९ -१५ जेठ २०७३ | 22-28 May 2016

हुन्डाई को टिकट टु युरो कप

Share:
  

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'हेल्लो हुन्डाई अनर्स' कार्यक्रम अन्तर्गत 'टिकट टु युरो कप २०१६' घोषणा गरेको छ। यसका लागि www.laxmihyundai.com/euro2016 मा दर्ता भए का हुन्डाई प्रयोगकर्ता मात्र सहभागी हुन पाउनेछन्। सहभागीमध्येबाट लक्की ड्रबाट छानिएका दुई 'भाग्यशाली' ले युरो कपको फाइनल खेल प्रत्यक्ष हेर्न पाउने छन्। यो कार्यक्रम ३–१८ जेठसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

हुवावे को जीआर–३

स्मार्टफोनमा विश्व चर्चित ब्रान्ड हुवावे ले जीआर–३ स्मार्टफोन सार्वजनिक गरेको छ। यो टाइटेनियम ग्रे, सिल्भर र स्याम्पियन गोल्डेन रंगमा उपलब्ध छन्। युवालक्षित जीआर–३ मा ८–कोर ६४ बिटको सीपीयु छ। यो एन्ड्रोइड फोनमा २ जीबी र्‍याम र १६ जीबी रोम सुविधा रहेको कम्पनीले जनाएको छ। पातलो र हलुका यो फोनमा पछाडि १३ मेगापिक्सेल र अगाडि ५ मेगापिक्सेलको क्यामेरा जडित छ। यो स्मार्टफोनको मूल्य रु.२१ हजार ९९९ तोकिएको छ।

कलर्स को पी–८०

कलर्स मोबाइलले एक्स फ्याक्टर प्राइड सिरिज अन्तर्गतको सबैभन्दा ठूलो पी–८० स्मार्टफोन बजारमा ल्याएको छ। यो फोनमा ५ इन्चको एचडी आईपीएस स्त्रि्कन १२८० गुणा ७२० पिक्सेलमा उपलब्ध छ। यसमा ३२०० एमएएचको ब्याट्री, १ जीबी र्‍याम प्लस र ३२ जीबीसम्म बढाउन सकिने १६ जीबीको रोम, १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर, अगाडि ८ र पछाडि ५ मेगापिक्सेल क्षमताको क्यामेरा छ। एन्ड्रोइड ललिपप ५.१ संचालन प्रणाली र दुई वटा सीम चल्ने यो फोनको मूल्य रु.९ हजार ९९५ छ।

लेनोभो को क्यास काउण्ट

लेनोभो स्मार्ट फोनको आधिकारिक बिक्रेता लाइफकम प्रालिले 'क्यास काउण्ट' योजना ल्याएको छ। योजना अन्तर्गत लेनोभो को स्मार्ट फोन खरीद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत रु.५०० देखि रू.१ लाखसम्म उपहार पाउनेछन्। यो योजना ३१ असार (स्टक रहुञ्जेल) सम्म लागू हुनेछ।

सामसङ नेपालगञ्जमा

सामसङ को आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सले ४ जेठदेखि नेपालगञ्जमा सामसङ डिजिटल प्लाजा सञ्चालनमा ल्याएको छ। प्लाजामा सामसङ का सबै उत्पादन उपलब्ध हुने कम्पनीले जनाएको छ।

अशोक लेलैण्ड को कारोबार शुरु

आईएमई समूहले ४ जेठदेखि अशोक लेलैण्ड को कारोबार शुरु गरेको छ। समूह अन्तर्गतको एलटी इन्टरप्राइजेजले गोंगबुमा अशोक लेलैण्ड को सर्भिस सेन्टरको उद्घाटनपछि औपचारिक रुपमा कारोबार थालेको जनाएको छ। एलटी इन्टरप्राइजेजले अशोक लेलैण्ड का गाडी बिक्रीका साथै मर्मत र स्पेयर्स पार्टस्को सुविधा पनि दिंदै आएको छ।

युथसेभ को बचत अभियान

४ जेठमा युथसेभ कन्सोर्टियमले सार्वजनिक गरेको तथ्यांक अनुसार, युथसेभ अभियानमा सहभागी ६२.१ प्रतिशत युवा शिक्षाका लागि बचत गर्छन्। युथसेभ कन्सोर्टियमद्वारा 'द मास्टर कार्ड फाउन्डेसन' सँगको साझ्ोदारी तथा सेभ द चिल्ड्रेनको नेतृत्वमा वासिङटन युनिभर्सिटीको सेन्टर फर सोसल डेभेलपमेन्ट, न्यू अमेरिका फाउण्डेशन र सीजीएपीको संयुक्त पहलमा युथसेभ अभियान शुरु भएको हो। यो कार्यक्रम कोलम्बिया, घाना, केन्या र नेपालमा सञ्चालन गरिएको छ।

सेभ द चिल्ड्रेनद्वारा ५ जेठमा जारी विज्ञप्तिमा बचत गर्नेमा ५८.७ प्रतिशत युवा पुरुष र ४१.३ प्रतिशत युवा महिला छन्। बचतकर्ताको औसत उमेर १६ वर्ष थियो भने उनीहरुमध्ये ९४.३ प्रतिशत विद्यालयमा भर्ना भएका थिए। युथसेभ कन्सोर्टियमका निर्देशक रानी देशपाण्डेले आर्थिक, सामाजिक प्रगतिका लागि समावेशी वित्तीय प्रणालीको प्रमुख अंग भएको बताइन्।

  1. ब्याऒ्ढिङ/वित्त/बीमा

कतार एअरवेजको यात्रामा स्टान्डर्ड चार्र्टर्ड ब्यांकका 'प्रायोरिटी ब्यांकिङ कार्ड होल्डर' ग्राहकले पाइरहेको छूट निरन्तर हुने भएको छ। हालै नवीकृत सम्झ्ाौता अनुसार ब्यांकका ग्राहकले इकोनोमी क्लासमा यात्रा गर्दा ७ प्रतिशत र बिजनेस क्लासमा यात्रा गर्दा १० प्रतिशत छूट पाउने ब्यांकले जनाएको छ। ब्यांकको विज्ञप्ति अनुसार, एअरवेजका काठमाडौंबाट उडान हुने विश्वका १५१ देशमा यो छूट पाइनेछ।

सेन्चुरी कमर्सियल ब्यांकले निष्काशन गर्ने ३० प्रतिशत हकप्रद शेयरको लागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ। नेपाल धितोपत्र बोर्ड तथा नियमन निकायबाट स्वीकृति पाएमा असार, २०७३ भित्रमा नै हकप्रद शेयरको आवेदन खोल्ने ब्यांकको तयारी छ। यसैबीच आर्थिक वर्ष २०७२/७३ को चैत मसान्तसम्म ब्यांकले रु.२६ अर्ब १ करोड निक्षेप र रु.२२ अर्ब ८३ करोड कर्जा परिचालन गरी रु.३४ करोड ५० लाख सञ्चालन मुनाफा तथा रु.२३ करोड २४ लाख खुद मुनाफा गरेको छ।

comments powered by Disqus

रमझम