८५औं शाखा विस्तार गरेको छ। कालीकोटमा शाखा विस्तार गर्ने यो पहिलो ब्यांक हो।

नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबीको सर्वाधिक ठूलो बीमा रकम भुक्तानी गरेको छ। कम्पनीले गोरखा, बोर्लाङ्गका बीमित स्व. धनबहादुर श्रेष्ठको परिवारलाई रु.५६ लाख २० हजार हन्तास्तरण गरेको हो। स्व. बीमितले बीमांक रु.५० लाखको बीमा शुल्क बापत दुई किस्ताको जम्मा रु.९ लाख ७२ हजार २८० मात्र बुझाएका थिए।

प्रभु ब्यांकले खारेजीको प्रक्रियामा रहेको नेपाल विकास ब्यांकको बाँकी सम्पत्ति खरीद गर्दै सम्पूर्ण दायित्व तथा जिम्मेवारी सकारेको छ। प्रभुले यो ब्यांक खरीदसँगै नेपाल विकासका शेयरधनीले ६ कित्ता बराबर प्रभुको १ कित्ता शेयर पाउनेछन्।

comments powered by Disqus

रमझम