१६-२९ माघ २०६९ | 16-29-Magh-2069

सीजी ग्यास हिटर

Share:
  

 

चौधरी समूहले जाडोका लागि सीजी ब्राण्डका ग्यास र इलेक्ट्रिक हिटरको बिक्री शुरू गरेको छ । कालो रङमा उपलब्ध १५ केजीसम्मको सिलिण्डर अट्ने क्षमता भएको ग्यास हिटरको मूल्य रु.६ हजार ८९० र रातो रङमा उपलब्ध इलेक्ट्रिक तथा ग्याससहित हिटरको रु.८ हजार ९० तोकिएको छ ।
 
काल्र्सबर्ग बारक्लेज प्रिमियर लिगमा
काल्र्सबर्ग बारक्लेज प्रिमियर लिगको तीन वर्षका लागि आधिकारिक साझ्ेदार भएको छ । सन् २०१५÷१६ सम्म यो सम्झैता कायम रहने र अब नेपाल लगायत अन्य मुलुकमा प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने कम्पनीले जनाएको छ । यो साझ्ेदारीले उपभोक्ता र फूटबलबीचको सम्बन्ध समेत अझ् सुदृढ गर्ने र काल्र्सबर्ग को ब्राण्ड स्थापनामा पनि मद्दत गर्ने कम्पनीको विश्वास छ । काल्र्सबर्ग को विगत ४० वर्षदेखि फूटबलसँग सम्बन्ध रहेको छ ।
 
कलर्स का नयाँ मोबाइल 
कलर्स मोबाइलले नयाँ टच फोनहरू एक्स–२ ज्याज र एक्स–३ रुवी नेपाली बजारमा बिक्री शुरू गरेको छ । संगीत सुन्न तथा नयाँ फोन चलाउन रुचाउने ग्राहक लक्षित फोनमध्ये पहिलोमा ३.२ इन्चको स्क्रिन तथा डुअल सीम र दोस्रोमा ३.५ इन्चको स्क्रिन रहेको जनाइएको छ ।
 
गीताञ्जली ज्वेलर्स दरबारमार्गमा 
भारतको गीताञ्जली समूहले काठमाडौंमा गीताञ्जली ज्वेलर्स सञ्चालनमा ल्याएको छ । दरबारमार्गस्थित क्यापिटल मलको शोरुममा रिनीता, सङ्गिनी, आस्मी, नक्षत्र, निजम, आरसी लगायत ज्वेलरीका प्रख्यात ब्राण्ड छन् । हीराका गहना समेत रहेको ज्वेलरीमा छिट्टै २२ क्यारेटका सुनका गहना राखिने जनाइएको छ ।
 
नवीकरणीय ऊर्जा सप्ताह
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आयोजनामा ७–१३ माघमा राजधानीमा नवीकरणीय ऊर्जा सप्ताह सम्पन्न भयो । सप्ताहमा नवीकरणीय ऊर्जा प्रविधिको प्रदर्शनी, नवीकरणीय ऊर्जा ¥याली, अन्तरक्रिया लगायतका कार्यक्रम गरिएको थियो । वर्तमान ऊर्जा संकट सम्बोधन गर्न र दुर्गम क्षेत्रमा प्रविधिको पहुँच विस्तार गर्न वैकल्पिक ऊर्जा सबैभन्दा भरपर्दो माध्यम रहेको सुझव सरकारलाई दिन ऊर्जा सप्ताह गरिएको केन्द्रले जनाएको छ ।
 
एचआर मिट हुँदै
ग्रोथ सेलर्सले वर्षेनि आयोजना गर्दै आएको मानव संसाधन भेला ‘एचआर मिट २०१३’ २५ माघमा हुँदैछ । ‘मानव पूँजीलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ हुने भेलामा विभिन्न क्षेत्रका २०० भन्दा बढीको सहभागिता रहने जनाइएको छ । भेलाका वक्तामा भारतका मिनोचर पटेल तथा नेपालको श्रम विभागका महानिर्देशक केवलप्रसाद भण्डारीसहित भारतको प्रमाणित एनएलपी तथा इएफटी अभ्यासकर्ता महेश शर्मा, भारतकै अक्षय वाल र रिना वाल छन् । भेलामा वर्षभरिका मानव संसाधन प्रबन्धकमध्ये एक जनालाई रु.५० हजारको पुरस्कारसहित उत्कृष्ट एचआर म्यानेजरको अवार्ड दिइने जनाइएको छ ।
 
वेब सर्फर ५४ जिल्लामा
इन्टरनेट सेवा प्रदायक वेब सर्फर ले ५४ जिल्लामा सेवा विस्तार गरेको छ । सन् २००० मा स्थापित कम्पनीले ‘घरघरमा इन्टरनेट’ भन्ने नारालाई अघि सारेको छ । फाइबर इन्टरनेट, इन्ट्रानेट, इन्टरनेट टेलिफोन लगायतका सेवा दिइरहेको कम्पनीले जनाएको छ ।

 

ब्याङ्किङ
एभरेष्ट ब्याङ्कले ४ र ५ माघमा झपाको भद्रपुर र विर्तामोडमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मुटुरोग विज्ञ डा. भरत रावतको नेतृत्वमा सम्पन्न एकदिने शिविरमा ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको ब्याङ्कले जनाएको छ । ब्याङ्कले हालै झपाको दमकमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
 
एनएमबी ब्याङ्कको सञ्चालक समिति अध्यक्षमा आत्माराम मुरारका चयन भएका छन् । २९ पुसमा सम्पन्न साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट मुरारकासहित नन्दकिशोर राठी, मनिष जैन, राजेन्द्र काफ्ले र टी पुराहरण सीपी रामाकृष्णन्लाई सञ्चालकमा निर्वाचित गरेको थियो । 
 
कृषि विकास ब्याङ्कले आफ्ना १७३ वटै शाखाबाट हिमाल रेमिट्स भुक्तानी सेवा शुरू गरेको छ । हिमालयन ब्याङ्कको प्रिन्सिपल एजेन्ट भई रेमिट्यान्स कारोबार गर्दै आएको कन्टिनेन्टल फाइनान्सियल सर्भिसेजसँगको सहकार्यमा ब्याङ्कले उक्त सेवा शुरू गरेको हो ।
 
ब्याङ्क अफ काठमाण्डू (बीओके) ले बिड म्यानेजमेन्ट को सहकार्यमा बिजनेश अक्सिजन (बीओटु) द्वारा नेपालको पहिलो भेन्चर फण्ड स्थापना गरेको छ । बिडबीओके भेन्चर्सले अन्तर्राष्ट्रिय टेण्डरमार्फत आईएफसी–एसएमई भेन्चर फण्ड स्थापना गर्ने जिम्मा पाएको हो । धितो जमानीमा आधारित परम्परागत ब्याङ्किङ प्रणालीद्वारा कर्जा पाउन असमर्थ साना तथा मझैला व्यवसायीलाई बीओटुले पूँजी लगानी गर्ने जनाइएको छ 
 
मनकामना डेभलपमेन्ट ब्याङ्कले मोबाइल मनी सञ्चालनमा ल्याएको छ । अब ग्राहकले मोबाइलबाटै आफ्नो खाताको कारोबार र विवरण हेर्न सक्ने, पैसा जम्मा र भुक्तानी गर्न सक्ने, बिजुली, पानी, टेलिफोनको बिल तिर्न तथा रकमान्तर र मोबाइल रिचार्ज कार्ड लिन पनि सक्छन् ।

 

comments powered by Disqus

रमझम