१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

नाकाबन्दीबाट सवारी परिवर्तन

Share:
  

दीपक ज्ञवाली
भारतीय नाकाबन्दीका कारण इन्धन संकट हुँदा बुटवलमा यात्रुहरुले सवारीका साधनमा नयाँपन अनुभव गर्न पाएका छन्। नाकाबन्दी चर्किंदै जाँदा शहरमा बढ्न थालेको वातावरणमैत्री ई–रिक्सा इन्धन अभावको सजिलो विकल्प भएको छ।

अहिले बुटवलमा करीब तीन हजार ई–रिक्सा गुडिरहेको अनुमान छ। तीमध्ये १७५ वटा लुम्बिनी ई–रिक्सा यातायात व्यवसायी संघमा आबद्ध छन्। इन्धन संकटले सवारी साधन घटिरहेका वेला दिनदिनै यस्ता रिक्सा थपिइरहेका छन्। यसले २५ रुपैयाँमा नगर परिक्रमा गराउँदा यसप्रतिको आकर्षण बढेको छ। “असोज दोस्रो साताबाट यसको संख्या ह्वात्त बढेको छ”, स्थानीय शंकर घिमिरे भन्छन्, “संकटसँगै विकल्प पनि आउँदोरहेछ।”

विद्युतीय ब्याट्रीबाट चल्ने ई–रिक्सालाई रु.२ लाख ६० हजारदेखि रु.४ लाखसम्म पर्छ। सञ्चालन खर्च नलाग्ने यो रिक्साको ब्याट्री एक पटक फुल चार्ज गरेपछि ८० किलोमीटरसम्म गुड्छ। मूल्य, सञ्चालन खर्च र वातावरण संरक्षणको हिसाबले राम्रो मानिएको यो विद्युतीय रिक्सा बुटवलमा दुई वर्षअघि नै भित्रिए पनि लुम्बिनी अञ्चल यातायात कार्यालयले दर्ता गर्न मानेको थिएन। आसपासमा फाट्टफुट्ट चले पनि बुटवल बजारमा यो निषेधित जस्तै थियो।

ई–रिक्साले एक पटकमा ६ यात्रु बोक्छ। बुटवलका व्यवसायीहरुले खुट्टाको भरमा मानिसले चलाउने पाँच वटा रिक्साको साटो यौटा ई–रिक्सा सञ्चालन गर्ने अभ्यास गरेका छन्। योसँगै शहरमा अनियन्त्रित रुपमा ई–रिक्सा भित्रिएको छ।

दीपक ज्ञवाली बुटवल


सामसुङ को ग्राण्ड प्राइज मनितालाई

सामसुङ द्वारा सञ्चालित 'दशैं बोनान्जा' योजनाको ग्राण्ड प्राइज, हुन्डाई क्रेटा कार बलम्बु, काठमाडौंकी मनिता महर्जनले जितेकी छन्। ४ असोजदेखि २९ कात्तिकसम्मका सामसुङ मोबाइल खरीदकर्तामध्ये लक्की ड्रका आधारमा मनिता विजयी भएकी हुन्। 'दशैं बोनान्जा' को अवधिमा हरेक दिन तीन जनाले सामसुङ को ग्यालेक्सी–अल्फा, ग्यालेक्सी–के जूम, ग्यालेक्सी–एससिक्स मोबाइल, एक जनाले ग्यालेक्सी ट्याब टी–७०५ र हरेक १५ दिनमा एक जनाल्ो बजाज पल्सर २०० आरएस बाइक जितेका थिए।

एलजी लाई रेड डट अवार्ड

विद्युतीय घरायसी सामग्री बिक्री गर्दै आइरहेको एलजी लाई रेड डट अवार्डले 'ब्रान्ड अफ दि इयर २०१५' बाट सम्मानित गरेको छ। विश्वमा सर्वोत्कृष्ट डिजाइन अवार्ड प्रतियोगिता मानिने रेड डट अवार्डबाट ब्रान्ड अफ दि इयर र डिजाइन टीम अफ दि इयर शीर्षक जित्न सफल एलजी तेस्रो कम्पनी हो।

माईक्रोम्याक्स को क्यानभास सेल्फी टु

भारतीय कम्पनी माईक्रोम्याक्स ले क्यानभास सेल्फी टु क्यू–३४० नामक नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। विशेष किसिमको प्रोसेसिङ भएको क्यानभास सेल्फी टु क्यू–३४० एन्ड्रोइडको ललीपप ५.० भर्सनको अपरेटिङ्ग सिस्टममा सञ्चालन हुने कम्पनीले जनाएको छ। पाँच इन्चको एफएमभिजिए आईपीएस स्त्रि्कन, १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको सेल्फी टुको बजार मूल्य रु.१० हजार ५६० रहेको छ। फोनमा एलईडी फ्ल्याससहितको ५ मेगापिक्सेलको रियर क्यामरा र सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा जडित छ।

एभरेष्ट ब्यांक र विभिन्न १२ ब्यांक तथा वित्तीय संस्थाले उन्नति वित्तीय आयोजनासँग सम्झौता गरेका छन्। नेपाल राष्ट्र ब्याङ्क र युनाइटेड नेशन्स् क्यापिटल डेभलप्मेन्ट फन्ड (युएनडीसीएफ)द्वारा संयुक्त रुपमा ल्याएको यस आयोजनामार्फत वित्तीय पहुँच कार्यक्रम लागू गर्दै कृषिलाई व्यवसायीकरण, बजारको आधार वृद्धि र गरीबी निवारण गरी जीवनस्तर वृद्धि गर्नेलगायतका उद्देश्य रहेको छ। आयोजना ग्रामीण घर परिवार, साना किसान र लघु साना तथा मझौला व्यवसायको वित्तीय क्षेत्रमा पहुँच वृद्धि गर्नमा केन्द्रित छ। देशमा वित्तीय समावेशितालाई जोड दिंदै ब्यांकले यसअघि नै प्रविधिमा आधारित सेवा मोबाइल एटीएम नामको शाखारहित ब्यांकिङ सुविधा संचालनमा ल्याइसकेको छ।

प्रभु ब्यांकले गोङ्गबु, काठमाडौंस्थित शाखालाई ३ मंसीरदेखि पुतलीसडकमा स्थानान्तरण गरेको छ। यस्तै ब्यांकको बाग्लुङ शाखालाई पर्वतको कुश्मा बजारमा स्थानान्तरण गरिएको छ। किष्ट ब्यांक तथा गौरीशंकर र जेनिथ फाइनान्सलाई आफूमा गाभेसँगै प्रभु ब्यांकले विभिन्न शाखा कार्यालयहरूलाई स्थानान्तरणको प्रक्रिया शुरु गरेको छ।

हिमालयन ब्यांकले आफ्ना शेयर धनीहरूलाई ३५ प्रतिशत बोनस शेयर दिने भएको छ। संचालक समितिको बैठकले ब्यांकको तेइसौं साधारणसभामा गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर प्रस्ताव गर्न लागेको हो। ब्यांकले ७.१ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गर्ने भएको छ।

comments powered by Disqus

रमझम