१९-२५ वैशाख २०७३ | 1-7 May 2016

पशुपति पेन्ट्स को पुरस्कार

Share:
  

रङ संयोजनको ज्ञान वृद्धि गराउन पशुपति पेन्ट्स द्वारा सञ्चालित 'कलर योर ड्रिम्स्' प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिएको छ। दुई महीनासम्म सञ्चालित चित्रमा रङ भर्ने प्रतियोगिताका विजेताहरु– निरुपा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, दीपक गौतम, जितेन्द्र लामा र भरत राजले पुरस्कारबापत जनही रु.५० हजार प्राप्त गरेका छन्।

कलर्स को 'ई–१५'

कलर्स को आधिकारिक बिक्रेता टेलिटक प्रालिले इलिट सिरिजको 'ई–१५' मोबाइल सेट बजारमा ल्याएको छ। ५००० एमएएच क्षमताको ब्याट्री र पावर ब्यांक प्रणालीसहितको यो मोबाइल सेट पावर सेभिङ मोडमा १४५० घण्टा चल्ने कम्पनीको दाबी छ। एन्ड्रोइड ललिपप ५.१ संचालन प्रणालीसहित ५ इन्चको एचडी आईपीएस स्त्रि्कन र ड्र्यागन ट्रेल सिसा जडित 'ई–१५' को मूल्य रु.१३ हजार ९९५ छ। यसैबीच कलर्स ले के–३ ब्रान्डको मोबाइलमा रु.२५ सय छूट दिंदै रु.१७ हजार ४९५ मूल्य कायम गरेको छ।

अश्मीलाई 'यामाहा फासिनो'

यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स (एमएडब्लु) ले मिस नेपाल अश्मी श्रेष्ठलाई 'यामाहा फासिनो' स्कूटर प्रदान गरेको छ। फेसबुक र शोरुम भोटिङमार्फत १९ जना प्रतियोगी मध्येबाट 'यामाहा फेस अफ फासिनो' चयन अश्मीलाई १५ वैशाखमा एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु अग्रवालले स्कूटर प्रदान गरेका हुन्। प्रतियोगितामा सहभागी मतदातामध्येबाट लक्की ड्रमा विजयी त्रिविक्रम पाण्डेले पनि 'यामाहा फासिनो' प्राप्त गरेका छन्।

जावलाखेलमा 'सोनी सेन्टर'

सोनी ब्रान्डको आधिकारिक बिक्रेता नेपा हिमा टे्रड लिंकले ललितपुरको जावलाखेलमा 'सोनी सेन्टर' शुरु गरेको छ। सोनी का क्षेत्रीय बजार विकास केन्द्र, सिंगापुरका अध्यक्ष मासाकी म्याट्सुमेले सेन्टरको उद्घाटन गरेका हुन्। शोरुममा नेपाली बजारमा उपलब्ध सोनी का सबै उत्पादन पाइने कम्पनीले जनाएको छ।

महिन्द्राको 'टीयूभी–३००'

महिन्द्रा गाडीको आधिकारिक बित्रे्कता अग्नि इन्कर्पाेरेटेडले 'टीयूभी–३००' नामक गाडी बजारमा ल्याएको छ। 'ब्याटल ट्यांक' को डिजाइनबाट प्रेरित यो गाडी 'टफ', 'बोल्ड' र 'स्टाइलिस' भएको कम्पनीले जनाएको छ। टीयूभी–३०० का तीन थरी गाडीहरु– टी–४ को रु.३५ लाख ९५ हजार, टी–६ प्लसको रु.३८ लाख ९५ हजार र टी–८ को बजार मूल्य रु.४४ लाख ९५ हजार तोकिएको छ।

अप्रिलिआ को नयाँ वर्ष उपहार

यूरोपको चर्चित रेसिङ्ग बाइक कम्पनी अप्रिलिआ को आधिकारिक बिक्रेता जे एण्ड जे इन्टरनेशनलले 'नयाँ वर्ष नयाँ सोच' उपहार योजना ल्याएको छ। योजनाअन्तर्गत मोटरसाइकल खरीद गर्दा कुपनमार्फत रु.१० हजारदेखि रु.२० हजारसम्म नगद छूट पाउने छन्। उपहार योजना १५० सीसीका एसटीएक्स रोड र इटीएक्स इन्ड्युरो बाइकमा मात्र लागू रहने कम्पनीले जनाएको छ।

यासुदा उल्लासमय नयाँ वर्ष

त्रिवेणी व्यापार कम्पनीले 'यासुदा उल्लासमय नयाँ वर्ष २०७३' योजना ल्याएको छ। योजना अन्तर्गत यासुदा डबल डोर रेफ्रिजेरेटर र २१५ लीटर रेफ्रिजेरेटरको खरीदमा ह्यान्डी कन्टेनर सेट पाइनेछ भने बँाकी मोडलका रेफ्रिजेरेटर खरीदमा रेफ्रिजेरेटरका किट पाइनेछ। त्यसैगरी यासुदा एलईडी टीभीको खरीदमा नगद छूट र वासिङ्ग मशीनको खरीदमा यसुदा ड्राई आइरन उपहार पाइने कम्पनीले जनाएको छ।


ग्लोबल आईएमई ब्यांकले भारतको नयाँदिल्लीमा सम्पर्क कार्यालय खोलेको छ। ८ वैशाखमा नेपाल राष्ट्र ब्यांकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र भारतीय रिजर्भ ब्यांकका महाप्रबन्धक के.बी. पण्डितले कार्यालयको उद्घाटन गरेका हुन्। ब्यांकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्पर्क कार्यालयमार्फत भारत र नेपालका बीचमा आयात–निर्यात व्यापार, विप्रेषण तथा वैदेशिक लगानी प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

सिटिजन्स ब्यांक इन्टरनेश्ानल लिमिटेडले स्थापनाको १० वर्ष प्रवेशको अवसरमा सिन्धुलीस्थित शीतलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई रु.१ लाख र स्थानीय 'बाल विकास समाज' लाई रु.७५ हजार प्रदान गरेको छ। त्यस्तै माथिल्लो डोल्पाका पिछडिएका बालबालिकाको शिक्षामा काम गर्दै आएको 'स्नो याक फाउण्डेसन' लाई रु.१ लाख, एचआईभी संक्रमित बालबालिकाका क्षेत्रमा कार्यरत साथ/बेवी लाइफ होमलाई रु.५० हजार सहयोग गरेको छ।

नबिल ब्यांकले स्मार्ट ब्यांक र शेयर खाता आरम्भ गरेको छ। सुधारिएको मोबाइल ब्यांकिङ सेवा अन्तर्गतको स्मार्ट ब्यांकमा सम्पूर्ण ब्यांकिङ सेवाहरुलाई एउटै एप्लिकेसनमा समावेश गरिएको छ, र एसएमएस र इन्टरनेटमार्फत ई–सेवा सञ्जालमा रहेका ब्यांक तथा वित्तीय संस्थाहरूका खाताहरूबाट रकम ट्रान्सफरकोे जानकारी दिने सुविधा राखिएको छ। यस्तै ब्यांकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको शेयरमा लगानीका लागि सेवा र सुविधा दिने गरिको शेयर खाता पनि सञ्चालनमा ल्याएको छ।

comments powered by Disqus

रमझम