सामसुङ मोबाइलको बीमा

Share:
  

नेपालमा बिक्री हुने सामसुङ का ग्यालेक्सी एस थ्री र ग्यालेक्सी नोट टुका सबै सेटको बीमा गरिएको छ। कम्पनीको नेपालस्थित अधिकृत बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आईएमएस) ले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमा गराएको हो। यो अभियानपछि विदेशबाट भन्सार छली ल्याइएका सामसुङ फोनको बिक्री घट्ने कम्पनीको विश्वास छ। साथै, भन्सार छली ल्याइएका मोबाइल सेट बिक्री गर्नेहरुबाट राजस्व अनुसन्धान विभाग र प्रहरीको सहयोगमा त्यस्ता फोन बरामद गरिने कम्पनीले जनाएको छ।

त्रिवेणीको शोरुम

त्रिवेणी व्यापार कम्पनीले चण्डेश्वरी सेन्टर बनेपामा छैटौं शोरुम स्थापना गरेको छ। यासुदा, पानासोनिक लगायत डेउ, सान्यो, मलिनेक्स, टाइगर जस्ता कम्पनीका उत्पादन रहेको शोरुममा एलसीडी टिभी, नयाँ मोडलको रेफ्रिजेरेटर, भ्याकुम क्लिनर, मिक्चर, वासिङ मेसिन लगायतका घरायसी उपकरण पाइने कम्पनीले जनाएको छ।

सिभिलमा कस्मेटिका

विश्वका स्तरीय कस्मेटिकहरु एकै छानामुनि उपलब्ध गराउन कस्मेटिका ले सिभिल ट्रेड सेन्टरमा कारोबार शुरू गरेको छ। सौन्दर्य पारखीले खोजेजस्तै गुणस्तरीय र मौलिक कस्मेटिक उपलब्ध गराउने कम्पनीको दाबी छ। राजधानीमा पाँच वर्षअघि स्थापित मल्टी ब्राण्ड कस्मेटिक स्टोर कस्मेटिका मा लोरियाल, रेभ्लोन, लेक्मे, लोटस, रिमेल, डिना अफ लण्डन, ओले, हेड एन्ड सोल्जर्स, स्ट्रिट वेयर, जोन्सन एन्ड जोन्सन, पोन्ड्स, गार्नियर, डोभ, हिमालय, भीएलसीसी, रिच फिल र इमामी लगायतका ब्राण्डका उत्पादन छन्।

युनिभर्सल का घरेलु उपकरण

काठमाडौंस्थित युनिभर्सल इलेक्ट्रोमले विभिन्न थरीका घरायसी उपकरण स्थानीय बजारमा भित्र्याएको छ। सुपरिचित ब्राण्ड ब्ल्याक एण्ड डेकर का साथै इटाली, भारत, जापान, मलेशिया, थाइल्याण्ड, ताईवान, कोरियाका विभिन्न कम्पनीका घरायसी उपकरण पनि राखिएको युनिभर्सल इलेक्ट्रोमले जनाएको छ।

बजाज विजेता विदेशमा

बजाज मोटरसाइकलको नेपालस्थित अधिकृत बिक्रेता एचएच बजाजद्वारा दशैं–तिहारमा सञ्चालित बजाजतन्त्र उपहार योजनाका विजेतालाई विदेश भ्रमणमा पठाएको छ। गोलाप्रथाद्वारा विजेता ८ उपभोक्तालाई जोडीसहित २९ माघदेखि ५ दिनको ब्यांकक् र पताया भ्रमणमा पठाइएको कम्पनीले जनाएको छ।

एमएडब्लु इसिमोड सहकार्य

मोरङ अटो वर्क्स (एमएडब्लु) इन्टरप्राइजेज अन्तर्गत स्कोडा डिभिजनले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँगको सहकार्यमा वायुको गुणस्तर सुधारको अभियान थालेको छ। जस अन्तर्गत कम्पनीले ३०० सुधारिएको चुलो खरीद गरी मकवानपुरका गाउँमा वितरण गर्ने जनाएको छ। दाउराको बचत तथा वातावरणीय सुधारमा योगदान पुर्‍याउने लक्ष्य लिइएको यो परियोजनामा वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले पनि सहयोग गरेको छ।

एशियन को इमल्सन पेन्ट्स

एशियन पेन्ट्स ले घरका छानामा लगाइने टायलका लागि इमल्सन पेन्ट्स बजारमा ल्याएको छ। एपेक्स टाइटल गार्ड नाम दिइएको यो उत्पादनले टायललाई कडा तथा वातावरणीय चुनौतीबाट सुरक्षित राख्ने कम्पनीको दाबी छ।

टीभीएस मा अफर टीभीएस मोटरसाइकलको नेपालस्थित अधिकृत बिक्रेता चौधरी समूह अन्तर्गतको एआईटी प्रालिले सुनौलो अफर छुट पनि सुन पनि ग्राहकमाझ ल्याएको छ। जस अन्तर्गत टीभीएस मोटरसाइकल खरीदमा ग्राहकले नगद रु.९ हजार र स्कुटर किन्दा रु.७ हजार छुट पाउँछन् भने गोलाप्रथाद्वारा साढे दुई लाख बराबरको सुन जित्न सक्नेछन्।

कुमारी ब्यांकको १२औं साधारणसभाले शेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत नगद लाभांश दिने भएको छ। साथै, ब्यांकको अध्यक्षमा नुरप्रताप राणा पुनः चयन भएका छन्।

इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) ले ८–१४ फागुनलाई आईएमई सेवाग्राही विशेष सप्ताहको रुपमा मनाउने भएको छ। यो अवधिमा देशका विभिन्न भेगमा रहेका आईएमई सेन्टर, निजी क्षेत्रका एजेन्ट/सव एजेन्ट, साझेदारी गर्ने ब्यांक तथा वित्तीय संस्थाका शाखा र आईएमईका कार्यालयमा आएर आईएमई गर्ने सेवाग्राहीले विशेष सम्मान पाउने जनाइएको छ। साथै यो अवधिमा आईएमई गर्ने सेवाग्राहीलाई रु.९९ ब्यालेन्ससहितको एनसेल सिम उपहार दिइने कम्पनीले जनाएको छ।


निराशाजनक पुँजीगत खर्च

प्रस्तुत चित्रले आर्थिक वर्ष २०५८/५९ यताको नेपालको पूँजीगत खर्च दर्साउँछ। बायाँ अक्ष रेखाले बजेट वितरण र वास्तविक खर्च तथा दायाँले कुल गार्हस्थ उत्पादनको हिस्साको रूपमा पूँजीगत खर्च देखाएका छन्, जसमा आव २०६८/६९ को पूँजीगत खर्च दशकभरिमै सबैभन्दा कम देखिएको छ।

सरकार र विकास साझ्ेदारहरू पूँजीगत खर्च ओरालो लागेको देखेर चिन्तित छन्। आव २०६४/६५ मा पूँजीगत बजेटका लागि विनियोजित रकमको ९६.८ प्रतिशत खर्च भएकोमा २०६८/६९ मा ५५.५ प्रतिशतमा झ्रेको छ। गत आवको तुलनामा चालु आवको पहिलो ६ महीनामा पूँजीगत खर्चको स्थिति झ्न् निराशाजनक देखिएको छ– लक्ष्यको १३ प्रतिशत मात्र। अर्थात्, चालु आवको पहिलो ६ महीनामा रु.७ अर्ब मात्र पूँजीगत खर्च भएको हो।

यसको सोझो अर्थ हो, सरकारले विकासका लागि छुट्याएको पैसाको सदुपयोग हुनसकेको छैन। यसका मुख्य कारण हुन्― पहिलो, पूर्ण बजेटको अभाव (जसको सीधा दोष राजनीतिक समस्याको समाधान खोज्न नसक्ने अक्षम राजनीतिक नेतृत्वलाई जान्छ) र दोस्रो, कर्मचारीतन्त्रको बढ्दो नालायकीपन। यो वर्षको कुल बजेट अघिल्लो आवमा विनियोजित पूँजीगत बजेटको बराबर मात्र छ। त्यो पनि खर्च हुन नसक्नुको परिणाम, यो वर्ष कुल गार्हस्थ उत्पादनको अनुपातमा वास्तविक पूँजीगत खर्च दशककै सबैभन्दा तल्लो विन्दुमा र्झ्ने देखिन्छ।

अर्कोतिर कर्मचारीतन्त्र झ्न् बढी नालायक बनेर समयमै आफ्नो दायित्व निर्वाह गर्नबाट विमुख रहँदै आएको छ। कर्मचारीतन्त्रका विभिन्न तहमा पर्याप्त बजेट विनियोजनको विषयमा द्विविधा कायमै छ। तर यतिले मात्रै गएको वर्षभन्दा बढी हुने सम्भावना रहेको निराशाजनक पूँजीगत खर्चको औचित्य पुष्टि हुँदैन। यो वर्ष आंशिक बजेट आउँछ भन्ने पहिल्यै थाहा भएकोले कर्मचारीतन्त्रले खर्चको योजना पनि त्यसै अनुसार अगाडि नै बनाउन सक्नुपर्थ्यो।

पूँजीगत खर्चको परिमाण र स्तरबाट दीर्घकालीन आर्थिक वृद्धि तथा अर्थतन्त्रको उत्पादन क्षमता विस्तारको जग निर्माण हुन्छ। स्थानीय तहमा हुने अनेकन् विकास निर्माण गतिविधि र असंख्य अर्धदक्ष रोजगारी यसैमा निर्भर हुन्छन्। त्यसैगरी सडक, विद्यालय, स्वास्थ्य केन्द्र र आमजनताको सम्पत्ति निर्माणमा सहयोगी कार्यक्रमहरू पनि प्रभावित हुन्छन्। पूँजीगत खर्चको ठूलो अंश जुटाउन वित्तीय सहयोग गर्दै आएका विकास साझ्ेदारहरूले प्रतिबद्धताको अनुपातमा पूँजीगत खर्च घट्दै गएको देखेपछि भविष्यमा वैदेशिक सहयोग परिचालन पनि प्रभावित हुने नै छ। सामान्यतया सरकारले आफूसँग भएको पैसा विकास कार्यमा खर्च गर्ने र पछि विकास साझेदारहरूबाट शोध भर्ना पाउने गरेको हुन्छ।

पूँजीगत खर्चको कमीले वित्तीय क्षेत्रमा तरलता (खर्चयोग्य रकम) को अभाव समेत सिर्जना गर्दछ। किनभने, वित्तीय क्षेत्रमार्फत हुने सरकारी खर्चको सहज प्रवाहले नै वित्तीय कारोबार र गतिविधिलाई जीवन्त राखेको हुन्छ। सरकारले लक्ष्य बमोजिम पूँजीगत खर्च गर्न नसक्दा केन्द्रीय ब्याङ्कमा सञ्चय भएको अधिक रिजर्भ व्यवस्थापन गर्न समेत कठिन हुन्छ। यसले पनि वित्तीय क्षेत्रमा सरकारी पैसाको सहज प्रवाहमा समस्या खडा गर्ने गरेको छ।

यी सबै कुराले अन्ततः आर्थिक वृद्धि र विकास–निर्माणको गतिमा नै प्रतिकूल प्रभाव पार्ने छन्।


हाम्री बहिनी अभियान

कमजोर शैक्षिक योग्यता र आर्थिक अभावमा विदेशिन बाध्य महिलाहरुलाई स्वदेशमै काम दिलाउन हाम्री बहिनी अभियान शुरु गरिएको छ। भाटभटेनी सुपर मार्केट, ज्योति ग्रुप र जीआईजेडको सहयोगमा हिमालयन क्लाईमेट इनिसिएटिभले सञ्चालन गरेको अभियान अन्तर्गत लक्षित महिलाहरूलाई कपडाको झोला बनाउने काम दिइनेछ। सामान खरीद गर्ने ग्राहकलाई भाटभटेनी सुपर मार्केटले प्रति प्लाष्टिक झोलाबापत एक रुपैयाँ लिने र त्यसमा ५० पैसा थपी अभियानलाई उपलब्ध गराउने जनाएको छ। सुपरमार्केटमा रु.६० मूल्य पर्ने झोला अहिले रु.३० मै दिने जनाइएको छ। प्लाष्टिक झोलाले वातावरणमा पुर्‍याउने हानि निरुत्साहन गर्न यस्तो पहल थालिएको हो।

comments powered by Disqus

रमझम