३-९ असोज २०७२ | 20-26 September 2015

अशोक लेल्याण्ड नेपालमा

Share:
  

आईएमई ग्रुप अन्तर्गत एल.टी. इन्टर–प्राइजेजले भारतीय मोटर्स कम्पनी अशोक लेल्याण्ड का हल्का तथा ठूला सवारी साधन स्थानीय बजारमा भित्र्याएको छ। नाडा अटो शोमार्फत पहिलो पटक भित्र्याएसँगै यी सवारी साधन खरीदमा उपहारको घोषणा गरिएको छ। जस अन्तर्गत हल्का सवारी 'दोस्त' र 'पार्टनर' किन्दा पाँचदिने थाइल्याण्ड भ्रमण वा सो बराबर पुरस्कार तथा बस, ट्रक, टीपर जस्ता ठूला सवारी साधन खरीदमा पाँच दिनको मलेशिया–सिंगापुर भ्रमण वा ४० इञ्चको एलईडी स्मार्ट टिभी पाइनेछ।

सुजुकी का दुई मोडल

भी.जी. अटोमोबाइल्स प्रा.लि. ले सुजुकी का दुई नयाँ बाइक जिक्सर एसएफ र जिक्सर नेकेड डुअल टोन पेश गरेको छ। राम्रो माइलेज सहितका स्पोर्टी बनावटका यी बाइक युवा पुस्ताले रुचाउने दाबी भीजीका महाप्रबन्धक अधीरकुमार श्रेष्ठको छ। तीन रंगमा उपलब्ध १५५ सीसीको जिक्सर एसएफको बजार मूल्य रु.२ लाख ७१ हजार ९०० र जिक्सर नेकेड डुअल टोनको मूल्य रु.२ लाख ४९ हजार ९०० रहेको छ।

प्रिमियम स्कोडा

प्रिमियम कारको रोजाइमा रहेका ग्राहकलाई लक्षित गर्दै एमएडब्लु इन्टरप्राइजेजले स्कोडा का दुई नयाँ मोडल 'यती' र 'अक्टाभिया' बजारमा ल्याएको छ। यतीको बाहिरी लुक्ससँगै इन्टेरियर पनि आकर्षक छ। सुरक्षाका लागि ६–एयरव्याग, अफ रोड एसिस्टेन्ट र हाइड्रोलिक ब्रेक जडान गरिएको यती २.० डिजल भर्सनको बजार मूल्य रु.८४ लाख ९९ हजार रहेको छ।

यस्तै, 'पानारोमिक सन रुफ' प्रयोग भएको सेडान अक्टाभियामा जडित ६–एयरव्याग, हाइड्रोलिक ब्रेक, स्लिप रेगुलेशन तथा मोटर स्पीड रेगुलेशन, मल्टी कोलिजन ब्रेकिङ सुविधाले थप सुरक्षित बनाएको छ। २.० म्यानुअल ट्रान्समिसन डिजल इन्जिन अक्टाभिया कारको मूल्य रु.७१ लाख ९५ हजार र अटोमेटिक ट्रान्समिसन कारको मूल्य रु.८१ लाख ९५ हजार तोकिएको छ।

माइक्रोम्याक्स को क्यान्भास

मोबाइल फोन कम्पनी माइक्रोम्याक्सले आफ्नो पछिल्लो मोडल इ–२१३ क्यान्भास एक्सपे्रस–२ बजारमा ल्याएको छ। ४ गिगाहर्ज अक्टाकोर प्रोसेसर, ५ इञ्च एचडी स्त्रि्कन, १३ मेगापिक्सेल क्यामेरा र २ मेगापिक्सेल फ्रन्ट क्यामेरा, स्टेरियो साउण्ड यसको विशेषता हो। १ जीबी र्‍याम, ८ जीबी रोम र ३२ जीबी थप गर्न मिल्ने मेमोरीसहितको यो मोबाइल भिडियो कल र सेल्फी खिच्नका लागि पनि उपयुक्त रहेको कम्पनीको दाबी छ। मोबाइलको मूल्य रु.१४ हजार २४५ रहेको छ।

२०औं वर्षमा वर्ल्डलिंक

इन्टरनेट सेवामा छुट्टै पहिचान बनाइसकेको वर्ल्डलिंकको सेवा शुरु भएको २० वर्ष पुगेको छ। देशभर फैलिएको आफ्नो सञ्जालमार्फत सरकारी, गैरसरकारी संघसंस्था, कूटनीतिक नियोग, निजी आवास तथा कार्यालयलगायतमा इन्टरनेट सुविधा दिंदै आएको वर्ल्डलिंकले वार्षिकोत्सवको अवसरमा भारी छूट घोषणा गरेको छ। जसअन्तर्गत मासिक रु.१३०० मा १० एमवीपीएस, रु.१६०० मा २५ एमवीपीएसको इन्टरनेट सेवाको योजना ल्याइएको छ। वार्षिकोत्सवकै अवसरमा कम्पनीले पाटन दरबार स्क्वायरमा निःशुल्क वाईफाई बाँडेको छ भने डिल्लीबजारस्थित पद्मकन्या उच्च मावि,बानेश्वरस्थित रत्नराज्य उच्चमावि, पाटनढोकास्थित पाटन मावि, चाकुपाटस्थित सरल आदर्श चण्डी मावि र पुल्चोकस्थित त्रिपद्म माविलाई एक वर्षको लागि निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ।


प्रभु ब्यांक लिमिटेडले आफ्ना दुई शाखा स्थानान्तरण गरेको छ। चितवनको शाखालाई नुवाकोटको बट्टार र काठमाडौंको न्यूरोडस्थित शाखालाई कपनमा स्थानान्तरण गरेको हो। करीब २२ वटा हाइड्रोपावर कम्पनीमा लगानी गरिसकेको ब्यांकले नुवाकोटमा हाइड्रोपावर तथा कृषि क्षेत्रको ठूलो संभावनालाई ध्यानमा राखेर चितवनबाट नुवाकोटमा शाखा स्थानान्तरण गरेको ब्यांकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको भनाइ छ।

आईएमईले ग्लोबल आइएमई ब्यांकसँगको सहकार्यमा दशैं–तिहारको अवसरमा 'आईएमई बचत दश लाख' उपहार योजना घोषणा गरेको छ। १ असोजदेखि ३० कात्तिक २०७२ सम्म चल्ने यस योजना अन्तर्गत आईएमईमार्फत नेपालमा रकम पठाउने ग्राहकबीच लक्की ड्र हुनेछ। जसमध्ये दैनिक एक जनाले रु.५ हजार, साप्ताहिक रुपमा एक जनाले रु.५० हजार र बम्पर उपहार एक जनाले रु.१० लाख पाउने छन्। दैनिक र साप्ताहिक विजेताका लागि पुरस्कार राशीबाट बचत तथा बम्पर विजेतालाई मुद्दती खाता खोल्ने अवसर दिइने आईएमईले जनाएको छ। विजेताको छनोट ग्राहकको ट्रान्जेक्शन नम्बर र नामका आधारमा गरिनेछभने नतीजा कम्पनीको वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।

comments powered by Disqus

रमझम