९ -१५ साउन २०७३ | 24-30 July 2016

वृज सिमेन्ट खरीदमा उपहार

Share:
  

वृज सिमेन्ट उद्योगले 'अरुको सय चोटि, वृज सुपर प्रिमियम (ओपीसी) सिमेन्टको एकै चोटि' नामक ग्राहक योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले वृज सिमेन्ट इन्डष्ट्रिज प्रा.लि.का कुनै पनि उत्पादनको २५ बोराको खरीदमा एउटा स्क्र्याच कुपन प्राप्त गर्छन्।

कुपन स्क्र्याच गरेर होण्डा साइन बाइक, सामसङ ब्रान्डको फ्रिज, मोबाइल, भ्याकुम क्लिनर, डिसहोम, पंखा, स्टिम आइरन र नगद उपहार प्राप्त गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 'स्क्र्याच गरी जितौं थुप्रै स्योर सट उपहार, होण्डा साइन बाइक चढी बनाऔं आफ्नो सपना साकार' नारा दिइएको यो उपहार योजना निश्चित समयका लागि नेपालभर लागू गरिएको कम्पनीले जनाएको छ। केडिया अर्गनाइजेशन अन्तर्गतको वृज सिमेन्ट उद्योग भारतको शान्ता सिमेन्ट प्रालिसँगको सहकार्यमा भैरहवामा पीपीस र ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

हुन्डाई का विजेता पुरस्कृत

हुन्डाई गाडीको आधिकारिक वित्रे्कता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिद्वारा युरोकप २०१६ को अवसरमा आयोजित युरोकप भविष्यवाणीका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ। प्रतियोगिताका ग्य्रान्ड विजेताहरू प्रथम स्थान हासिल गरेका शोयोग राणाले ४० इन्च सामसङ एलईडी टिभी, दोस्रो स्थानका महेश रेग्मीले ३२ इन्च सामसङ एलईडी टिभी र तेस्रो स्थानका अभि गुप्ताले सामसङ जे–५ मोबाइल फोन प्राप्त गरेका छन्।

साथै सर्वाधिक गोलकर्ताको भविष्यवाणी गर्ने अशोक सापकोटा, उत्कृष्ट खेलाडी भविष्यवाणी गर्ने अनिशा बटाजु र युरोकप २०१६ को विजेता भविष्यवाणी गर्ने आशिश मानन्धरले सामसङ जे–७ मोबाइल फोन प्राप्त गरेका छन्। लक्ष्मी हुन्डाईको वेबसाइटमार्फत २४ जेठ– २६ असारसम्म २५ हजारले प्रतियोगितामा सहभागिता जनाएका थिए। पुरस्कार वितरण कार्यक्रममा हेल्लो हुन्डाई ओनर्स कार्यक्रममा विजयी भएर युरोकप २०१६ को फाइनल हेरी फर्केका अमित श्रेष्ठ र राजेन्द्र गुरुङले फ्रान्स भ्रमणको अनुभव सुनाएका थिए।

स्प्राइट को '५० प्रतिशत फ्रि' अफर

कोका–कोला नेपालले ५०० एमएल प्याकमा ५० प्रतिशत अतिरिक्त योजना ल्याएको छ। कागतीको स्वाद भएको स्प्राइट ७५० एमएलको प्याक ५०० एमएलकै मूल्यमा उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। कोका–कोला नेपालका अनुसार यो योजना स्टक रहेसम्म लागू हुनेछ।

ग्रान्डी अस्पतालमा मिर्गौला प्रत्यारोपण

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण शल्यक्रिया शुरु भएको छ। काठमाडौं, गोकर्णेश्वर नगरपालिकाका रविन लामाको मिर्गाैला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। काठमाडौं धापासीमा रहेको ग्रान्डीमा असार अन्तिम साता प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा मिर्गाैला प्रत्यारोपण गरिएको हो। नेफ्रोलोजी टीमको नेतृत्व प्रा. डा. दिव्यासिंह शाहले र एनेस्थेसिया टीमको नेतृत्व डा. मुरारिराज उप्रेतीले गरेका थिए। अत्याधुनिक अप्रेशन थिएटर, विश्वस्तरका उपकरण, संक्रमण नियन्त्रण कार्यक्रम, शल्यक्रियापछिको विशिष्ट नर्सिङ सेवा र भिन्नै प्रत्यारोपण वार्डको उपलब्धताले बिरामीलाई छिटो निको हुन मद्दत पुग्ने अस्पतालको दाबी छ।

अर्घाखाँची सिमेन्टद्वारा तालीम

अर्घाखाँची ओपीसी सिमेन्टले सशस्त्र प्रहरी बलका प्राविधिकहरूलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालीम प्रदान गरेको छ। सशस्त्र प्रहरी बल हलचोकस्थित प्रधान कार्यालयमा देशभरि कार्यरत सशस्त्र प्रहरी प्राविधिकहरूलाई तालीम प्रदान गरिएको हो। तालीममा सहभागीहरूलाई कम्पनीका सिनियर म्यानेजर रमेश थापाले प्रमाणपत्र प्रदान गरेका थिए।


प्रभु ब्याङ्क लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूलाई 'इन्स्टा–पे' र 'रिवार्डपोइन्टस्' योजना ल्याएको छ। 'इन्स्टा–पे' योजना अन्तर्गत ग्राहकहरूले आफ्नो क्रेडिट कार्डको माध्यमबाट विदेश भ्रमणको बील, कलेज तथा स्कूलको शुल्क, अस्पतालको विल भुक्तानी गर्न, गरगहना, इलेक्ट्रोनिक, मोटर बाइकलगायतका सामान खरीद गर्न र १८ महीनासम्मको मासिक किस्तामा ब्याङ्कलाई भुक्तानी दिन सक्नेछन्। यो योजनामा सहभागी ग्राहकले ब्याज तिर्नुपर्दैन तर तोकिएको सेवा शुल्क भने तिर्नुपर्नेछ। 'रिवार्डपोइन्टस्' अन्तर्गत ग्राहकहरूले आफ्नो क्रेडिट कार्डको माध्यमबाट सामान खरीद गरेमा प्रत्येक २०० रुपैयाँ बराबर एक प्वाइन्ट कायम हुनेछ। यसरी कायम भएको प्वाइण्ट सञ्चित हुँदै गएर ५०० प्वाइण्ट पुगेपछि ब्याङ्कले सम्बन्धित ग्राहकको खातामा रु.५०० नगद जम्मा गरिदिनेछ।

नेपाल इन्भेष्टमेन्ट ब्याङ्क लिमिटेडले 'सुरक्षा बचत खाता' का ग्राहक जशोदादेवी कानु बानियाँको मृत्युपछि उनका वारिस गणेश कानु बानियाँलाई रु.१ लाख हस्तान्तरण गरेको छ। बानियाँलाई ब्याङ्कका क्षेत्रीय प्रबन्धक रामराज उपाध्यायले जीवन बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेका हुन्। ब्याङ्कले नेपाल लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा 'सुरक्षा बचत खाता' खोलेका १८–६० वर्ष उमेरका ग्राहकहरूलाई रु.१ लाखको जीवन बीमा वा रु.२ लाखको दुर्घटना मृत्यु बीमा सुविधा उपलब्ध गराएको छ।

नबिल ब्याङ्कले आफ्नो ३२औं वार्षिकोत्सव मानसिक र शारीरिक रुपले अपाङ्गता भएका बालबालिका तथा वृद्ध–वृद्धासँग मनाएको छ। द्वन्द्वपीडित तथा अपांग समाज नेपालमा आश्रित ३१ बालबालिका र ७ वृद्धलाई हि्वल चेयर, वाटर डिस्पेन्सर, तन्ना, खेलकुदका सामग्री आदि उपलब्ध गराएको हो।

comments powered by Disqus

रमझम