२८ माघ - १ फागुन २०७२ | 7-13 February 2016

देउराली जनता २५औं वर्षमा

Share:
  

देशभित्रै विविध प्रकारका गुणस्तरीय औषधि उत्पादन गर्दैआएको देउराली जनता फर्मास्यूटीकल्सले स्थापनाको २५ वर्ष पूरा गरेको छ। २०४५ असारमा स्थापना भई १६ माघ २०४७ देखि उत्पादन शुरु गरेको देउराली जनताले कार्डियोभास्कूलर प्रोडक्टस्, एन्टी–इनफेक्टिभ्स/एन्टीबायोटिक्स्, ग्यास्ट्रो–इन्टेस्टाइनल मेडिसिन्स, एन्टी–डायबिटीज/लिभर प्रोडक्टस्, एन्टी–कोल्ड, एन्टी–कफ प्रिपेरेसन्स र भिटामिन एण्ड मिनरल सप्लिमेन्टस् आदि उत्पादन गर्दैआएको छ।

कम्पनीले एक सीफ्ट (८ घण्टा)मा १५ लाख लीटर झ्ाोल औषधि, १२ करोड ट्याबलेट, १० करोड क्याप्सूल, तीन लाख ५० हजार केजी ड्राई पाउडर र एक करोड ट्यूब मल्हम उत्पादन गर्नसक्ने कार्यकारी निर्देशक हरिभक्त शर्मा बताउँछन्। २०६० मंसीरमा आईएसओ १४००१/आईएसओ ९००१ प्रमाणीकरण प्राप्त देउराली जनताले २०६१ भदौमा विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्ड पूरा गरेर औषधि उत्पादन गर्ने फर्मास्यूटिकल्सहरुले पाउने 'डब्लूएचओ–जीएमपी अवार्ड' पाएको थियो। रु.१ अर्ब २० करोड लगानीको कम्पनीमा ३५० जनाको वर्किङ फोर्स छ। पछिल्लो वैज्ञानिक प्रविधिको प्रयोग र उच्च औद्योगिक व्यावसायिक नैतिकताका साथ उच्चगुणस्तरीय औषधिहरु उत्पादन गर्नु आफूहरुको लक्ष्य भएको कार्यकारी निर्देशक शर्मा बताउँछन्।

होण्डा का नयाँ बाइक

होण्डा को सीबी–५०० एफ, सीआरएफ २५० एम र एमएसएक्स १२५ नेपाली बजारमा आएको छ। होण्डाको आधिकारिक बिक्रेता ज्योति ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले भित्र्याएका मोटरसाइकलहरूमा मजबुत बनावट, छरितो च्यासिस, कम तौल, हाइड्रोलिक डिस्क ब्रेकलगायतका विषेशता छ। सीबी–५०० एफको मूल्य रु.१३ लाख ९९ हजार, सीआरएफ–२५० एमको रु.९ लाख ९ हजार र एमएसएक्स–१२५ को रु.५ लाख ९९ हजार छ।

एचएच केटीएम को नयाँ शोरुम

यूरोपियन रेसिङ बाइक केटीएम को आधिकारिक वितरक हंसराज हुलासचन्दले ललितपुरको पुल्चोकमा नयाँ शोरुम खोलेको छ। शोरुममा रु.६ लाख ७५ हजार पर्ने ३९० ड्यूक, रु.५ लाख ९९ हजारको आरसी ३९०, रु.५ लाख २० हजार पर्ने आरसी २०० र रु.४ लाख ३५ हजारको ड्यूक २०० उपलब्ध छन्। यस्तै कावासाकी निन्जाबाइकको शोरुम मूल्य रु.९ लाख ९९ हजार तोकिएको छ।

माइक्रोम्याक्स को क्यानभास पल्स

माइक्रोम्याक्स ले एन्ड्रोइड ५.१ ललीपप अपरेटिङ सिस्टमबाट चल्ने क्यानभास पल्स ४जी ई४५१ बजारमा ल्याएको छ। थ्रीजी डीडीआर ३ र्‍याम र ४जी कनेक्टिभिटी भएको मोबाइलमा १३ मेगापिक्सेलको अटोफोकस प्राइमरी क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। १६ जीबीको इन्टरनल मेमोरी राखिएको यो मोबाइल सेटको मूल्य रु.१८ हजार ३७० कायम छ।

टाटा को विन्टर वन्डर

टाटा मोटर्स्को आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले विन्टर वन्डर योजना सार्वजनिक गरेको छ। यसअन्तर्गत टाटा को जेस्ट, बोल्ट र स्ट्रोम गाडीहरुको खरीदमा ग्राहकले यामाहा एफजेड–एसएफआई भी–२.० बाइक र सामसङ नोट–५ मोबाइल प्राप्त गर्नेछन्। यस्तै, टाटा पेसेन्जर गाडीहरुको खरीदमा हरेक ग्राहकले रु.२५ हजार बराबरको फ्री एक्सेसरिज पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ। सीमित गाडीहरुको डेलिभरी २ दिनभित्र गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

रन शुजका नयाँ मोडल

चार वर्षदेखि नेपाली बजारमा जमेको रन शुज इण्डष्ट्रिज प्रालिले नयाँ मोडलका जुत्ता बजारमा ल्याएको छ। नयाँमा पार्टी शुजका ११ मोडेल, क्याजुयल शुजका ३ मोडल र स्पोर्ट शुजका दुई मोडल छन्। माघ र फागुनको विवाह यामलाई लक्षित गरेर पार्टी शुज बजारमा ल्याइएको कम्पनीले जनाएको छ।


हुवावे को मेट–८ स्मार्टफोन बजारमा

चीनको ग्लोबल ब्राण्ड हुवावे ले दुईवटा नयाँ स्मार्टफोन बजारमा ल्याएको छ। मोडर्न विजनेस पर्सनका लागि डिजाइन गरिएको मेट–८ र युवा पुस्तालक्षित जीआर–५ माघ दोस्रो साता बैंककमा सार्वजनिक गरियो। कम्पनीको दक्षिणपूर्वी एशियाका अध्यक्ष थोमस लीउले विश्व स्मार्टफोन ब्रान्डमा उत्कृष्ट तीनमा परेको हुवावे को बजार विस्तारलाई अझै तीव्रता दिइने कम्पनीको योजना सुनाए। उनका अनुसार, मेट–७ लाई ग्राहकले अत्यधिक मनपराएपछि थप विशेषतासहित मेट–८ संस्करण ल्याइएको हो।

कार्यक्षमता र पावर ब्याकअप दुवै हिसाबले मेट–८ अब्बल रहेको हुवावे ले जनाएको छ। फिंगरप्रिन्ट लक–अनलक सुविधा भएको फोनमा जी–सेन्सर, प्रोक्सिमिटी सेन्सर, हल सेन्सर, ब्यारोमिटर सेन्सर जस्ता विशेषता छन्। ४००० एमएएच ब्याट्रीजडित फोन एकपटक चार्ज गरेपछि २.३६ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। यो फोन आईफोन–६ एक्स प्लसको तुलनामा १०५ प्रतिशत छिटो चल्ने हुवावे को दाबी छ।

मुनलाईट सिल्भरमा तीन जीबी र्‍यामसहित ३२ जीबी रोम छ भने मोचा गोल्डमा चार जीबी र्‍याम र ६४ जीबीको रोमको मेमोरी राखिएको छ। ६ इन्चको एफएचडी स्त्रि्कन सुविधासहितको मेट–८ मा डबल सीम राख्न सकिन्छ। मुख्य क्यामेरा १६ मेगापिक्सेलको छ भने फ्रन्ट क्यामेरा ८ मेगापिक्सेलको छ। नेपालमा पनि फेबु्रअरीभित्रै मेट–८ ग्राहकको हातमा परिसक्ने हुवावे टेक्नोलोजिजका मार्केटिङ म्यानेजर समित प्रधानाङ्गले बताए।

नेपालसहित थाइल्याण्ड, भियतनाम, म्यान्मार, हङकङ, ताइवान, लाओस, कम्बोडिया, श्रीलंका र बंगलादेशलक्षित जीआर–५ मा पनि फिंगरप्रिन्ट आइडेन्टिफिकेसन सुविधा छ। यसमा १३ मेगापिक्सेल मुख्य र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। ३००० एमएएच क्षमताको ब्याट्री भएको जीआर–५ एकपटक चार्ज गरेपछि २४ घण्टासम्मलाई पुग्ने कम्पनीले जनाएको छ।


व्यवसायी चौधरीको निधन

लुनकरणदास चौधरी।

चौधरी ग्रुपका संस्थापक लुनकरणदास चौधरीको ९३ वर्षको उमेरमा निधन भएको छ। काठमाडौं मखनटोलमा विसं १९७९ मा जन्मिएका चौधरीको २१ माघमा उपचारका क्रममा राजधानीस्थित नर्भिक अस्पतालमा निधन भयो। नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श र नेपाल मारवाडी सेवा समितिका संस्थापक रहेका उनका तीन छोरा विनोद, वसन्त र अरुण तथा एक छोरी कुमुद अग्रवाल छन्। नेपालका एकमात्र अर्बपति विनोद चौधरी लुनकरणका जेठा छोरा हुन् भने माहिला वसन्त र कान्छा अरुण अटोमोबाइल, रियल स्टेट, हस्पिटललगायतका व्यवसाय तथा सेवा क्षेत्रका चिरपरिचित व्यक्ति हुन्।

लुनकरणदासले आफ्ना बाबु भूरामलले थालेको कपडा व्यापारलाई निरन्तरता दिंदै औद्योगिक क्षेत्रमा पाइला राखेका थिए। विराटनगरमा जुट उद्योग, लुनकरणदास युनाईटेड विल्डर्स, होजियारी उद्योग, रत्न स्टेन्लेस स्टील, डिपार्टमेन्ट स्टोर स्थापना गरेका लुनकरणदासले फ्लोरिङ एण्ड फर्निसिङको आउटलेट पनि खोलेका थिए।


ब्याऒ्ढिङ/वित्त/बीमा

एसवीआई ब्यांकले आफ्ना शेयर धनीहरूलाई २७ प्रतिशत बोनश शेयर र १.४२ प्रतिशत नगद लाभांश दिने भएको छ। खुद व्याज आम्दानी गत वर्षको तुलनामा १७.३३ प्रतिशतले बढेर २०५ करोड पुगेको जानकारी पनि ब्यांकले दिएको छ। गत आर्थिक वर्षमा कूल रु.५१६३ करोड निक्षेप संकलन गरेको एसवीआईले रु.३९९८ करोड कर्जा प्रवाह गरेको थियो।

बुटवल पावर कम्पनी लि.को सहायक कम्पनी न्यादी हाइड्रोपावर लि.ले निर्माण गर्न लागेको न्यादी जलविद्युत् आयोजनाका लागि एभरेष्ट ब्यांकको अगुवाइमा नबिल ब्यांक, ग्लोबल आइएमई ब्यांक, हिमालयन ब्यांक, सनराइज ब्यांक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको सहभागिताको सहवित्तीयकरण समूहबीच ऋण सम्झौता भएको छ। सम्झौताअनुसार ३० मेगावाट क्षमताको न्यादीमा समूहले रु.चार अर्ब ४० करोड ऋण लगानी गर्नेछ।

आईएमई लिमिटेड तथा ग्लोबल आईएमई ब्यांकले बंगबन्धु गोल्ड कप जितेर आएका खेलाडी तथा पदाधिकारीलाई सम्मान गरेको छ। उनीहरूलाई ललितपुरस्थित एन्फा हाउसमा आईएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले जनही रु.२५ हजार नगदसहित सम्मान गर्‍यो। यसैबीच, ग्लोबल आइएमई ब्यांक र सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा ग्लोबल आइएमई ब्यांकले १५ माघदेखि सिन्धुपाल्चोकको टेकनपुरमा शाखारहित ब्यांकिङ सेवा शुरु गरेको छ।

सिभिल ब्यांक लिमिटेड र इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड गाभिने सम्बन्धमा सिभिलका अध्यक्ष इच्छाराज तामाङ र इन्टरनेशनल फाइनान्सका अध्यक्ष अन्जयबहादुर शाहले हस्ताक्षर गरेका छन्। मर्जरपछि ब्यांकको नाम सिभिल ब्यांक नै रहनेछ भने चुक्ता पूँजी रु.५ अर्ब ९ करोड र सम्पत्ति रु.३६ अर्ब ९३ करोड पुग्ने ब्यांकले जनाएको छ।

माछापुच्छ्रे ब्यांक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अन्तरब्यांक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौताअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेडले माछापुच्छे्र ब्यांकलाई अन्तरब्यांक विद्युतीय भुक्तानी सेवा सञ्चालनको लागि एनसीएचएल–आईपीएस प्रणाली उपलब्ध गराउनेछ ।

comments powered by Disqus

रमझम