१७-२३ साउन २०७२ | 2-8 August 2015

टाटा को बोल्ट

Share:
  

टाटा मोटर्सको बोल्ट नामक कार नेपाली बजारमा आएको छ। सिप्रदी ट्रेडिङले भित्र्याएको पेट्रोल र डिजलबाट चल्ने यो कारको शुरु मूल्य क्रमशः रु.२३ लाख ९५ हजार र रु.२८ लाख ३५ हजार रहेको छ। पाँच वटा रंग र इको, स्पोर्टी र सिटी गरी तीन मोडलमा उपलब्ध यो ह्याचब्याक कारले न्यूनतम इन्धन खपतमा उच्च माइलेज दिने कम्पनीको दाबी छ।

सुबिसु का तीन प्याकेज

सुबिसु केवलनेटले क्लियर टीभी सेवामा रु.५०० देखि रु.१०५० सम्मका तीन आकर्षक प्याकेजको घोषणा गरेको छ। मासिक न्यूनतम रु.५०० को बेसिक प्याकेजमा ९५ भन्दा बढी डिजिटल टीभी र ४ एचडी च्यानल सुविधा छ। बेसिक प्लस प्याकेजमा बेसिक च्यानलका अतिरिक्त अन्य सुविधा छ भने प्रिमियममा सम्पूर्ण च्यानल एचडी हुनेछन्।

सिमि्रक का तीन हेलिकप्टर

सिमि्रक एयरले एयरबसका नयाँ तीन हेलिकप्टर भित्र्याउने भएको छ। सिमि्रकले दुई वटा एच–१३० र एच–१२५ हेलिकप्टर भित्र्याउन एयरबससँग सम्झौता गरेको छ। पाइलट सहित ८ सीट क्षमता भएको एच–१३० पर्यटनका लागि उपयुक्त भएको कम्पनीको दाबी छ। ९ महीनाभित्र तीनै हेलिकप्टर आइसक्नेछन्।


नबिल ब्यांकले उत्कृष्ट लेखा प्रस्तुति सम्मान पाएको छ। ब्यांकले तयार पारेको आर्थिक वर्ष २०७१/७२ को वार्षिक वित्तीय प्रतिवेदनलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले पुरस्कृत गरेको हो। लेखा प्रस्तुति मापदण्ड उच्च रहेका कारण लगातार तीन वर्षदेखि 'मेरिट अफ सर्टिफिकेट' बाट सम्मानित ब्यांकले यो सम्मान चाहिं लगातार छैटौं पटक पाउन सफल भएको हो। यस्तै उत्कृष्ट वित्तीय प्रतिवेदनको प्रथम पुरस्कार चाहिं कैलाश विकास ब्यांकले जितेको छ। ब्यांकले तयार पारेको आर्थिक वर्ष २०७१/७२ को वार्षिक वित्तीय प्रतिवेदनलाई संस्थाले पुरस्कृत गरेको हो।

प्रभु ब्यांकले चार शाखा स्थानान्तरण गरेको छ। ब्यांकले मर्जरको क्रममा दोहोरिएका कोटेश्वर, सौराहा, टाँडी र पोखरा न्यूरोडका शाखाहरुलाई क्रमशः ललितपुरको ग्वार्को, तनहुँको आँबुखैरेनी, कास्कीको अमरसिंह चोक र विरौटामा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो। यसैबीच, प्रभु ब्यांकको साधारणसभाले ग्राण्ड ब्यांकलाई एक्विजिसन गर्न गरेको सम्झौतालाई अनुमोदन गरेको छ।

सिभिल ब्यांकले काठमाडौंको अनामनगरमा नयाँ शाखा विस्तार गरेको छ। हात्तीसार शाखालाई स्थानान्तरण गरिएको यो सहित ब्यांकको शाखा सञ्जाल ४१ पुगेको छ।

कुमारी ब्यांकले सिन्धुपाल्चोकको भीमटार गाविसका भाङ्गटार, आँपटार र पिपलटारका भूकम्पपीडितलाई जस्तापाता सहयोग गरेको छ। ब्यांकले नवलपरासी, सिन्धुपाल्चोक, धादिङ र गोरखाका भूकम्पपीडितहरुलाई करीब रु.५१ ल्ााख बराबरको सहयोग गरिसकेको छ।

आफ्नो छैटौं वर्ष प्रवेशसँगै मेगा ब्यांकले पश्चिमाञ्चल विकास ब्यांकसँग छिट्टै मर्जर गरी अन्य ब्यांक तथा वित्तीय संस्थासँग पनि मर्जरका लागि छलफल थाल्ने बताएको छ। ब्यांकले थप शाखा विस्तारको योजना पनि अघि सारेको छ।

comments powered by Disqus

रमझम