३१ साउन - ५ भदौ २०७२ | 16-22 August 2015

एनसेल एप् क्याम्प २०१५

Share:
  

एनसेल ले मोबाइल एप् प्रतियोगिता 'एनसेल एप् क्याम्प–२०१५' को आयोजना गर्ने भएको छ। सृजनशील युवालाई नवीन व्यवसायतर्फ उत्प्रेरित गर्न यो प्रतियोगिता पुनः गर्न लागेको एनसेल ले जनाएको छ। प्रतियोगितामा सहभागी हुन खेल र मनोरञ्जन, स्वास्थ्य, पर्यटन तथा उपयोगिता गरी चार विधामा ३ असोजभित्र एप् निर्माणको नयाँ सोच आवेदन खुला गरिएको छ। चरणबद्ध आयोजना हुने प्रतियोगिताबाट उत्कृष्ट चार विधा विजेता र एक मुख्य विजेता छानिने छन्।

कलर्स को कम अलाइभ नेपाल

कलर्स मोबाइलले भूकम्पपछिको पुनःसंरचना र पुनःनिर्माणका लागि नवीन सोच अघि बढाउन 'कम अलाइभ नेपाल' अभियान थालेको छ। कलर्स ले फेसबुक र ट्वीटरमा शुरु गरेको कम अलाइभ नेपाल ह्यासट्याग (३अय्कभबष्खिभलभउब)ि मार्फत युवाहरूले पुनःसंरचना र पुनःनिर्माण सम्बन्धी आफ्ना विचार राख्न सक्छन्।

जियोनी को पी टु एम

जियोनी ले पी टु एम स्मार्टफोन बजारमा ल्याएको छ। यो बजेट स्मार्टफोनमा डुअल सीम, ४ इन्चको स्त्रि्कन ३ हजार एमएएचको ब्याट्री, १६ जीबी आन्तरिक मेमोरी, १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर तथा १ जीबी रुर्‍यामको सुविधा छ। ५ मेगा पिक्सलको रियर क्यामेरा, आन्ड्रोइड ५.१ ललिपपमा आधारित अमिगो ३.० अपरेटिङ्ग सिस्टम रहेको यसको मूल्य रु.९ हजार ९९९ छ।

आईएमई ले भित्र्यायो अमेरिकी बाइक

आईएमई अटोमोटिभ्सले अमेरिकाको यूएम ग्लोबल ब्रान्डका दुईपाङ्ग्रे सवारीको बिक्री शुरु गरेको छ। यूएम ग्लोबलको आधिकारिक बिक्रेता आएमई अटोमोटिभ्सको काठमाडौं जमलस्थित नाचघर कम्प्लेक्समा रहेको शोरुममा विभिन्न मोडलका बाइकहरू राखिएका छन्। १२५ देखि २३० सीसीसम्मका यी बाइकहरूको मूल्य रु.१ लाख ७२ हजारदेखि रु.३ लाख ८६ हजारसम्म रहेको छ।

डाबर को तीज फेस्टिभल २०१५

महिला सृजनशील केन्द्रले ३–६ भदौमा डाबर स्पेशल हेयर आयल तीज फेस्टिभल–२०१५ आयोजना गर्ने भएको छ। महिला उद्यमीहरूको उत्पादन प्रदर्शनी र बिक्रीमा राखिने कार्यक्रममा हस्तकलाका सामग्री, साडी, कुर्ता, गिफ्ट सामग्री, मेहेन्दी, होम अप्लाइन्सेस् समेतका गरी ८० भन्दा बढी स्टल र विशेष तीज परिकारका फुड स्टल पनि हुनेछन्। त्रिपुरेश्वरको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा आयोजना हुने कार्यक्रमबाट संकलित रकमको केही अंश भूकम्पपीडितलाई सहयोग गर्ने आयोजकले जनाएको छ।

फोर्ड को फिगो एस्पायर

फोर्ड मोटर्सले सेडान कार फिगो एस्पायर बजारमा भित्र्याएको छ। रु.२४ लाख ९० हजारबाट बिक्री शुरु हुने यो कार स्मार्ट, सुरक्षित र सुविधायुक्त रहेको कम्पनीको दाबी छ। तीन फरक इन्जिन विकल्प तथा ७ फरक रङसहित चार विभिन्न तहमा यो उपलब्ध छ। शक्तिशाली इन्जिनसहित २५.८ किमीसम्मको माइलेज दिने फिगो एस्पायरमा ६ वटा एयरब्याग जडित छ।

सुबिसु को कल सेन्टर

सुबिसु केबलनेट ले छिटो र विश्वसनीय सेवा प्रदान गर्न नयाँ कल सेन्टर स्थापना गरेको छ। कल सेन्टरको फोन नं ०१–४२३५८८८ र ९८०१२३५८८८ नम्बरमा सम्पर्क गरी आफूले दिंदै आएको सेवा तथा सुविधाका बारेमा सोधपुछ तथा प्राविधिक सहयोग माग्न सकिने सुबिसुले जनाएको छ।

comments powered by Disqus

रमझम