२०-२६ भदौ २०७२ | 6-12 September 2015

जियोनी को एफ १०३

Share:
  

जियोनी ले एफ १०३ मोडलको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। डुअल सीम लाग्ने यो मोबाइलमा ५ इन्चको स्त्रि्कन, १.३ जीबीको क्वार्डकोर प्रोसेसर, एन्ड्रोइड ५ मा आधारित अमिगो ३.० सफ्टवेयर, थ्रीडी सराउन्ड साउण्ड सिस्टम, ८ मेगापिक्सलको रियल र ५ मेगापिक्सलको फ्रन्ट क्यामेरासहितका विशेषता छन्। ज्यादा समय ब्याट्री टिक्ने यसको बजार मूल्य रु.१५ हजार ९९९ तोकिएको छ।

सामसुङ को ग्यालेक्सी ट्याब ई

सामसुङ ले मिड सेग्मेन्टको ट्याब्लेट ग्यालेक्सी ट्याब ई नेपाली बजारमा भित्र्याएको छ। ९.६ इन्चको स्त्रि्कनमा ८.५ एमएमको यो स्लिम ट्याब्लेटको तौल ४९५ ग्राम छ। गुणस्तरीय क्यामेरा, १२८ जीबीसम्म थप्न सकिने भण्डारण क्षमता, आकर्षक डिजाइन, क्वाडकोर १.३ गिगाहर्ज प्रोसेसर, एन्ड्रोइड ४.४ अपरेटिङ सिस्टम, १.५ जीबी र्‍याम भएकाले ट्याब्लेट उपभोक्ताको रोजाइमा पर्ने कम्पनीको दाबी छ। यसको बजार मूल्य रु.२७ हजार ९०० तोकिएको छ।

२४ लाखको बाइक

रेसिङ्ग बाइक अप्रिलिआ को ७५० सीसी क्षमताको डोरसोडुरो–७५० एबीएस रेसिङ मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ। जेएनजे इन्टरनेशनलले भित्र्याएको यो बाइकको बजार मूल्य रु.२४ लाख तोकिएको छ। मोनोसक र डबल डिस्क रहेको यसको पेट्रोल ट्यांक १२ लीटरको छ। जस्तोसुकै चिप्लो बाटोमा पनि नचिप्लनका लागि टायरको ग्रीपलाई मजबूत बनाउनको लागि छुट्टै मोडको व्यवस्था गरिएको कम्पनीको दाबी छ।

प्रभु ब्यांकले फर्म, कम्पनी, संस्थान, कलकारखाना, स्कूल कलेज, सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारीहरूलाई लक्षित गरी संस्थागत खाताको योजना ल्याएको छ। कम्तीमा पाँच जना कर्मचारी भएका संस्थाले ब्यांकमा खाता खोल्दा विभिन्न छूट सुविधा पाइनेछ।

सानिमा ब्यांकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत शेयर बोनस र १ प्रतिशत नगद लाभांश दिने भएको छ। ब्यांकले गत वर्ष ६२.४१ करोड खुद नाफा कमाएको थियो।

एनएमबी ब्यांकले पोखराको चिप्लेढुंगामा रहेको शाखालाई पोखराको न्यूरोडमा स्थानान्तरण गरेको छ। ब्यांकको २९ शाखा ४ एक्सटेन्सन काउन्टर तथा ३७ एटीएम छन्।

ग्लोबल आईएमई ब्यांकले काठमाडौंको थानकोटमा ८८ औं शाखा विस्तार गरेको छ। ब्यांकको काठमाडौंमा मात्रै शाखा संख्या ३१ पुगेको छ।

स्ट्याण्डर्ड चार्टर्ड ब्यांकले काठमाडौंको बौद्धमा नयाँ शाखा विस्तार गरेको छ। भाटभटेनी सुपरमार्केट हाताभित्र खोलिएको यस शाखाबाट सम्पूर्ण ब्यांकिङ सुविधा उपलब्ध हुनेछ।

comments powered by Disqus

रमझम