९-१५ फागुन २०७२ | 21-27 February 2016

फोर्ड को एन्डेभर

Share:
  

जीओ फोर्ड ले आफ्नो पछिल्लो उत्पादन एन्डेभर स्थानीय बजारमा भित्र्याएको छ। आरामदायी सीट, फोरह्वील ड्राइभ, चालकमैत्री फ्रन्ट सीट, इन्धन किफायती, आकर्षक बडी आदि एन्डेभरका विशेषता हुन्। सात वटा एयरब्यागसहित विभिन्न ६ रंगका एन्डेभर २.२ लि. र ३.२ लि. इन्जिनमा उपलब्ध छन्।

एक्वा एयर र एक्वा प्ले

इन्टेक्स मोबाइलको आधिकारिक बिक्रेता सीजीईओएले एक्वा एयर फ्याब्लेट र एक्वा प्ले मोबाइल सेट बजारमा ल्याएको छ। ५१२ एमबीको र्‍याम र ८ जीबीको इन्टरनल स्टोरेज क्षमतासहित एन्ड्रोइड ४.४ भर्सन किटक्याट अपरेटिङ सिस्टमबाट चल्ने रु.७,७७७ मूल्यको एक्वा एअर फ्याब्लेट किन्दा ८ जीबीको मेमोरी कार्ड निःशुल्क पाइन्छ। यस्तै डबल सीम लाग्ने एक्वा–प्ले थ्रीजी प्रविधियुक्त छ। चार इन्चको टीएफटी डिस्प्ले प्रविधि रहेको यो फोनको मूल्य रु.५,६६६ छ।

सीजी को ईओएन इड्ज

सीजी ले ईओएन इड्ज मोबाइल फोनसेट बजारमा ल्याएको छ। पाँच इन्च अनसेल एचडी आईपीएस डिस्प्ले भएको यो फोनमा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर छ। एन्ड्रोइडको ललीपप ५.१ अपरेटिङ सिस्टमबाट चल्ने यसमा १६ जीबी रोम, २ जीबी र्‍याम सुविधा छ भने १३ मेगा पिक्सेलको अटो फोकस क्यामरा जडित छ। ईओएनको मूल्य रु.११,९९९ छ।

जियोनी को लाइट फोन

जियोनी ले ठूलो ब्याट्रीसहितको म्याराथन सिरिजको एम–५ लाइट फोनसेट बजारमा ल्याएको छ। पाँच इन्चको एचडी स्त्रि्कन रहेको एम–५ पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा उपलब्ध छ। यसमा ८ मेगा पिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा तथा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर छ। ४००० एमएएचको ब्याट्री भएको फोन सेटको मूल्य रु.१९,९९९ छ।

शिवम् ले गर्‍यो कारीगर बीमा

शिवम् सिमेन्टले 'मजबूत निर्माणमा गुणस्तरीय सिमेन्टको भूमिका' सम्बन्धी सचेतनामूलक कार्यशाला गोष्ठीका सहभागी मेशन, मिस्त्री तथा कारीगरहरूलाई प्रतिव्यक्ति रु.२ लाख बराबरको बीमा पोलिसी वितरण गरेको छ। जोखिमपूर्ण कार्यस्थलमा खटिने मेशन, मिस्त्री तथा कारीगरहरूको भविष्य सुरक्षार्थ बीमा पोलिसी वितरण गरिएको कम्पनीले जनाएको छ। कम्पनीले २४ माघमा काठमाडौं र २७ माघमा ललितपुरमा भूकम्प प्रतिरोधात्मक संरचना निर्माणको विषयमा आयोजित छलफलका सहभागी मेशन, मिस्त्री तथा कारीगरहरूको द ओरियन्टल इन्सुरेन्समार्फत बीमा गरिएको हो।

सुजुकी को एक्सचेन्ज क्याम्प
सुजुकी मोटरसाइकलको आधिकारिक बित्रे्कता विशाल ग्रुप अन्तर्गतको भी.जी. अटोमोबाइल्स कम्पनीले एक्सचेन्ज क्याम्प सम्पन्न गरेको छ। क्याम्पमा जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल वा स्कूटरको मूल्यांकन गरेर सुजुकी एलईटीएस र जीआईएक्सएक्सईआर मोटरसाइकल फाइनान्स सुविधासहित साटासाट गरिएको थियो।


ब्याऒ्ढिङ/वित्त/बीमा

ब्यांक अफ काठमाण्डूले कैलालीको लम्की र बर्दियाको राजापुरमा नयाँ शाखा स्थापना गरेको छ। ग्रामीण क्षेत्रमा ब्यांकिङ सेवा विस्तारको नीति अनुरुप शाखा विस्तार गरिएको ब्यांकका सञ्चालक हेमराज सुवेदीले जानकारी दिए। उनका अनुसार दुवै श ाखामा निक्षेप, कर्जा, रेमिट्यान्स, ब्यांक ग्यारेन्टीलगायतका सम्पूर्ण ब्यांकिङ सेवा उपलब्ध हुनेछन्।

रेमिट्यान्स कम्पनी आईएमई र ब्यांक तथा वित्तीय संस्थाहरूलाई अन्तर ब्यांकिङ विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउँदै आएको नेपाल क्लियरिङ्ग हाउस बीच सम्झौता भएको छ। जसअनुसार क्लियरिङ्ग हाउसले आईएमईलाई 'इन्डाइरेक्ट मेम्बर'को रुपमा अन्तर ब्यांक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसीएचएल आईपीएस प्रणाली उपलब्ध गराउनेछ।

comments powered by Disqus

रमझम