१-१५ पुस २०६९ | 16-30 December 2012

हिमस्टार हिटर

Share:
  

 

हिम इलेक्ट्रोनिक्सले जाडोयामलाई लक्षित गरेर हिमस्टार ब्राण्डका ग्याँस हिटर बजारमा ल्याएको छ। पाउडर कोट गरिएको गह्रौं धातुबाट बनेको हिटरमा रहेको सेन्सरका कारण ढलेको अवस्थामा आफैं बन्द हुने लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ। 
 
आशा अवार्ड  ३ पुसमा 
सूर्य नेपाल प्रालिद्वारा प्रायोजित आशा सामाजिक उद्यमशीलता अवार्ड ३ पुसमा वितरण गरिने भएको छ। राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) को सहकार्यमा चेन्ज फ्युजन नेपालले आयोजना गर्ने अवार्डबाट उद्यमशीलता विकासमा योगदान दिनेहरू सम्मानित हुनेछन्। यसैगरी स्थापित व्यवसायीहरूलाई परिवर्तनका दूतको रूपमा सम्मान गरिने जनाइएको छ। 
 
इत्तेहाद को छुट 
युनाइटेड अरब इमिरेट्सको राष्ट्रिय ध्वजावाहक इत्तेहाद एयरवेज ले कोरल इकोनोमिक क्लासको लागि यूरोप तथा अमेरिकाका विभिन्न आठ गन्तव्यको टिकटमा छुट दिने घोषणा गरेको छ। डिसेम्बर अन्त्यसम्म कायम रहने नयाँ भाडादरमा यात्रीहरूले विशेष लाभ लिनसक्ने कम्पनीले जनाएको छ।  
 
आईएमई को सहयोग 
इन्टनेशनल मनी एक्सप्रेस (आईएमई) ले ८ मंसीरमा पाँचथरको च्याङथापु बजारमा आगलागीका कारण घरबारविहीन २८ परिवारलाई २८ थान कम्मलसहित सहयोग गरेको छ। यस्तै कम्पनीले खैरहनी–४, चितवनमा आईएमई सब–एजेन्टको रूपमा कार्यरत अरुण इम्पेक्सका सञ्चालक हेमराज आचार्यको उपचारका लागि रु.५० हजार सहयोग गरेको छ। 
 
फ्रेसो ब्रेथ  
जया कन्फेक्सनरी प्रालिले हालै बजारमा ल्याएको फ्रेसो मेन्थाल्याप्टर क्यान्डी को बजार प्रबर्द्धन अभियान शुरू गरेको छ। यो क्यान्डीमा प्रयोग गरिएको मिन्ट तत्वले शीतलता तथा श्वासमा स्वच्छता कायम गर्ने कम्पनीको दाबी छ। 
 
बीबी–अवाकस सहकार्य 
निजी क्षेत्रबाट प्रवर्द्धित अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनी बीबी एयरवेज ले अवाकस इन्टरनेशनल लाई एशियाका लागि 'एस्क्लुसिभ' बिक्रेता चयन गरेको छ। अवाकस एशिया प्रशान्त क्षेत्रमा विभिन्न एयरलाइन्सहरूको आम्दानीको ठूलो साझ्ेदार हो। अंग्रेजी नयाँ वर्षसँगै अवाकस मा आवद्ध ट्राभल एजेन्टहरूले बीबी एयरवेज का हवाई टिकट बिक्री गर्नेछन्। अवाकस को बृहत् नेटवर्कबाट टिकट बिक्री गर्दा आफ्नो अकुपेन्सी दर बढ्ने तथा लोकप्रियता विस्तार हुने कम्पनीले जनाएको छ। ह 
 
 
गाउँमा साबुन उद्योग 
 
बाग्लुङ सदरमुकामदेखि ७० किमि टाढा खर्बाङमा हर्बल साबुन उद्योग खुलेको छ। विभिन्न गैरसरकारी संस्थाको अनुदान र पोखराको सांग्रिला डेभलपमेन्ट ब्याङ्कले आफ्नो लघुवित्त कार्यक्रममार्फत ऋण प्रवाह गरेपछि रु.२२ लाख लगानीमा साबुन उद्योग सञ्चालनमा आएको हो।  
 
लघु उद्यम विकास कार्यक्रम नामक गैरसरकारी संस्थाले खर्बाङमा प्रशस्त पाइने कच्चा पदार्थ चिउरीको सम्भाव्यता अध्ययनपछि साबुन उत्पादन शुरू गरिएको उद्योगका अध्यक्ष यमबहादुर भुजेल मगरले बताए। चिउरी प्रशोधन गरी निकालिएको घ्यूबाहेक नरिवलको तेल, टेस्टर, ग्लिसिरिन, सुगन्ध तथा अदुवा, कागती, तीतेपाती, अमला, बकाइनो, घिउकुमारीको रसको मिश्रण गरी उत्पादन गरिएको यो साबुनको प्रयोगले छाला नरम बनाउने, चाया, लुतो, एलर्जी, कालोपोतो हटाउने उद्योगको दाबी छ। साबुनले नेपाल गुणस्तर चिह्नसमेत पाइसकेको छ।
दुर्गाप्रसाद हुमागाईं, पोखरा 
 
नेपाल ब्याङ्क लिमिटेडले राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा एक्सटेन्सन काउन्टर तथा एटीएम सेवा सञ्चालनमा ल्याएको छ। नेपालभर ११६ शाखा रहेको ब्याङ्कले आधुनिक ब्याङ्किङ सेवा विस्तारको क्रममा काउन्टर खोलेको जनाएको छ। यसैबीच ब्याङ्कले रेमिट्यान्स कारोबारका लागि इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) सँग सम्झ्ौता गरेको छ। ब्याङ्कले प्रति शेयर ९.५ को अनुपातमा रु.३ अर्ब ६१ करोड ९५ लाख ८२ हजार बराबरको हकप्रद शेयर निष्काशनका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ।  
 
स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क नेपाल ब्याङ्क अफ द इयर–२०१२ अवार्डबाट सम्मानित भएको छ। बेलायतस्थित प्रसिद्ध म्यागेजिन द ब्याङ्कर ले स्ट्यान्डर्ड चार्टर्डलाई नेपालका वाणिज्य ब्याङ्कहरूमध्ये उत्कृष्ट घोषणा गरेको हो। ब्याङ्कले यसअघि सन् २००२ र २००९ मा पनि उक्त अवार्ड पाइसकेको छ।  
 
एभरेष्ट ब्याङ्कले घर खरीद, निर्माण वा मर्मत गर्न चाहने ग्राहकका लागि गृह प्रवेश योजना ल्याएको छ। निश्चित व्याजदरमा १०.५ प्रतिशत या परिस्थिति अनुसार परिवर्तन हुनसक्ने स्किम अन्तर्गत भने ग्राहकले ९.९९ प्रतिशत व्याजदरमा उक्त कर्जा लिन सक्छन्। निश्चित दरमा लिएको कर्जा भने जुनसुकै अवस्था आए पनि तीन वर्षसम्म व्याजदर यथावत् रहने जनाइएको छ। कर्जा लिने प्रक्रियागत शुल्क ०.५ प्रतिशत मात्र लाग्ने र ५ देखि १५ वर्षभित्र चुक्ता गर्न मिल्ने ब्याङ्कले जनाएको छ। 
comments powered by Disqus

रमझम