१३-१९ वैशाख २०७२ | 26 April - 2 May 2015

सामसुङ ग्यालेक्सीका एस–सिक्स र सिक्स–इज

Share:
  

सामसुङ ले ग्यालेक्सी एस–सिक्स र ग्यालेन्सी सिक्स–इजलाई नेपाली बजारमा भित्र्याएको छ। मेटल कभरसहितका यी स्मार्टफोनमा विभिन्न नयाँ सुविधा उपलब्ध छन्। ब्याट्री निकाल्न, फोन खोल्न नसकिने ५.१ इन्च डिस्प्लेका यी फोनमा २.१ गिगाहर्ज अक्टाकोर प्रोसेसर, थ्री जीबी र्‍याम, ५.०.२ ललिपप अपरेटिङ सिस्टम, पछाडि र अगाडि क्रमशः १६ र ५ मेगापिक्सेलका क्यामेरा छन्। ग्यालेक्सी एस–सिक्सको मूल्य रु.७७ हजार ९०० र ग्यालेन्सी सिक्स–इजको मूल्य रु.९४ हजार ९०० तोकिएको छ।

प्रोस्टाइल म्यानहन्ट–२०१५

डाबर नेपालले आफ्नो उत्पादन प्रोस्टाइलको प्रायोजनमा 'म्यानहन्ट इन्टरनेशनल नेपाल–२०१५' गर्ने भएको छ। ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले आयोजना गर्ने यस प्रतियोगितामा १८ देखि ३० वर्ष उमेरका तथा कम्तीमा ५ फीट ८ इन्च उँचाइका नेपाली युवाले भाग लिन सक्नेछन्। १५ मे सम्ममा आवेदन गर्न सकिने प्रतियोगिताका विजेताले रु.१ लाख तथा दोस्रो र तेस्रो हुनेले क्रमशः रु.२० हजार र रु.१० हजार नगर पुरस्कार जित्नेछन्।

हुन्डाई को फोर–एस भेर्ना

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई को नयाँ सेडान कार फोर–एस भेर्ना भित्र्याएको छ। प्रतिलीटर १७.०१ किलोमिटर माइलेज रहेको दाबी गरिएको पेट्रोलबाट चल्ने फोर–एस भेर्ना पाँच फरक रंगमा उपलब्ध छ। रु.४० लाख ९६ हजार मूल्यको यो सेडान कार गुणस्तर, डिजाइन, स्पेस, सवारी चलाउँदाको अनुभूति र अन्य प्राविधिक विशेषताका कारण उत्कृष्ट रहेको कम्पनीले जनाएको छ।

सुजुकी को अफर

सुजुकी मोटरको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले 'नयाँ वर्ष गाडीमा बाइक पाइने, स्क्र्याच गरी झानै कमाइने' नामक योजना ल्याएको छ। यो अफर अन्तर्गत सुजुकीका विशेष सवारीको खरीदमा टीभीएस वेगो वा टीभीएस अपाचे बाइक उपहारसँगै स्क्र्याच कुपन मार्फत रु.७५ हजारसम्म जित्न सकिनेछ।

स्कोडा को डाउन पेमेन्ट

एमएडब्ल्युले रु.४ लाख ७९ हजार डाउन पेमेन्ट गरेर स्कोडा र्‍यापिड कार खरीदको अफर दिएको छ। कुनै पनि ब्रान्डका पुराना कारसँग नया147 स्कोडा र्‍यापिड साट्ने समेत सुविधा दिइएको यो अफर अन्तर्गत थापाथलीस्थित शोरुममा १०–१७ वैशाखमा एक्सचेन्ज मेला पनि शुरु भएको छ। एक्टिभ प्लस, एम्बिसन प्लस र एलिगेन्स गरी तीन सेगमेन्टमा पेट्रोल र डिजलको च्वाइस रहेको १६०० सिसीका स्कोडा र्‍यापिडमा एयर व्याग, एन्टी लक ब्रेकिङ सिस्टम लगायतका सुविधा छन्।

शुभश्री जगदम्बा लाई अवार्ड

शुभश्री जगदम्बा सिमेन्ट मिल्स्ले नेपाल गुणस्तर तथा नापतौल विभागको 'एनएस क्वालिटी अवार्ड–२०१४' पाएको छ। विभागले सिमेन्टलाई प्रशंसापत्र सहित सम्मान गरेको हो। कम्पनीले केहीअघि मात्र ब्युरो अफ इन्डियन स्ट्याण्डर्डबाट पनि आईएस प्रमाणचिन्ह पाइसकेको छ।

नयाँ प्याक–रोयल स्ट्याग

सिग्राम्सको रोयल स्ट्याग नयाँ प्याकेजिङमा उपलब्ध भएको छ। स्वादमा उही गुणस्तर कायम राख्दै रोयल स्ट्यागको नयाँ प्याकेजिङले ब्रान्डलाई थप आकर्षक र प्रिमियम बनाएको कम्पनीको दाबी छ।

comments powered by Disqus

रमझम