१०- १६ जेठ २०७२ | 24-30 May 2015

पारस फियट 'एम्बासडर'

Share:
  

इटालियन गाडी फियट को आधिकारिक बिक्रेता लाइफ अटो मोबाइलले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई दुई वर्षका लागि 'ब्रान्ड एम्बासडर' बनाएको छ। भर्खरै सकिएको नाडा अटो शोमा खड्कालाई फियट एभेन्चुराको साँचो हस्तान्तरण गर्दै ब्रान्ड एम्बासडर घोषणा गरिएको थियो। उक्त अवसरमा खड्काले युरोपियन ब्रान्डको एम्बासडर हुन पाउँदा गर्वको महसूस भएको बताए।
उच्च ग्राउण्ड क्लियरेन्स, चौडा टायर भएकोले एभेन्चुरा शहर र शहरबाहिर दुवैका लागि उपयोगी मानिन्छ। स्पोर्टी लुक्स र स्टाइलिस्ट एभेन्चुरा नेपाली उपभोक्ताको रोजाइमा पर्ने कम्पनीको दाबी छ।

जियोनी को 'गेट स्मार्ट' योजना

जियोनी ले दशैं–तिहारको अवसरमा 'गेट स्मार्ट' उपहार योजना घोषणा गरेको छ। योजना अन्तर्गत जियोनी का चार मोडल– इलाइफ एस–७, म्याराथन एम–५, म्याराथन एम–३, र पायोनियर पी–६ खरीदमा ग्राहकले रु.१ हजारदेखि रु.३ हजारसम्म छूट पाउने छन्। यो योजना ५ असोजदेखि ३० कात्तिकसम्म चल्ने कम्पनीले जनाएको छ। साथै जियोनी ले पायोनियर पी–३ एस र एफ–१०३ मोडलका दुई वटा फोन बजारमा ल्याएको छ, जसको मूल्य क्रमशः रु.८ हजार ९९९ र रु.१५ हजार ९९९ तोकिएको छ।

कलर्स को एक्स फ्याक्टर कलर्स मोबाइलले एलिट सिरिज अन्तर्गत एक्स फ्याक्टर ई–१० बजारमा भित्र्याएको छ। प्रविधिका सौखिन उपभोक्ता लक्षित यो मोडलमा डिजिटल र परम्परागत घडीसमेत छ। पाँच इञ्च एचडी स्त्रि्कन, १६ जीबी रोम प्लस, टु जीवी र्‍याम, टु मेगा पिक्सेलको क्यामेरा अगाडि र ८ मेगा पिक्सेलको क्यामेरा पछाडि रहेको छ। १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको यो फोनमा टुजी र थ्रीजी दोहोरो सीम प्रयोग गर्न सकिन्छ। यसको बजार मूल्य रु.१२ हजार ९९५ रहेको छ।

बाग्लुङमा सुजुकी

भारतीय मोटर कम्पनी सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले बाग्लुङमा शोरुम खोलेको छ। नयाँ शोरुम संचालनसँगै अन्यत्र संचालित दशैं –तिहार योजना यहाँ पनि शुरू गरिएको छ। यो योजनामा ग्राहकले बम्पर उपहार सुजुकी एस–क्रसको खरीदमा रु.७ लाख ५० हजारसम्मको छूटलगायतका उपहार पाउन सक्नेछन्।

सुविसु को उपहार

टेलिभिजन, इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी, सुविसु केवलनेटल्ो दशैं–तिहारको अवसरमा उपहार योजना ल्याएको छ। सुविसु ले डिजिटल केबल टिभी सेवामा 'ह्याप्पी क्लियर टीभी' तथा इन्टरनेट र डिजिटल केबल सेवामा 'फास्ट एण्ड क्लियर' सार्वजनिक गरेको छ। 'ह्याप्पी क्लियर टीभी' अन्तर्गत टपबक्स सित्तैंमा र 'फास्ट एण्ड क्लियर' योजना अन्तर्गत दुई महीनाका लागि ७६८ केवीपीएसको इन्टरनेट प्याकेज र केबल टीभी निःशुल्क गरिएको छ।

ब्लु लेबल मा सगरमाथा

गुणस्तरीय मदिरा जोनी वाकरको उत्पादक डियाजो पीएलसीको आधिकारिक वितरक ग्लोबल ट्रेडिङ कन्सर्न प्रालिले एक लिटरको ब्लु लेबल नेपाली बजारमा ल्याएको छ। सीमित संख्यामा भित्र्याइएको यो मदिरा चुनिएका पसलमा मात्र पाइने वितरकले जनाएका छन्। नेपालका लागि 'लिमिटेड एडिशन डिजाइन' भनी उत्पादित यसको आवरणमा सगरमाथा प्रतिबिम्बित छ। कम्पनीले ब्लु लेबल कोे बजार मूल्य रु.२८ हजार ५१५ तोकेको छ।

comments powered by Disqus

रमझम