६-१२ असार २०७२ | 21-27 June 2015

सीजी का साउण्डबार

Share:
  

इलेक्ट्रोनिक्स ब्रान्ड सीजी ले दुई नयाँ साउण्डबार 'एसबी ५२' र 'एसबी ५२ डब्लू' बजारमा ल्याएको छ। क्रमशः रु.७ हजार ७९० र रु.९ हजार ६९० पर्ने यी साउण्डबारमा ब्लुटुथ कनेक्सन, एलईडी डिस्प्ले, रिमोट कन्ट्रोल, एफएम रेडियो, युएसबी डिस्क र एसडी कार्ड सुविधा उपलब्ध छ।

ड्याङगोटे को १० करोड

नाइजेरियन कम्पनी ड्याङगोटे ले नेपालका भूकम्पपीडितका लागि रु.१० करोड सहयोग गरेको छ। कम्पनीकी प्रमुख कार्यकारी निर्देशक जुएरा युसुफुले उक्त रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेकी छन्।

सर्भाइभर्स को सहयोग

सर्भाइभर्स नेपाल ले विभिन्न जिल्लाका भूकम्पपीडितलाई त्रिपाल, औषधि लगायतका सामग्री सहयोग गरेको छ। भूकम्पपछिको उद्धार र राहतमा सहयोग गर्न यो गैर नाफामूलक संस्था स्थापना भएको थियो। यसले भूकम्प प्रभावित क्षेत्रमा सामाजिक कल्याणका काम गरिरहेको बताएको छ।

मनसुन म्याजिक

यती एअरलाइन्सले फेसबुक फोटो प्रतियोगिता 'मनसुन म्याजिक' शुरु गरेको छ। प्रतियोगिता अन्तर्गत यती हवाईजहाजभित्र तथा पृष्ठभूमिमा खिचिएका फोटो पठाउनेमध्ये गोलाप्रथाबाट विजेता छनोट गरिनेछ। विजेता जोडीले यतीको हवाई सेवा सञ्चालन भएका मुलुकभित्रैका कुनै पनि ठाउँमा दुईतर्फी हवार्ई टिकट र होटल सुविधा पाउनेछन्।

कलर्स को सहयोग

कलर्स मोबाइलको सहयोगमा स्टोरी साइकलले रातमाटाटार, सिन्धुलीमा सोलार जडान भएका ४३ अस्थायी टहरा, ११ सार्वजनिक शौचालय र दुईकोठे विद्यालय भवन निर्माण गरेको छ। कलर्सले विभिन्न २० स्थानमा ड्रप बक्स राखेर पुराना मोबाइल संकलन गरी भूकम्पपीडितलाई सहयोग गर्ने अभियान पनि थालेको छ।

नयाँ स्वरुपमा लागर बियर

हिमालयन ब्रुअरीले आफ्नो उत्पादन काठमाडौं प्रिमियम लागर बियर लाई नयाँ स्वरुपमा ल्याउने भएको छ। कम्पनीले लेवल, बोटलिङ, प्याकेजिङ्ग, स्वाद, गन्ध र रंगका साथ बियर प्रवर्द्धन गर्न लागेको हो। अन्य बियरभन्दा फरक र स्वादिलो खनिज पानीको प्रयोग गरिने कम्पनीको दाबी छ।

टाटा ग्रीन को बिक्रेता

विशाल समूह टाटा ग्रीन ब्याट्री को आधिकारिक बिक्रेता नियुक्त भएको छ। विशाल गु्रपले इन्भर्टर, सोलार, दुईपाङ्ग्रे सवारी र चारपाङ्ग्रे गाडीमा लाग्ने टाटा ग्रीनका ब्याट्री बिक्री गर्नेछ। टाटा ग्रुप इन्डिया र जी. एस. आशा ब्याट्री जापानको संयुक्त लगानीमा टाटा ग्रीन स्थापना भएको हो।

एलजी स्मार्ट रेफ्रिजेरेटर

सीजी इलेक्ट्रोनिक्सले एलजी स्मार्ट रेफ्रिजेरेटर बजारमा ल्याएको छ। उच्च क्षमताको यो रेफ्रिजेरेटरले अन्यका तुलनामा ३६ प्रतिशत ऊर्जा खपत कम गर्ने कम्पनीको दाबी छ। कम्पनीले जुनसुकै ब्रान्डका रेफ्रिजेरेटरलाई एलजी स्मार्ट रेफ्रिजेरेटरसँग साट्ने सुविधा पनि ल्याएको छ। १० वर्षे वारेन्टी भएको यो रेफ्रिजेरेटर काठमाडौं, पोखरा, बुटवल, नारायणघाटका एलजी शोरुममा उपलब्ध छ।

शेरा का उत्पादन

भ्याली प्लसले शेरा फाइबर सिमेन्ट बजारमा ल्याएको छ। टायल वा काठको भुईंमा चमक ल्याउन, चिरा परेको ठाउँ, छत वा दुई वटा धातुहरु जोड्न यो सिमेन्ट उपयोगी हुने कम्पनीको दाबी छ। यो सिमेन्टको प्रयोगले काठका र धातुमा प्रयोग हुने शेरा ग्रीन इभोलुसन, शेरा फाइबर सिमेन्ट बोर्ड, प्यानल शेरामा आगो, कीरा नलाग्ने बताइएको छ।


नबिल ब्यांकका कर्मचारीले दोलखा, सुनखानी–३ का २०५ भूकम्पपीडित परिवारलाई जस्तापाता, झुल र सोलार टर्चलाइट सहयोग गरेका छन्।

नारायणी नेशनल फाइनान्सले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु.१० लाख सहयोग गरेको छ। ब्यांकले नगद रु.१ लाख नेपाल वित्तीय संस्था संघ मार्फत र कर्मचारीले दुई दिनको तलबबाट खाद्यान्न, जिन्सी सामग्री, औषधि सहयोग गरेको हो।

सिभिल ब्यांकले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई दिएको ७ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ।

कृषि विकास ब्यांकको साधारणसभाले गत वर्षको नाफाबाट शेयरधनीलाई ८.७९ प्रतिशत नगद लाभांश तथा ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ। साधारणसभाबाट चार नयाँ सञ्चालक पनि चयन भएका छन्।

नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभाले गत वर्षको नाफाबाट शेयरधनीलाई ६० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ। कम्पनीले भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु.५१ लाख प्रदान गरेको छ।

हिमालयन ब्यांकले भक्तपुर धर्मशालाका बालबालिका र वृद्धलाई खाद्यान्न, भाँडाकुँडा र झुल वितरण गरेको छ।

प्रभु ब्यांक र प्रभु मनी ट्रान्सफरले ललितपुर, मकवानपुर, सिन्धुली, गोरखा, सिन्धुपाल्चोक, दोलखा र नुवाकोटका विभिन्न गाविसका ६० वर्ष उमेरमाथिका भूकम्पपीडितलाई जनही रु.७ हजार ५०० राहत रकम प्रदान गरेको छ। ब्यांकले भूकम्पपीडितका लागि रु.४ करोड ५७ लाख सहयोग गरिसकेको जनाएको छ। ब्यांकले उन्नतशील र आदर्श मुद्दती खाता योजना पनि शुरु गरेको छ। ब्यांक र नेपाल शैक्षिक परामर्श संघबीच ब्यांकिङ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पनि भएको छ।

comments powered by Disqus

रमझम