२०-२६ असार २०७२ | 5-11 July 2015

जियोनी को सहयोग

Share:
  

चिनियाँ मोबाइल कम्पनी जियोनी ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु.५० लाख सहयोग गरेको छ। भूकम्पपीडितको सहयोगार्थ जियोनी ले 'सहयोगी हात कोष' पनि स्थापना गरेको छ, जस अन्तर्गत तीन महीनासम्म प्रत्येक जियोनी मोबाइल बिक्रीबाट रु.५० कोषमा जम्मा हुनेछ। कम्पनीको तर्फबाट रु.५ लाख राखेर स्थापना गरिएको कोषबाट भक्तपुरमा २५ अस्थायी घर निर्माण हुँदैछन्। कोषको रकमले केन्द्रीय बाल मन्दिरका पाँच बालबालिकाको शिक्षा तथा पालनपोषणमा सहयोग गर्ने बताइएको छ।

काल्सबर्ग गल्फ सिरिज

कार्ल्सबर्ग गल्फ सिरिज २०१५ को पहिलो संस्करण शुरु भएको छ। खेलको पहिलो संस्करणमा १०० भन्दा बढी गल्फरको सहभागिता थियो। बाँकी दुई संस्करण अगष्ट र अक्टोबरमा हुनेछन्। तीन वटै संस्करण पश्चात् नेट र ग्रस विधामा सर्वाधिक अंक बटुल्ने गल्फरलाई विजेता घोषित गरिनेछ। सिरिजको हरेक संस्करणमा नेट विजेता र उप–विजेता, ग्रस विजेता र उपविजेता, महिलातर्फका विजेता र उपविजेता, सिनियर विजेता र उपविजेता, जुनियर विजेता र उपविजेता, लङ्गेष्ट ड्राइभ, क्लोजेष्ट टु दि पिन र मोष्ट बर्डिज विधामा समेत पुरस्कार प्रदान गरिनेछ।

हुण्डाई को उपहार

हुण्डाई को आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गत दशैं–तिहारको अवसरमा ल्याएको मिस्सी, बादशाह, एक्का अफरका विजेतालाई पुरस्कार वितरण गरेको छ। उपहार योजना अन्तर्गत १० जोडीले मलेशिया–थाइल्याण्डको भ्रमण, एक जनाले हुण्डाई आई–२० कार र एक जनाले हुण्डाई भेर्ना १.४ कार जितेका थिए।

हुवावे का तीन ट्याब्लेट

हुवावे ले तीन नयाँ ट्याब्लेट अनर ४ एक्स, वाई ५ सी र मिडिया प्याट टी १ बजारमा ल्याएको छ। अनर ४ मा ५.५ इन्चको एचडी डिस्प्ले, ३ हजार एमएएच ब्याट्री छ। वाई ५ सीमा ४.५ इन्च डिस्प्ले, १ जीबी र्‍याम, ८ जीबी रोम, १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर तथा ८ एमपी क्यामेरा छ। मिडिया प्याट टी १ मा ७ इन्च डिस्प्ले, १ जीबी र्‍याम, ८ जीबी रोम, १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर, ४.४ एण्ड्रोइड ओएस छ।

माइक्रोम्याक्स का तीन मोबाइल

माइक्रोम्याक्स ले तीन नयाँ मोडल बोल्ट डी २००, बोल्ट क्यु ३३५ र क्यानभास निट्रो ई ३११ बजारमा ल्याएको छ। ४.४.२ एन्ड्रोइड किटक्याट अपरेटिङ सिस्टम, १.४ गिगाहर्ज प्रोसेसर, ५ इन्च स्त्रि्कन, १३ एमपी क्यामेरा २ जीबी र्‍याम, १६ जीबी रोम भएको क्यानभास निट्रो ई ३११ को मूल्य रु.२१ हजार १२० छ। किटक्याट अपरेटिङ सिस्टम, १.२ गिगाहर्जको प्रोसेसर, ५१२ एमबी र्‍याम, ४ जीबी रोम तथा ५ एमपी क्यामेरा सहितको बोल्ट क्यु ३३५ को मूल्य रु.८ हजार ४७० छ। त्यस्तै, दुई सीम लाग्ने तथा १.३ गिगाहर्जको प्रोसेसर भएको बोल्ट डी २०० को मूल्य रु.५ हजार ८२ छ।

फोर्ड हेरिटेज मन्थ

मोटर उत्पादक कम्पनी फोर्ड ले स्थापनाको ११२ औं वर्षको अवसरमा फोर्ड हेरिटेज मन्थ मनाउने भएको छ। यो अवसरमा फोर्डले प्रत्येक टेष्ट ड्राइभमा निःशुल्क उपहार र बुकिङ्गमा विशेष छूटको व्यवस्था गरेको छ।

कार्बन का चार नयाँ मोबाइल

कार्बन मोबाइलको आधिकारिक बिक्रेता एलाइड टे्रड लिंकले के १५ मेटल, के ४०, के ६९५ र स्मार्ट फोन म्याच वान गरी चार नयाँ मोबाइल बजारमा ल्याएको छ। के १५ मेटल, के ४०, के ६९५ बारफोनको मूल्य क्रमशः २ हजार ३२, २ हजार ५२९ र २ हजार ४९० छ। ४.७ इन्चको स्त्रि्कन, ४.४ किटक्याट अपरेटिङ सिस्टम, ८ एमपी क्यामेरा, १.३ क्वाडकोर प्रोसेसर, ८ जीबी आन्तरिक मेमोरी तथा १ जीबी र्‍यामसहितको म्याच वान स्मार्ट फोनको मूल्य रु.१३ हजार ६४९ छ।

नेपालमा फिजिसियन फर्मूला

अमेरिकाको चर्चित कस्मेटिक ब्रान्ड 'फिजिसियन फर्मूला' नेपाली बजारमा आइपुगेको छ। एनवाइएक्स कस्मेटिक्सको आधिकारिक बित्रे्कता एक्सप्रेस नेपालले यो ब्रान्ड भित्र्याएको हो। १६ असारमा एक्सप्रेस नेपालकी रचना थापा, शैलेस सिग्देल र ब्युटिसियन कमला श्रेष्ठले उक्त प्रसाधन बिक्रीको उद्घाटन गरेका थिए।

दरबारमार्गस्थित राइजिङ मलमा रहेको एक्सप्रेस नेपालको शो–रुममा फिजिसियन फर्मूलाका प्रसाधन पाइन्छन्। जसमा रु.१६७४ को कस्टम मस्कारादेखि रु.१९८४ पर्ने न्युड वेयरसम्म छन्।


एभरेष्ट ब्यांकले ८ प्रतिशत ब्याजदर सहितको रु.६० करोडको ऋणपत्र घोषणा गरेको छ। २४ असारमा निष्कासन हुने ऋणपत्रको भुक्तानी अवधि ६ वर्ष रहनेछ। प्रति कित्ता १ हजार तोकिएको ऋणपत्रमध्ये ३० हजार कित्ता सामूहिक लगानी कोष, ४ लाख ८० हजार व्यक्तिगत र ९० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सकिनेछ।

नबिल ब्यांकले सशिन जोशीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। तीन दशकको ब्याङ्किङ अनुभव भएका जोशी यसअघि एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत थिए।

लुम्बिनी ब्यांकले भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु.१ करोड २ लाख २२ हजार २२२ सहयोग गरेको छ। ब्यांकका अध्यक्ष प्रकाश श्रेष्ठले प्रधानमन्त्री सुशील कोइरालालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।

सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम र ब्यांक अफ काठमाण्डूबीच ग्रामीण र अर्ध शहरी बजारमा शाखा स्थापनाको सम्झौता भएको छ। समझदारीसँगै ब्यांकले बर्दिया, दाङ, कञ्चनपुर, कैलाली, प्यूठान र रुपन्देहीमा शाखा स्थापना गर्नेछ। वित्तीय पहुँच बढाउन, साना र मझौला व्यवसायी तथा कृषकलाई लघु कर्जा दिन, स्थानीय संस्थालाई थोक कर्जा दिन ब्यांकले सक्षमसँग समन्वय गरिरहेको छ।

comments powered by Disqus

रमझम