२५ चैत्र २०६९ | 7 April 2013

सीजी एयर कुलर

Share:
  

चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले विभिन्न मोडलका एयर कुलर बिक्री शुरू गरेको छ। सीजी–ए ००४, सीजी–ए ००१ र सीजी–००३ मोडलका एयरकुलरहरू गर्मी मौसमको सुरुआतसँगै बजारमा ल्याएको कम्पनीले जनाएको छ। ६ वटा बलियो ब्लेड, तीन वटा स्पि्रङ कन्ट्रोलर र पावरफुल मोटर जडान गरिएका यी कुलरहरू एक वर्षको वारेन्टीसहित देशभरका सीजी शोरुममा राखिएको जनाइएको छ।

महिन्द्रा एक्सयुभी ५००

महिन्द्राले नेपाली बजारमा नयाँ गाडी (कार) एक्सयुभी–५०० को बिक्री शुरू गरेको छ। १४० वीएचपी इन्जिन र ६ स्पिट ट्रान्समिसन युक्त यो गाडीको मूल्य रु.५३ लाख रहेको छ। इन्च टच स्त्रि्कन इन्फोटेन्मेन्ट युक्त गाडीमा डीभीडी, सीडी, एमपीथ्री, एफएम, युएसबी, आईपड कनेक्टिभिटी, ड्राइभर इन्फरमेसन सिष्टम, माइक्रो हाइब्रिड टेक्नोलोजी लगायतका सुविधा छन्। इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम अन्तर्गत गाडी सुरक्षाका दृष्टिले पनि उपयुक्त रहेको कम्पनीको दाबी छ।

कलर्स को स्मार्ट फोन

कलर्स मोबाइलको अधिकृत बिक्रेता लकी ग्रुप अन्तर्गतको टेलिटक प्रालिले नयाँ स्मार्ट फोन एक्स फ्याक्टर बोल्ड टु तथा एक्स फ्याक्टर ट्याब्लेटहरू सार्वजनिक गरेको छ। मिडियाटेक क्वाड कोर प्रोसेसरबाट सञ्चालित सो स्मार्ट फोन ५.३ इन्च क्युएचडी आईपीएस डिस्प्ले तथा एन्ड्रोइड ४.१ अपरेटिङ सिस्टम र ३००० एचएएचको ठूलो ब्याट्रीयुक्त रहेको जनाइएको छ।

डिसहोम मा ११ को ट्युसन

डिसहोम द्वारा सञ्चालित डीएमएन एजुकेसन च्यानलले कक्षा ११ का विद्यार्थीको परीक्षाको पूर्व तयारीका लागि ट्युसन सञ्चालन गर्ने भएको छ। यसका लागि शिक्षक नियुक्तिको तयारी गरिरहेको कम्पनीले यसअघि एसएलसीका विद्यार्थीका लागि टेलिट्युसन कक्षा चलाएको थियो। दुर शिक्षा प्रविधिमा आधारित यस्ता कक्षाहरू ग्रामीण भेगका विद्यार्थीका लागि भएको कम्पनीले जनाएको छ। ११ कक्षाको अंग्रेजी, गणित र लेखा विषयको तयारी कक्षाका साथै शिक्षक सेवा आयोगले लिन लागेको शिक्षक पदपूर्ति परीक्षाका लागि समेत छुट्टै कक्षा सञ्चालन गर्न लागेको जनाइएको हो।

नोबलमा 'ई–लर्निङ'

नोबेल एकेडेमीले नयाँ प्रविधिमा आधारित 'ई–लर्निङ' क्लास शुरू गरेको छ। १ देखि ५ कक्षाका विद्यार्थीलाई आगामी शैक्षिक सत्रदेखि यो प्रविधि अनुसार पढाउन छुट्टै भौतिक पूर्वाधारको विकास गरेको संस्थाका प्राचार्य चिरञ्जीवी नेपालले बताए। हाल यो प्रविधि अनुसार गणित र विज्ञान विषय पढाउने र विस्तारै थप विषय तथा ६ भन्दा माथिका कक्षामा पनि शुरू गर्ने जनाइएको छ। 'ई–लर्निङ' अन्तर्गत विद्यार्थीले वर्ल्ड प्याड नामक डिभाइस (ट्याब्लेट) मार्फत आफ्ना शैक्षिक सामग्री फेला पार्न र पढ्न सक्नेछन्। अमेरिकाको पिक्साटेल कम्पनीबाट निर्मित ट्याब्लेटबाट विद्यार्थीले कक्षामा पढाइएका विषय घरमा गएर हुबहु अध्ययन गर्न सक्छन्।

होण्डा को नयाँ जनेरेटर

स्याकार ट्रेडिङ कम्पनीले होण्डा को दुई नयाँ मोडलका जेनेरेटर नेपाली बजारमा बिक्री शुरू गरेको छ। एजी १००० र एपी १००० मोडलका जेनेरेटरमा कम इन्धन खपत तथा बढी लोड लिने क्षमता लगायतका विशेषता छन्। क्रमशः रु.४४ हजार ५०० र रु.५२ हजार ८०० मूल्यका यी जेनेरेटर फोर स्ट्रोक इन्जिन तथा कम तौलका छन्। प्रति घण्टा ०.५४ लिटर इन्धनले चल्ने तथा वातावरण प्रदूषण कम गर्ने यी दुवै जेनेरेटर १०/१२ घण्टाको लोडसेडिङका लागि उपयोगी रहेको दाबी कम्पनीको छ।

कतारका दुई थप उडान

कतार एयरवेजले आउँदो बर्खायामबाट दक्षिणी इराकको बार्सा र उत्तरको सुलेमानियामा उडान शुरू गर्ने जनाएको छ। पहिलो गन्तव्यमा ३ जून र दोस्रोमा २० अगष्टदेखि उडान शुरू हुनेछन्। दुवै गन्तव्यमा दोहाबाट साताको चार उडान गर्न लागेको कम्पनीले जनाएको छ।

हिमालयन ब्याङ्कको प्रिन्सिपल एजेन्टको रूपमा कार्यरत कन्टिनेन्टल फाइनान्सियल सर्भिसेज (सीएफएस)ले एनएमबी ब्याङ्कसँग हिमाल रेमिट सञ्चालन सम्झौता सम्पन्न गरेको छ। जस अनुसार अब एनएमबी ब्याङ्कका २० वटै शाखाबाट हिमाल रेमिटको भुक्तानी लिन सकिन्छ। सीएफएस सञ्जालसहित हिमाल रेमिटका देशभर तीन हजारभन्दा बढी भुक्तानी काउन्टर छन्।

comments powered by Disqus

रमझम