१४-२० चैत २०७२ | 27 March - 2 April 2016

हुवावे को ब्रान्ड एम्बेसडर मेसी

Share:
  

चर्चित स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दै आएका अर्जेन्टिनी फुटबलर लियोनेल मेसीलाई आईसीटी तथा टेलिकम्युनिकेसन कम्पनी हुवावे ले ग्लोबल ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। मेसीलाई स्पेनमा आयोजित एक कार्यक्रममा ब्रान्ड एम्बेसडर घोषणा गरिएको हुवावे टेक्नोलोजिज, नेपालका मार्केटिङ म्यानेजर सुमित प्रधानाङ्गले बताए। चीनको ग्लोबल ब्रान्ड हुवावे ले यूरोप, एशिया र ल्याटिन अमेरिकी देशहरूमा ब्रान्ड स्थापित गर्नमा मेसीको महत्वपूर्ण भूमिका हुने अपेक्षा गरेको छ।

शून्य प्रतिशत ब्याजमा सुजुकी

भिजी अटोमोबाइल्स प्रालिले सुजुकी ब्रान्डका स्कूटरहरुको बिक्री प्रवर्द्धनमा शून्य प्रतिशत ब्याजको बिक्री योजना प्रस्तुत गरेको छ। 'सुजुकी लेट्स स्कूटर' र 'लेट्स ड्युल टोन स्कूटर' का लागि यस योजना अन्तर्गत २९.९९ प्रतिशत रकम भुक्तानी गरेपछि शुरुमै स्कूटर पाइन्छ भने बाँकी रकम मासिक रु.५ हजार १५ का दरले २४ महीनासम्म तिरे हुन्छ। कम्पनीका महाप्रबन्धक अधिरकुमार श्रेष्ठको भनाइमा ग्राहकको वित्तीय सहजताका लागि प्रस्तुत यो योजना नेपाली अटोमोबाइल बजारकै लागि नौलो हो।

जियोनी को इलाइफ एस–६

जियोनीले आफ्नो इलाइफ एस सिरिजको सबैभन्दा नयाँ मोडल एस–६ बजारमा ल्याएको छ। नेपालमा अत्यधिक रुचाइएको एस–७ पश्चात् यो नयाँ मोडल ल्याइएको कम्पनीले जनाएको छ। पूर्ण मेटालिक डिजाइनको एस–६ चम्किलो मेटल फ्रेमयुक्त ६.९ मिलिमिटर पातलो छ। एन्ड्रोइड ५.१ मा आधारित अमिगो ३.१ अपरेटिङ सिस्टम रहेको डुअल सीमयुक्त यो फोन सेट ३१५० एमएएच ब्याट्रीसहित कालो, सिल्भर र रोज गोल्ड रंगमा उपलब्ध छ। यसको मूल्य रु.२९ हजार ९९९ छ।


ग्लोबल आईएमई ब्यांक र ट्रान्सफास्ट वर्ल्डवाइड मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ। ७ चैतमा सम्पन्न सम्झौतामा ब्यांकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र मनी ट्रान्सफरका निर्देशक समिर भिदहाटेले हस्ताक्षर गरेका हुन्। विश्वका १२० देशमा रहेका नेपालीले ट्रान्सफास्टका एजेन्टहरूमार्फत ग्लोबल आईएमई ब्यांकमा पैसा पठाउन सक्नेछन्। यसरी पठाइएको पैसा देशको कुनै पनि ठाउँको ग्लोबल आईएमई ब्यांकको शाखाबाट निकाल्न सकिन्छ।

सिटीजन्स ब्यांक इन्टरनेसनल लिमिटेडको हकप्रद शेयरलाई आईसीआरए नेपाल लिमिटेडले 'आईपीओ ग्रेड–३' रेटिङ गरेको छ। ब्यांकको नवौं वार्षिक साधारणसभाले शेयरधनीलाई ५५ प्रतिशत हकप्रद शेयर दिने निर्णय गरेको थियो। आगामी वैशाख महीना भित्रै हदप्रद शेयर दिइने ब्यांकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एनएमबी ब्यांकले बनेपास्थित बौद्ध वृद्धाश्रमका वृद्धवृद्धालाई ब्ल्यांकेट र फलफूल प्रदान गरेको छ। ब्यांकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा सहयोग गरेको हो। एनएमबीका कुल ६९ शाखा, ४६ एटीएम र ७ एक्सटेन्सन काउन्टर छन् ।

comments powered by Disqus

रमझम