६-१२ वैशाख २०७२ | 19-25 April 2015

बजाज को 'नोटको बोट'

Share:
  

बजाजको 'नोटको बोट' योजना अन्तर्गत नुवाकोट निवासी जगत बोगटीले पल्सर बाइकको खरीदमा रु.१ लाख जितेका छन्। नयाँ वर्षसँगै घोषणा गरिएको योजना अन्तर्गत प्रत्येक बजाज बाइकको खरीदमा पाइने स्क्र्याच कुपनमा रु.१ लाखसम्म जित्न सकिनेछ।

गेस द रियल फ्लेभर

रियल फ्रूट जूसले 'गेस द रियल फ्लेभर' योजना शुरु गर्ने भएको छ। १२ साता चल्ने योजनामा दैनिक पत्रिकाहरूमा छापिने विज्ञापनबाट सही उत्तर छानेर पठाउनेमध्ये एक बम्पर पुरस्कार विजेताले फिएट पुन्टो कार उपहार जित्नेछन्। योजनाका मासिक पुरस्कार विजेताले आइफोन–६ तथा साप्ताहिक पुरस्कार अन्तर्गत १२ जोडीले पोखरा भ्रमणको अवसर पाउनेछन्।

जियोनी को इलाइफ एस–सेभेन

जियोनी ले इलाइफ एस–सेभेन स्मार्टफोन बजारमा ल्याएको छ। ५.२ इन्चको एमालेड डिस्प्ले भएको यो मोबाइलमा १३ र ८ एमपीका क्यामेरा, एन्ड्रोइड ५.० ललिपप अपरेटिङ सिस्टम, १.७ गिगाहर्ज अक्टाकोर प्रोसेसर, २ जीबी र्‍याम र १६ जीबी स्टोरेजको सुविधा छ। २७५० एमएएच ब्याट्री जडित यो मोबाइल सेटलाई अहिलेसम्मकै सबैभन्दा पातलो डुअल सिम फोन भएको कम्पनीको दाबी छ।

यूएम ग्लोबल बाइक

आईएमई अटोमोटिभ्सले अमेरिकी ब्रान्ड यूएम ग्लोबल का मोटरसाइकल स्थानीय बजारमा ल्याएको छ। १२५ देखि २३० सीसीसम्मका यी मोटरसाइकल अत्याधुनिक डिजाइन र प्रविधिका भएको कम्पनीले जनाएको छ। युएसबी चार्जर, जेल सिट र छरितो ड्यासबोर्ड सहितका स्कूटर, क्रुजर, क्याफे क्रुजर, डर्टस् एण्ड मोटार्डस्, कम्प्युटर र स्ट्रिट सिरिजका बाइकको मूल्य रु.१ लाख ७२ हजारदेखि रु.३ लाख ८६ हजारसम्म रहेको छ।

सामसङ को नयाँ मूल्य

सामसङ को आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले 'सामसङ फ्रेस न्यू इयर, फ्रेस न्यू प्राइसेस' नामक योजना सार्वजनिक गरेको छ। १५ असारसम्म लागू हुने योजना अन्तर्गत कन्ज्युमर इलेक्ट्रोनिक्स र होम एप्लायन्सहरूमा छूट सहितका नयाँ मूल्य तोकिएको छ।

ह्याप्पी फोर्ड इयर

फोर्ड मोटरले विभिन्न उपहार सहितको 'ह्याप्पी फोर्ड इयर–२०७२' योजना घोषणा गरेको छ। योजना अन्तर्गत विभिन्न मोडलका फोर्ड गाडीको खरीदमा एउटा पक्का उपहारसँगै लक्की ड्रमार्फत सामसङ का टीभी, दुई तोला सुन, आईफोन–६, सामसङ नोट–फोर सहितका उपहार राखिएका छन्।

कलर्स मोबाइलको तीन मोडेल

टेलिटक प्रालिले कलर्स को एफ सिरिज अन्तर्गत एफ–०१०, एफ–०१८ र एफ–०२३ मोडेलका मोबाइल सेट प्रस्तुत गरेको छ। रु.१ हजार ६९५ मूल्यको एफ–०१० मा एफएम, एमपी–थ्री, एमपी–फोर र टर्चलाइटको सुविधा छ। रु.२ हजार ५० मूल्यको एफ–०१८ मा २.४ इन्च स्त्रि्कन, एफएम, एमपी–फोर र ०.३ मेगा पिक्सलको रियर क्यामरा जडित छ। त्यस्तै, रु.२ हजार २५० मूल्यको एफ–०२३ मोबाइलमा फोर एमबी मेमोरी, १६०० एमएच ब्याट्री, एफएम, एमपी–फोर सहितका सुविधा छन्।

केल्भिनेटर को रेफ्रिजेरेटर

केल्भिनेटर ले आफ्नो शतवार्षिकीका अवसरमा चेस्ट फ्रिज222र र शोकेस रेफ्रिजेरेटरको श्रृंखला नेपाली बजारमा भित्र्याएको छ। अमेरिकी प्रविधिका यी फ्रिजर र रेफ्रिजेरेटरले खानालाई लामो समयसम्म चिसो र स्वस्थ राख्ने कम्पनीको दाबी छ।

टीसीएल को टि्रप इन अ शिप

टीसीएल ले नयाँ वर्षको अवसरमा टि्रप इन अ शिप अफर ल्याएको छ। यो अफर अन्तर्गत टीसीएल ब्रान्डका टीभी, चेस्ट फ्रिजर, एयर कन्डिसनर तथा वाशिङ मेसीनको खरीदमा पाइने कुपनबाट हरेक साता दुई जनाले स्टार त्रु्कजको होलिडे प्याकेज जित्नेछन्।

सुकेधारामा बाजेको सेकुवा

बाजेको सेकुवा ले सुकेधारामा नयाँ आउटलेट विस्तार गरेको छ। फ्रेन्चाइजी मोडलमा स्थापना गरिएको यो दोस्रो आउटलेट हो। देशभरिमा पाँच आफ्नै स्वामित्वका सहित ८ आउटलेट रहेको बाजेको सेकुवा को भेन्चर अन्तर्गत यसअघि सातदोबाटो र पोखरामा आउटलेट स्थापना भइसकेका छन्। आगामी वर्ष कम्पनीले थप ८ आउटलेट विस्तारको तयारी गरेको छ।

comments powered by Disqus

रमझम