१-१४ कात्तिक २०७२ | 18-31 October 2015

एलजी को स्माइल्स टुगेदर

Share:
  

एलजी ब्रान्डको नेपालस्थित अधिकृत बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दशैं, तिहार लक्षित 'लेट्स ब्रिङ ब्याक आवर स्माइल्स टुगेदर' योजना ल्याएको छ। योजना अन्तर्गत ४९ इन्च र त्योभन्दा माथिको अल्ट्रा एचडी टीभी खरीदमा एलजी पकेट फोटो प्रिन्टर, ४० इन्चको अल्ट्रा एचडी टीभी तथा ४२ इन्च र थ्रीडी स्मार्ट टीभी खरीदमा लजिटेक वायरलेस किबोर्ड उपहार प्रदान गरिने कम्पनीले जनाएको छ। यस्तै ३९–४९ इन्चको एलईडी टीभी खरीदमा एलजी डीभीडी प्लेयर, ३२ इन्चको एलईडी टीभी र स्मार्ट टीभी किन्दा मोबाइल फोन, २४–२८ इन्चको एलईडी टीभी किन्दा १६ जीबीको पेनड्राइभ निःशुल्क दिइने बताइएको छ। कम्पनीले अडियो सिस्टम, साइड बाई साइड रेफ्रिजेरेटर, वासिङ मेसिन, कुकिङ किट, एयर कन्डिसनर खरीदमा पनि विभिन्न उपहार दिने घोषणा गरेको छ।

एशियन पेन्ट्स को गोल्डेन महापर्व

एशियन पेन्ट्स नेपाल प्रा.लि.ले महापर्व उपहार योजनाअन्तर्गत ग्राहकलाई विभिन्न उपहार दिने घोषणा गरेको छ। बम्पर पुरस्कारमा १० तोला सुन, ४३ इन्चको सोनी एन्ड्रोइड एलईडी टेलिभिजन, आईफोन सिक्स र टाइमेक्स घडी छन्। यस्तै जिल्ला उपहारमा ४० इन्चको सोनी एलईडी टेलिभिजन, ब्रान्डेड आई फाइभ ल्यापटप, सामसुङ ग्यालेक्सी ग्रान्ड प्राइम मोबाइल, क्यानन् को २० मेगापिक्सलको क्यामरा ह्विर्पुल माइक्रोवेभ ओभनलगायत रहेको कम्पनीले जनाएको छ। रु.५० हजार भन्दा बढीको पेन्ट्स खरीद गरेका ग्राहकले यो योजनामा सहभागी हुन ६६७७ मा लट्री नम्बर एसएमएस गर्नुपर्नेछ। कम्पनीका अनुसार २९ मंसीरसम्मका खरीदकर्ताले उपहार कार्यक्रममा सहभागिता हुन पाउने छन्।

सीजी को सात स्मार्टफोन

सीजी इलेक्ट्रोनिक्सले सात प्रकारका स्मार्टफोन बजारमा ल्याएको छ। सीजी ले ल्याएको सीजी ईओएन एलिट मोबाइलको स्त्रि्कन रिजोलुसन ७२०138१२८० पिक्सेलको छ। यसबाहेक सीजी ले ईओएन ब्लेज, ईओएन लाइट प्लस, ईओएन एक्सप्रेस, ईओएन लाइट, ईओएन एक्स–फोर र ईओएन थ्रीजी बजारमा ल्याएको हो।

एनसेल को पैसा फिर्ता अफर

एनसेल ले विभिन्न मोडलका स्मार्टफोन खरीद गर्नेलाई फोनको मूल्य बराबरकै ब्यालेन्स बोनस दिने भएको छ। हुवावे, माइक्रोम्याक्स र कलर्स मोबाइल किन्ने ग्राहकलाई एनसेल को सीमकार्डसहित ब्यालेन्स दिइने कम्पनीले जनाएको छ। एनसेल का अनुसार रु.१३ हजार ४५० पर्ने हुवावे को वाई ६२५ स्मार्टफोन किन्दा तत्काल रु.४ हजारको ब्यालेन्स पाइन्छ। बाँकी बोनस ब्यालेन्स भने १० महीना भित्र लिइसक्नुपर्नेछ। जति रुपैयाँको रिचार्ज गरिएको हो त्यति नै रुपैयाँ बराबरको बोनस थपिंदै जाने कम्पनीले जानकारी दिएको छ। बोनस एनसेल नेटवर्कभित्र कल गर्न, एसएमएस–एमएमएस पठाउन वा इन्टरनेट चलाउन सकिन्छ।

comments powered by Disqus

रमझम