१७-२३ माघ २०७२ | 31 Jan - 6 Feb 2016

सफा चूलो

Share:
  

भान्सा र घरेलु उपकरण बिक्री गर्दै आएको इन्पि्कनिट इन्टरप्राइजेजले इन्धन अभाव सामना गर्ने उद्देश्यसहित सफा चूलो बजारमा ल्याएको छ। थोरै दाउरा प्रयोग हुने र ८० प्रतिशत धूवाँ कम गर्ने युवी ब्रान्डका सफा चूलो भरपर्दो, टिकाउ र उचित मूल्यको भएको कम्पनीले जनाएको छ। काठको धूलो, ढुटो, पेलेट, कोइला, चारकोल र ब्रिकेट आदिबाट बल्ने यो चूलोमा आगो बाल्न फुक्नु नपर्ने, सामान्य चूलोको भन्दा ५० प्रतिशत समय बचत हुने र सुरक्षित रहेको कम्पनीको दाबी छ। अल इन्डिया इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट प्रमाणित यो चूलोमा एक वर्षको वारेन्टी पनि छ।

क्लोज अपको लभ फेस्ट

क्लोज अप टूथपेष्टले यो वर्षको 'भ्यालेन्टाइन डे' मा 'गेट क्लोजर एण्ड स्प्रेड द लभ' (नजिक आई माया फैलाउँ) भन्ने नाराका साथ लभ फेस्ट आयोजना गर्ने भएको छ। फेस्टमा सहभागी हुन चाहनेहरुले २७ माघभित्र प्रेम सन्देश पठाउनु पर्नेछ। त्यसका लागि 'क्लोजअप स्पेस प्रेम' टाइप गरी ७००१ मा वा ाबअभदययप।अय्करअयिकभगउलभउब िमा पठाउनुपर्नेछ। उत्कृष्ट प्रेम सन्देश पठाउने पाँच जनाले सामसङ्ग ग्यालेक्सी ट्याब पाउने कम्पनीले जनाएको छ।

काभ्रेमा केमुको 'सेयरिङ्ग स्माइल्स'

ई कमर्स सन्जाल केमुले 'सेयरिङ्ग स्माइल्स' कार्यक्रम अन्तर्गत काभ्रेका बालबालिकालाई ज्याकेट र वृद्ववृद्धालाई कम्बल वितरण गरेको छ। केमुले ज्याम्दीस्थित जनजागरण प्राविमा ३ देखि १२ वर्षका विद्यार्थीलाई ५० थान ज्याकेट र दलित समुदाय तथा एकल महिलालाई ५० थान कम्बल वितरण गरेको जनाएको छ।

ब्याऒ्ढिङ/वित्त/बीमा

ब्यांक अफ काठमाण्डूले जाजरकोट र सोलुखुम्बुका ३७० परिवारलाई कम्बल वितरण गरेको छ। ब्यांकले विमेन फर ह्युमन राइट्स र विङ होमोसेपियन संस्थामार्फत कम्बल वितरण गरेको हो। ब्यांकका प्रमुख सञ्चालन अधिकृत प्रवीणप्रकाश क्षेत्रीले ती संस्थालाई कम्बल हस्तान्तरण गरेको विज्ञप्तिमार्फत जनाइएको छ।

सानिमा ब्यांकले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीलाई ब्रान्ड प्रवर्द्धकका रुपमा थप दुई वर्ष निरन्तरता दिने भएको छ। विगत चार वर्षदेखि ब्रान्ड प्रवर्द्धक रहँदै आएको मह जोडीले थप अवधिमा समेत ब्यांकको प्रवर्द्धनात्मक क्रियाकलापमा संलग्न रहने ब्यांकले जनाएको छ।

एनआईसी एशिया ब्यांकको अठारौं वार्षिक साधारणसभाले ३९ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। १० माघमा विराटनगरमा संचालक समितिका अध्यक्ष जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा सम्पन्न साधारणसभाले आव २०७१/७२ को मुनाफाबाट उक्त बोनस शेयरसहित कर प्रयोजनको लागि २.०५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ। साधारणसभाले चार शेयर बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय पनि गरेको ब्यांकले जनाएको छ।

एभरेष्ट ब्यांकले नुवाकोट र गोरखाका भूकम्प प्रभावित स्कूलका बालबालिकालाई न्यानो कपडा तथा खाद्यान्न वितरण गर्ने भएको छ। ब्यांकले नुवाकोटका देवकीधराम निमावि र मंगलादेवी निमावि छन् भने गोरखाका इभरग्रिन मासेल आवासीय विद्यालय, बौद्धहिमाल एकेडेमी, कालरात्रि मावि र प्रभातकिरण माविका करीब एक हजार ६०० विद्यार्थीलाई न्यानो कपडा र खाद्यान्न वितरण गर्न लागेको हो। ब्यांकले भूकम्प पीडितका लागि रु.१ करोड सहयोगको घोषणा गरेको थियो जसमध्ये रु.५० लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई प्रदान गरेको थियो।

comments powered by Disqus

रमझम