१०-१६ माघ २०७२ | 24-30 January 2016

१५ माघदेखि क्यान इन्फोटेक

Share:
  

१५ माघदेखि क्यान इन्फोटेक

सूचनाप्रविधि क्षेत्रका पछिल्ला उपलब्धिबारे जानकारी, प्रवर्द्धन र प्रदर्शनीको उद्देश्यले १५–२० माघसम्म काठमाडौं, भृकुटीमण्डपमा 'सुविसु क्यान इन्फोटेक २०१६ इन एसोसिएसन विथ हुवावे' हुने भएको छ। इन्फोटेकको यो २२औं संस्करणमा कुल १८० वटा स्टल रहने आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघले जनाएको छ।

इटहरीमा हुण्डाई को शोरुम

नेपालका लागि हुण्डाई को आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इटहरीमा नयाँ शोरुम रोयल अटो प्रालि खोलेको छ। शोरुममा हुण्डाईका विभिन्न मोडलका गाडी बिक्रीका साथै बिक्रीपश्चात् अन्य सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। देशभर लक्ष्मी इन्टरकन्टिनेन्टलका १४ वटा आधिकारिक डिलर सञ्चालनमा छन्।

जुत्ताघरको बिग सेल मेला

नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डपमा १७ पुसदेखि शुरु बिग सेल मेला एवं फूटवेयर एक्स्पो ११ माघसम्म सञ्चालन हुने भएको छ। मेलामा बीएफ डियर हिल, शिखर शूज, क्रस रोड, स्काई शूज, टाकुरा शूज, कोसेली छाला जुत्ता, लेदर विंगस्, शू ल्याण्ड, इजी शूज र फूटल्याण्ड ब्रान्डको सहभागिता छ। रु.१०० देखि रु.१० हजारसम्मका जुत्ता तथा चप्पल उपलब्ध मेलामा ७५ प्रतिशतसम्म छूट दिइएको छ।

कोटेश्वरमा शिखर शू

शिखर शू ले काठमाडौंको कोटेश्वरमा २८औं शोरुम खोलेको छ। ७ माघमा नयाँ शोरुम उद्घाटन गर्दै शिखर शू का प्रबन्ध सञ्चालक रामकृष्ण प्रसाईंले ग्राहकको सुविधाका लागि महत्वपूर्ण स्थानहरूमा शोरुम थप्ने बताए।

कलर्स का ग्राहकलाई मोटरसाइकल

कलर्स मोबाइलले 'ई–१० किन्नुहोस् र यामाहा एफजेड्स भी २.० जित्नुहोस्' योजनाको विजेता जूटपानी–३, चितवनका सागर दाहाललाई २८ पुसमा मोटरसाइकल प्रदान गरिएको छ। कलर्स एक्स फ्याक्टर ई–१० खरीद गरेर आईएमईआई नम्बर कलर्स मोबाइलको अफिसियल फेसबूक पेजमा पोस्ट गरेका खरीदकर्तामध्येबाट दाहालको नाम लक्की ड्रबाट छनोट गरिएको हो।

बजारमा एवेर्लर हि्वस्की

फ्रेन्च कम्पनी पेर्नोड रिकार्डले सिङ्गल माल्ट हि्वस्की एवेर्लर नेपाली बजारमा ल्याएको छ। मदिरा पारखीका लागि १२, १६ र १८ वर्ष पुरानो एवेर्लर हि्वस्की पेर्नोडको आउटलेटमा पाइने कम्पनीले जनाएको छ। हि्वस्कीको बजार मूल्य रु.५ हजार ४०० देखि रु.१६ हजारसम्म तोकिएको छ।

भूकम्पपीडितमाझ्ा सगरमाथा सिमेन्ट

१२ वैशाखको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक र लाप्राक वरपरका भूकम्पपीडितलाई सगरमाथा सिमेन्टको अगुवाईमा फेसबुक समूह मेन्स् रुम रिलोडेड र स्ट्याण्डर्ड चार्टर्ड ब्यांकले सहयोग गरेका छन्। 'हामी नेपाली, नेपालीका लागि' भन्ने नारासहित पीडितहरूलाई तीन हजार थान कपडा र तीन सय थान ब्ल्यांकेट प्रदान गरिएको हो।


ब्याऒ्ढिङ/वित्त/बीमा

स्ट्याण्डर्ड चार्टर्ड ब्यांक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच छूट सम्झौता भएको छ। सम्झौता अन्तर्गत ग्राण्डी हस्पिटलको सेवामा स्ट्याण्डर्ड चार्टर्डका प्राथमिक ग्राहकहरूले १० प्रतिशत र डेबिट/क्रेडिट कार्ड भएकाहरूले साढे सात प्रतिशत छूट पाउने छन्।

एनआईसी एशिया ब्यांकले साना तथा मझ्ाौला व्यवसायीलाई लक्षित गरी 'सरल व्यवसाय कर्जा' योजना ल्याएको छ। योजनाअन्तर्गत १५ वर्षसम्मका लागि रु.३ लाखदेखि रु.५० लाखसम्म कर्जा लिन सकिने ब्यांकले जनाएको छ।

सनराइज ब्यांक लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सम्झ्ाौतापछि सिटी एक्सप्रेसमार्फत पठाइएको रकम सनराइज ब्यांकका नेपालभर रहेका ५३ शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट भुक्तानी लिन सकिनेछ।

मेगा ब्यांक नेपाल लिमिटेडको संचालक समितिको १४४औं बैठकले ब्यांकको अध्यक्षमा भोजबहादुर शाहलाई चयन गरेको छ। ब्यांकको पाँचौं साधारणसभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकमा शाहसहित गोपाल खनाल, मदन आचार्य, शम्भुविक्रम थापा, इन्द्र मल्ल ठकुरी र ईश्वर गुरुङलाई निर्वाचित गरेको छ।

सानिमा ब्यांकले ११औं वार्षिक साधारणसभाको अवसरमा पारित गरेको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। ब्यांकले १ करोड ५३ लाख १ हजार ४४० कित्ता हकप्रद शेयर जारी गर्न नबिल इन्भेष्टमेन्ट ब्यांकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। यसैबीच सानिमाले काभ्रेको बनेपामा नयाँ शाखा खोलेको छ।

हिमालयन ब्यांकद्वारा सञ्चालित गल्फ प्रतियोगितामा पुरुषतर्फ संयोग शाही र महिलातर्फ प्रतिमा शेर्पा प्रथम भएका छन्। स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा भएको प्रतियोगितामा ८२ प्रतिस्पर्धी थिए।

सिभिल ब्यांक लिमिटेडको पाँचौं वार्षिक साधारणसभाले आ.व. २०७१/७२ को नाफाबाट शेयरधनीहरूलाई ६.७५ प्रतिशत बोनस शेयर र ०.३३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

एनएमबी ब्यांकलेे 'एनएमबी ब्यांक सुलभ कर्जा' र 'पर्सनल बिजनेस लोन' कर्जा सेवा आरम्भ गरेको छ। सुलभ कर्जामा रु.५ लाखदेखि अधिकतम रु.५० लाखसम्म र पर्सनल बिजनेस लोनमा रु.३ लाखदेखि रु.१५ लाखसम्मको कर्जा उपलब्ध गराइनेछ।

comments powered by Disqus

रमझम