२७ मंसीर - ४ पुस २०७२ | 13- 19 December 2072

बाजेको सेकुवा लाजिम्पाटमा

Share:
  

सेकुवा, तासलगायतका परिकारबाट प्रसिद्धि कमाएको बाजेको सेकुवाले काठमाडौंको लाजिम्पाटमा आफ्नो १०औं आउटलेट शुरु गरेको छ। बाजेको सेकुवाको नाम, सेवा र गुणस्तर कायम राख्ने गरी फ्रेन्चाइजीका रुपमा यो आउटलेट हाइल्याण्ड फुड्स प्रा.लि.ले सञ्चालनमा ल्याएको हो। यससँगै काठमाडौं उपत्यकामा बाजेको सेकुवाको फ्रेन्चाइजी आउटलेट संख्या पाँच पुगेको छ भने त्यति नै संख्यामा पूर्ण स्वामित्वका। बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीका अनुसार काठमाडौंको कलंकीमा छिट्टै नै अर्को शाखा पनि खुल्नेछ।

ब्यांक अफ दी इयर– स्ट्याण्डर्ड चार्टर्ड

सन् २०१५ स्ट्याण्डर्ड चार्टर्ड ब्यांकका लागि प्रसिद्धिको वर्ष सावित भएको छ। 'यूरोनोमी अवार्ड फर एक्सिलेन्स–२०१५', 'वर्ल्डस् इमर्जिङ मार्केट ब्यांक फर–२०१५', 'वर्ल्डस् बेस्ट कन्जुमर डिजिटल ब्यांकिङ अवार्ड फर नेपाल–२०१५' जस्ता ब्यांकिङ क्षेत्रका सम्मान पाउन सफल स्ट्याण्डर्ड चार्टर्ड 'ब्यांक अफ दी इयर १०१५' समेत बन्न सफल भएको छ। चर्चित बेलायती पत्रिका दी ब्यांकर ले लन्डनमा आयोजित एक समारोहमा यो वर्षका लागि स्ट्याण्डर्ड चार्टर्डलाई विजेता घोषित गरेको हो। १६ वर्ष अघिदेखि प्रदान गरिंदै आएको ब्यांक अफ दी इयर अवार्ड ब्यांकको समग्र पक्षको अध्ययनपश्चात् प्रदान गरिन्छ।

बेलौरीमा बीओके

ब्यांक अफ काठमाण्डू (बीओके) ले कञ्चनपुरको बेलौरीमा आफ्नो शाखा विस्तार गरेको छ। यस शाखामार्फत साना उखु व्यवसायी तथा त्यस क्षेत्रका जनतामाझ्ा वित्तीय सुविधाको पहुँच दिगो र सुदृढ हुने ब्यांकले जनाएको छ। बीओकेका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठका अनुसार बेलायती सहयोग यूके एड अन्तर्गतको 'सक्षम एसेस टु फाइनान्स कार्यक्रम' को सहभागितामा शाखा खोलिएको हो।

अनुसन्धानकर्तालाई नबिल पुरस्कार

राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले विभिन्न विधाका चार अनुसन्धानकर्ताहरूलाई 'नबिल विज्ञान तथा प्रविधि पुरस्कार' प्रदान गरेको छ। विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने प्रा.डा. शिवप्रसाद धौभडेल, प्रा.डा. संगीता राजभण्डारी, डा. दीपकराज सिंह र डा. दुर्गाप्रसाद सापकोटालाई पुरस्कृत गरिएको हो। प्रति व्यक्ति वा संस्था रु.१ लाख २५ हजार राशि रहेको यस पुरस्कारका लागि प्रतिष्ठित वैज्ञानिक तथा प्राज्ञहरूको समूहद्वारा पुरस्कृत व्यक्तित्वहरूको छनोट गरिएको हो।

सानिमा पत्रकारिता पुरस्कार

सानिमा ब्यांकले रु.५ लाख राशिको 'प्रेस काउन्सिल–सानिमा ब्यांक राष्ट्रिय पत्रकारिता पुरस्कार' स्थापना गरेको छ। पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई यो पुरस्कार प्रदान गरिने ब्यांकले जनाएको छ।

comments powered by Disqus

रमझम