१३-१९ भदौ २०७२ | 30 Aug - 5 Sep 2015

एनसेल एप क्याप

Share:
  

दूरसञ्चार सेवा प्रदायक एनसेल ले आयोजना गर्न लागेको 'एनसेल एप क्याम्प–२०१५' मा सहभागिताका लागि ३ असोज दिउँसो १२ बजेसम्मका लागि नाम दर्ता खोलिएको छ। खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधामा हुने प्रतियोगितामा प्रत्येक विधाका एक–एक समूह विजेता र त्यहीमध्येबाट एक समूह सर्वोत्कृष्ट विजेता घोषित हुनेछन्। सर्वोत्कृष्ट विजेताले रु.७ लाख ५० हजार र हरेक विधाका विजेताले रु.२ लाख ५० हजार नगद पुरस्कार पाउने छन्।

छिन्ताओ बियर बजारमा

लभ्ली वेभरेजले छिन्ताओ ब्रान्डको ६४० मिलिलीटरको बियर बजारमा ल्याएको छ। कम्पनीले ३३० मिलिलीटरको काबोटल र ३५५ मिलिलीटरको स्टाउट् (बियर) पनि बजारमा ल्याएको छ। यसअघि बजारमा छिन्ताओ ब्रान्डको ५०० र ३३० मिलिलीटरको बियर मात्र उपलब्ध थियो। ७.४ प्रतिशत अल्कोहल भएको स्टाउट्को मूल्य रु.२४०, ६४० मिलिलीटरको बियरको मूल्य रु.३४५ र ३३० मिलिलीटरको बियरको मूल्य रु१९५ रहेको कम्पनीले जनाएको छ।

विजेता फेयर एण्ड लभ्ली

फेयर एण्ड लभ्ली ले फेयरनेस प्रोडक्टबीचको प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गरेको छ। हालै दुबई, जापान र सिंगापुरका उत्कृष्ट अन्तर्राष्ट्रिय क्रिमहरूबीचको प्रतिस्पर्धामा फेयर एण्ड लभ्ली उत्कृष्ट ठहरिएको कम्पनीले जनाएको छ। छालाको दाग हटाउने, चम्किलो बनाउने सहितका सुन्दरताका लागि यो क्रिम अचूक भएको कम्पनीको दाबी छ।

हुण्डाई को ग्राण्ड आई १०

हुण्डाई ले १८ महीनामा दुई हजारभन्दा बढी ग्राण्ड आई १० गाडी बिक्री गरेको छ। आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सन् २०१३ डिसेम्बरमा भित्र्याएको यो गाडी नेपाली बजारमा सर्वाधिक लोकप्रिय भएको जनाएको छ। स्पोर्टी, स्पेसियस र स्टाइलिस यो कारको सुरक्षा पक्ष र माइलेज समेत उत्कृष्ट रहेकाले ग्राहकको रोजाइमा परेको कम्पनीको दाबी छ।

इन्डेक्स को बिक्री मेला

इन्डेक्स फर्निचरले वार्षिक बिक्री मेला शुरू गरेको छ। ३१ साउनबाट शुरू मेला १३ असोजसम्म रहनेछ। मेल बेडरुम सेट, सोफा, स्टुल, होम इन्टरटेनमेन्ट, डाइनिङ टेबुल, कुर्सी आदि फर्निचरमा १० प्रतिशतभन्दा बढी छूट हुनेछ।

प्रभु ब्यांकले कर्जा जीवन बीमा योजना सार्वजनिक गरेको छ। घर तथा सवारी साधन कर्जाका ग्राहकहरू सहभागी हुनसक्ने यो योजनाअन्तर्गत ग्राहकहरूले बीमा कम्पनीमा बुझाउनुपर्ने वार्षिक प्रिमियम रकम ब्यांकले नै तिरिदिनेछ। ऋणीको कर्जा रकम बराबरको जीवन बीमा गरिने र कर्जा अवधिभित्रै निधन हुन गएमा बीमा कम्पनीले कर्जा राफसाफ गरिदिने व्यवस्था छ।

comments powered by Disqus

रमझम