१३-१९ असार २०७२ | 28 June - 4 July 2015

हुण्डाई को इन्स्पिरेसन

Share:
  

हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोग गर्न 'हुण्डाई इन्स्पिरेसन अभियान' थालेको छ। अभियान अन्तर्गत १५ साउन, २०७२ सम्म बिक्री हुने प्रत्येक हुण्डाई गाडीबाट रु.१ लाख संकलन गरेर प्रभावित क्षेत्रको विद्यालय, स्वास्थ्य चौकी आदिको पुनःनिर्माणमा सहयोग गरिनेछ। यससँगै ग्राहकलाई लक्षित गरेर शुरु गरेको 'नवयात्रा–२०७२' योजना अन्तर्गत हुण्डाई गाडीको खरीदमा निश्चित छूट, स्क्र्याच कुपनबाट रु.२० हजारदेखि रु.७२ हजारसम्म नगद उपहारका साथै जुनसुकै पुरानो गाडीसँग सट्टापट्टा पनि गर्न सकिनेछ।

बजाज को प्रायोजनमा कन्सर्ट

बजाज बाइकले आवरनेपालडटकमले आयोजना गरेको 'लेट द गुड टाइम्स् रोल–६' कन्सर्टको प्रायोजन गरेको छ। अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा ५ असारमा आयोजित कन्सर्टबाट उठेको रकमले भूकम्पपीडितलाई सहयोग गरिनेछ।

डिसहोम मा थप च्यानल

डिसहोम ले नयाँ र गुणस्तरीय प्रविधिमा आधारित हाई डेफिनेसन च्यानल थप गरेको छ। डिसहोमले एचबीओका हिट्स, सिग्नेचर र फ्यामिली च्यानल थप गरिएको हो। यसअघि डिसहोमले १६ हाई डेफिनेसन र ९३ डिजिटल च्यानल प्रसारण गर्दै आइरहेको थियो। छिट्टै थप ३० हाई डेफिनेसन च्यानल प्रसारण गर्ने कम्पनीको तयारी छ।

कलर्स को एक्स १११ क्वाड

कलर्स मोबाइलले रु.७ हजार ४३५ मूल्यको एक्स १११ क्वाड १.१ मोबाइल बजारमा ल्याएको छ। डबल सीमकार्ड सहित चार इन्चको टचस्त्रि्कनको यो मोबाइलमा एन्ड्रोइड किटक्याट ४.४ अपरेटिङ सिस्टम, १४५० एमएएच क्षमताको ब्याट्री, ५ मेगापिक्सल क्यामेरा, १.३ क्वाड कोर प्रोसेसरको सुविधा छ।

तोसिबा को नयाँ टीभी

तोसिबा ले उच्च गुणस्तरको पिक्चर र आवाज सहितको ३२ पी २४०० भीएल मोडलको टेलिभिजन बजारमा ल्याएको छ। सेभो इन्जिन राखिएको टेलिभिजनमा क्रिकेट, फूटबल जस्ता खेलका वेग्लावेग्लै 'मोड' सुविधा राखिएका छन्। टीभीमा पेनड्राइभ, हार्ड डिक्स सहितको यूएसभी डिभाइसबाट फिल्म हेर्न सकिनेछ।

स्मार्ट फुड को एम्बेसडरमा खड्का

स्मार्ट फुड एण्ड स्न्याक्स प्रालि ले नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खडकालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। यमयम, हिट्स, ट्रोफी चिकेन, यमयम बेबी नुडल्स, हलचल जस्ता उत्पादन बिक्री गरिरहेको कम्पनीले हाल एबीसी च्वाइस नुडल्सको बजार प्रवर्द्धन अभियान सञ्चालन गरिरहेको छ।


अन्तर्राष्ट्रिय साझोदार खोज्दै

कृषि विकास ब्यांकले ३० प्रतिशत शेयर अन्तर्राष्ट्रियस्तरको रणनीतिक साझेदारलाई बिक्री गरी पूँजी लगानी र व्यवस्थापनमा सहभागी गराउने भएको छ। ब्यांकका अध्यक्ष प्रमोदकुमार कार्की ब्यांकले यससम्बन्धी योजना बनाएर अन्तर्राष्ट्रिय रणनीतिक साझेदारको खोजीकार्य अघि बढाएको बताउँछन्। यसैबीच हालै सम्पन्न साधारणसभाले सञ्चालक समितिका कुल ९ सदस्यमध्ये चार पदमा भएको निर्वाचनबाट रमेशकुमार महत, मनोज बस्नेत, गोविन्दप्रसाद भट्टराई र घनश्याम अवस्थीलाई चयन गरेको छ। चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा रु.८० करोड १३ लाख खूद मुनाफा गरेको ब्यांकले गत आर्थिक वर्षको नाफाबाट साधारण शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ८.७९ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको निर्णय पनि साधारणसभाले पारित गरेको छ।

comments powered by Disqus

रमझम