१०-१६ साउन २०७२ | 26 July - 1 Aug

जियोनी को पायोनियर पीटुएम

Share:
  

जियोनी ले पायोनियर पीटुएम स्मार्टफोन नेपाल भित्र्याउने भएको छ। दुई सीम सुविधा भएको यो स्मार्टफोनमा ४ इन्च स्क्रीन, ३,००० एमएएच ब्याट्री, १६ जीबी आन्तरिक स्टोरेज क्षमता, १.३ गिगाहर्ज क्वाड कोर सीपीयू र १ जीबीरु र्‍याम छ। यसमा ५ मेगा पिक्सलको रियर क्यामेरा र ०.३ मेगा पिक्सलको फ्रन्ट क्यामेरा, एन्ड्रोइड ५.१ ललिपपमा आधारित अमिगो ३.० अपरेटिङ्ग सिस्टम पनि छ। तीन रंगमा उपलब्ध हुने फोनको बजेट मोडलको मूल्य रु.९ हजार ९९९ रहेको छ।

हुवावे का दुई स्मार्टफोन

हुवावे ले वाई फाइभ सी र वाई थ्री सी गरी दुई नयाँ स्मार्टफोन बजारमा ल्याएको छ। वाई फाइभ सीमा १.२ गिगाहर्ज क्वाड कोर प्रोसेसर, ४.५ इन्च डिस्प्ले, १ जीबी र्‍याम, ८ जीबी आन्तरिक स्टोरेज, ८ मेगापिक्सेल क्यामराको सुविधा छ। त्यस्तै, वाई थ्री सीमा ५ मेगापिक्सेल रियर क्यामेरा, ४ इन्च डिस्प्ले, १.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर, ५१२ एमबी र्‍याम तथा ४ जीबी आन्तरिक स्टोरेज छ। थ्रीजी सुविधा भएका स्मार्टफोनको मूल्य क्रमशः रु.९ हजार ९९९ र ७ हजार ९९९ छ।

हुण्डाई को आई–२० एलिट र आई–२० एक्टिभ

हुण्डाई को आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रिमियम ह्याचब्याक 'आई–२० एलिट' र क्रसओभर 'आई–२० एक्टिभ' सार्वजनिक गरेको छ। जर्मनीमा डिजाइन गरिएको 'आई–२० एलिट' २०१५ को वर्ष कारको रुपमा घोषित भएको थियो। एक्टिभ आई–२० माइलेज, गुणस्तर र डिजाइनमा उत्कृष्ट रहेको कम्पनीको दाबी छ। एलिट आई–२० को रु.२७ लाख ९६ हजारदेखि रु.३३ लाख ९६ हजारसम्म र एक्टिभ आई–२० को रु.३२ लाख ५६ हजारदेखि रु.४३ लाख ५६ हजारसम्म बजारमूल्य तोकिएको छ।

नयाँ स्वादका रियल जुस

डाबर नेपाल ले दुई नयाँ स्वादका रियल ब्रस्ट एप्पल र लिची जुस बजारमा ल्याएको छ। २०० मिलीको उक्त जुसको मूल्य रु.२३ तोकिएको छ। सन् २०११ मा डाबरले रियल ब्रस्ट म्याङ्गो बजारमा ल्याएको थियो।

विज्ञापन अन्तिम चरणमा एड्स्टार्स कोरियाले आयोजना गरेको विज्ञापन प्रतियोगितामा लेमन प्रालिद्वारा निर्मित विज्ञापन अन्तिम चरणमा पुगेको छ। विज्ञापनमा सिर्जनशीलता खोजी गर्ने यो महोत्सवमा विश्वभरका १७ हजार ६९८ विज्ञापनमध्ये लेमन निर्मित डाबर नेपाल को रियल स्कूल अफ नेपाल विज्ञापन अन्तिम चरणमा पुगेको हो।

जगदम्बा को युवारत्न

जगदम्बा स्टील्सले महाभूकम्पमा स्वतस्फूर्त सहयोग गर्ने युवाहरूलाई नेपाली युवारत्न उपाधिले सम्मान गर्ने भएको छ। यसका लागि जगदम्बा स्टील्सको फेसबुक पेजमा गएर १० साउनभित्र मनोनयन फारम भर्न सकिनेछ। संकलित मनोनयन विज्ञ टोलीद्वारा प्रमाणित गरी उपाधि प्रदान गरिने बताइएको छ।

सीजी को बिक्री बैठक इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी ले बिक्री बैठक सम्पन्न गरेको छ। बैठकले गत आर्थिक वर्षको समीक्षा सहित आगामी वर्षको रणनीति तय गरेको छ।

द ब्रिटिस कलेज को ग्य्राजुएसन
द ब्रिटिस कलेज को पहिलो ब्याचका विद्यार्थी ग्य्राजुएट भएका छन्। नोभेम्बरमा शुरु हुने दीक्षान्त समारोहमा ग्य्राजुएट विद्यार्थी सहभागी हुनेछन्। द ब्रिटिस कलेजले नेपालमै बेलायती विश्वविद्यालयको कोर्स अध्ययन गराइरहेको छ।

राउण्ड टेबल को रक्तदान राउण्ड टेबल नेपाल अन्तर्गतको राउण्ड नं. ३ ले वीरगंजको टिवडेवाल धर्मशालामा रक्तदान शिविर आयोजना गरेको छ। रक्तदानमा ५५ जना सहभागी थिए।

हिमाल पावरमा शाह

हिमाल पावर लिमिटेडले डा. सन्दिप शाहलाई महाप्रबन्धकको जिम्मेवारी दिएको छ। विगत ९ वर्षदेखि एसएन पावरमा आवद्ध शाह यसअघि कम्पनीको आवासीय निर्देशक थिए।


साविक एनडीईपी डेभलपमेन्ट ब्यांक र राइजिङ डेभलपमेन्ट ब्यांक गाभिएर बनेको देवः विकास ब्यांकले कारोबार शुरु गरेको छ। ब्यांकको उद्घाटन गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरले ब्यांक तथा वित्तीय क्षेत्रको सबलीकरण गर्ने बताए।

कुमारी ब्यांकले नवलपरासीका भूकम्पपीडितलाई जस्तापाता सहयोग गरेको छ। ब्यांकले भूकम्पपीडित ८१ परिवारलाई दुई बण्डलका दरले रु.१० लाख बराबरको जस्तापाता सहयोग गरेको हो। ब्यांकले यसअघि भूकम्पपीडितलाई रु.५१ ल्ााख बराबरको सहयोग गरिसकेको छ।

बिजनेस युनिभर्सल डेभलपमेन्ट ब्यांकको प्रमुख कार्यकारी अधिकृतमा मनोहर केसी नियुक्त भएका छन्। सञ्चालक समितिले केसीलाई चार वर्षका लागि नियुक्त गरेको हो।

हिमालयन ब्यांकले नारी बचत खाता सञ्चालनमा ल्याएको छ। आकर्षक ब्याज सहितको यो खाता खोल्ने नारीलाई ब्यांकले विभिन्न सेवा शुल्कमा आकर्षक छूट र सेल्वेज सुपरमार्केटबाट निःशुल्क प्रिभिलेज कार्ड दिनेछ।

comments powered by Disqus

रमझम