२८ चैत २०७२ - ४ वैशाख २०७३ | 10-16 April 2016

सुजुकी को 'ह्याप्पी न्यू कार'

Share:
  

सुजुकी मोटरको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले नयाँ वर्षको अवसरमा 'ह्याप्पी न्यू कार' योजना ल्याएको छ। जस अन्तर्गत सुजुकी का गाडी खरीदमा रु.३ लाखसम्म नगद बचत गर्न सक्ने अवसर दिइनेछ। ०.५ प्रतिशत ब्याजदरको कर्जा सुविधासहितको यो योजना अन्तर्गत गाडी खरीदमा लाग्ने पहिलो वर्षको सडक दस्तुर र नामसारी शुल्कसमेत कम्पनीले नै तिर्नेछ। यो योजना सुजुकी का २०१६ मोडलका एसक्रश, सियाज, डिजायर, सेलेनो, वागन आर, अल्टो के १०, अल्टो, स्वीफ्टलगायतका गाडीमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

हिरो को ड्युएट स्कूटर

हिरो मोटोकर्पको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ड्युएट स्कूटर भित्र्याएको छ। १११ सीसीको मेटल बडीको ड्युएटमा बाहिरैबाट तेल हाल्न मिल्ने, सीटभित्र मोबाइल चार्जिङ पोर्ट, बुट लाइट, सर्भिसिङ इण्डिकेटर, इण्टिग्रेटेड ब्रेकिङ सिस्टमलगायतका सुविधा राखिएका छन्। रेड, सिल्भर ह्वाइट, ग्रे, ग्रीन, ब्ल्याक र भर्नियर ग्रे गरी ६ रङमा उपलब्ध यो स्कूटरको मूल्य रु.१ लाख ७१ हजार ५०० तोकिएको छ। पाँच वर्षको वारेन्टी, ९ पटकसम्म निःशुल्क मर्मतको सुविधा रहेको स्कूटर खरीदमा सुविधायुक्त वित्तीय सेवा समेत उपलब्ध छ।

जगदम्बा को 'होम इन्सुरेन्स'

जगदम्बा सिमेन्टले 'जगदम्बा सिमेन्ट होम इन्सुरेन्स' योजना ल्याएको छ। योजना अन्तर्गत जगदम्बा सिमेन्टको खरीदमा रु.१ करोड ५० लाखसम्मको घरका लागि बीमा सुविधा उपलब्ध गराइएको छ। 'मजबूती र बीमा, सुरक्षा दुई गुणा' नारा रहेको यो योजना प्राकृतिक बिपत्तिलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ।

लक्ष्मी लाई 'एक्सिलेन्ट अवार्ड'

हुण्डाई गाडीको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'एक्सिलेन्ट सेल्स अवार्ड–२०१५' प्राप्त गरेको छ। न्यूजिल्यान्डको अकल्याण्डमा आयोजित एशिया प्यासिफिक हुण्डाई डिलर कन्भेन्सनमा लक्ष्मी लाई यो अवार्ड प्रदान गरिएको थियो। विश्वका पाँच ठूला गाडी निर्मातामध्ये एक हुण्डाई ले सन् २०१५ मा ४९ लाख ६४ हजार ८३७ वटा गाडी बिक्री गरेको थियो।

अर्घाखाँची को निर्माण तालीम

अर्घाखाँची ओपीसी सिमेन्टले भक्तपुरका २०० निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालीम दिएको छ। तालीमसँगै सहभागीहरुलाई सिमेन्ट उत्पादन विधि र गुणस्तरीयता तथा ठूला आयोजनामा अर्घाखाँची सिमेन्टको प्रयोगबारे जानकारी दिइएको थियो।

माइक्रोम्याक्स को क्यू–४१३

भारतीय ब्रान्ड माइक्रोम्याक्स ले क्यू–४१३ (एक्सप्रेस फोर–जी) स्मार्टफोन बजारमा ल्याएको छ। एक गिगाहर्ज अक्टाकोर प्रोसेसरसहितको यो फोनसेटमा ८ मेगापिक्सेलको क्यामेरा जडित छ। २००० एमएएचको ब्याट्रीसहितको फोनमा २ जीबीको डीडीआर–३ र्‍याम, ३२ जीबी रोम र १६ जीबीको मेमोरी कार्ड सुविधा रहेको छ। रु.१३ हजार ३४३ मूल्यको क्यू–४१३ को खरीदमा स्त्रि्कन ग्लास उपहार राखिएको छ।

जापान घुमाउँदै आईएमई

रेमिट्यान्स सेवा प्रदायक आईएमई ले 'लक्की ड्र' मार्फत छानिएका १२ जना ग्राहकलाई जापान घुमाउने भएको छ। योजनाअन्तर्गत जापानबाट आईएमई गर्ने ग्राहकले साप्ताहिक 'लक्की ड्र' मा सहभागी भई हरेक हप्ता नेपाल–जापानका लागि दोहोरो टिकट जित्न सक्नेछन्। टिकट १ अप्रिलदेखि ३० जून २०१६ सम्मका लागि मान्य हुनेछ। क्योदाई रेमिट्यान्स जापानसँगको सहकार्यमा नयाँ वर्ष–२०७३ को अवसरमा ल्याइएको योजना तीन महीनासम्म चल्नेछ।

डिजिटल सिग्नेचरमा स्ट्यान्डर्ड चार्टर्ड

स्ट्यान्डर्ड चार्टर्ड ब्यांक र नेपाल सर्टिफाइङ्ग कम्पनीबीच २३ चैतमा डिजिटल सिग्नेचर तथा सर्टिफिकेट प्रदान गर्ने सम्झौता भएको छ। यससँगै स्ट्यान्डर्ड चार्टर्ड डिजिटल सिग्नेचर प्रयोग गर्ने नेपालकै पहिलो वाणिज्य ब्यांक बनेको छ। डिजिटल सिग्नेचर तथा सर्टिफिकेटको प्रयोगले ब्यांकको कागजात विद्युतीय प्रणालीमा जाने र जोखिम घट्ने ब्यांकले जनाएको छ।

मर्चेन्ट ब्यांकर, सिभिल

सिभिल ब्यांकले मर्चेन्ट ब्यांकिङ सम्बन्धी सेवाका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडको ५१ प्रतिशत शेयर खरीद गरेको छ। यससँगै ब्यांकले २४ वटा शाखा कार्यालयबाट धितोपत्र निक्षेप सेवा प्रदान गर्ने भएको छ। ती शाखाहरूमा हितग्राही खाता (डि–म्याट अकाउण्ट) खोल्ने, धितोपत्र अभौतिकरण गर्ने सेवा उपलब्ध हुने ब्यांकले जनाएको छ।

comments powered by Disqus

रमझम