१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

हिरो ड्यास

Share:
  

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता ज्योति समूह अन्तर्गतको नेपाल जेनरल मार्केटिङ्गले नयाँ मोडलको स्कुटर हिरो ड्यास बजारमा भित्र्याएको छ। इन्टिग्रेटेड ब्रेकिङ सिस्टम, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, ट्युबलेस टायर, चोरीबाट बचाउन एन्टी–थेफ्ट इम्मोबिलाइजर, बाहिरबाटै तेल हाल्न सकिने, तेल कम खपत लगायतका विशेषता सहितको हिरो ड्यास ११० सीसीको छ। एलएक्स र भीएक्स गरी दुई भेरियन्टमा उपलब्ध हिरो ड्यासको मूल्य क्रमशः रु.१ लाख ६७ हजार ५०० र रु.१ लाख ७१ हजार ५०० तोकिएको छ।

सामसुङ द्वारा दोस्रो 'पल्सर २०० आरएस' विजेता घोषित

सामसुङ नेपालको दशैं बोनान्जा अफर अन्तर्गत 'बजाज पल्सर २०० आरएस' को दोस्रो विजेता बाग्लुङका कमल कँडेल भएका छन्। ४ असोजबाट शुरु यस योजना अन्तर्गत प्रत्येक १५ दिनमा एक भाग्यशाली विजेताले बजाज को पल्सर–२०० आरएस मोटरसाइकल पाउँछ। हरेक दिन तीन जनालो ग्यालेक्सी अल्फा, ग्यालेक्सी के जूम, ग्यालेक्सी एस सिक्स मोबाइल, एक जनाले ग्यालेक्सी ट्याब टी–७०५ पाउने यो योजनाको अन्तिममा ग्राण्ड प्राइज अन्तर्गत एक जनाले ह्युण्डाई क्रेटा कार जित्ने कम्पनीले जनाएको छ। २९ कात्तिकभित्र सामसुङ उत्पादन खरीद गरेर सिरियल नम्बर ५०५१ मा एसएमएस गरेका ग्राहक यो योजनामा सहभागी हुनसक्छन्।

कलर्स को एक्सटी–७३१ नेटबुक

कलर्स मोबाइलले सेतो र कालो रंगमा सुप्रिम ट्याब्लेट एक्सटी–७३१ नेटबुक बजारमा ल्याएको छ। एण्ड्रोइड ४.४.२ किटक्याट ओएसका साथमा नेटबुकले अधिकतम मेमोरी र सुधारिएको टचस्त्रि्कनका साथ तीव्रता, ज्यादा सटिक र अद्भुत कार्यक्षमता प्रदान गर्ने कम्पनीको दाबी छ। २५०० एमएएच लि–आयोन ब्याट्री ब्याक–अप रहेको नेटबुकको ७ इन्चको एचडी स्त्रि्कन छ। ८ जीबी रोम र १ जीबी र्‍याम मेमोरीसहित ३२ जीबीसम्म विस्तार गर्न सकिने नेटबुकको मूल्य रु.१० हजार २५० रहेको छ।

एभरेष्ट ब्यांक २२औं वर्षमा

१ कात्तिकदेखि एभरेष्ट ब्यांक २२औं वर्षमा प्रवेश गरेको छ। स्थापनाकालदेखि गएको असार मसान्तसम्ममा रु.१ खर्ब ३० अर्बभन्दा बढीको व्यवसाय गरेको ब्यांकले जनाएको छ। यसबीचमा ब्यांकले ५३ शाखा, पाँच विस्तारित काउन्टर, २४ आम्दानी संकलन काउन्टर र ८० वटा एटीएम विस्तार गरिसकेको छ। चाँडै नै ८ शाखा र ६ वटा एटीएम थपिने ब्यांकले जनाएको छ।

comments powered by Disqus

रमझम