१-१५ भदौ २०६९ | 17-31 August 2012

भारतले चाह्यो भने

Share:
  

भारतले चाह्यो भने जस्तोसुकै अवस्थामा पनि नेपालको राजनीतिक व्यवस्थामा उथलपुथल आउने कुरा हल्ला रहेनछ।
–विनय गुरागार्इं

होशियार देश बेच्न सक्छन्
हिमाल (१६–३२ साउन) पढेपछि अब सारा नेपालीले गम्भीर भएर सोच्नुपर्ने भएको छ कि पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरूले देशलाई कहाँ पुर्‍याउलान्! स्वार्थको लागि यिनीहरूले बन्धकी राख्न मात्रै हैन बिक्री पनि गर्न पछिपर्दैनन्। यिनीहरूबाट नेपाली जनता होशियार रहनुपर्छ।
प्रशान्त उपाध्याय
हिमालखबर डटकमबाट

माओवादी भनेकै धोकेबाज हुन्। सत्ताका लागि जे गर्न पनि तयार हुने माओवादीलाई देश र जनताको कुनै पर्वाह छैन। यी परजीवीहरूलाई उन्मूलन गरेर हाम्रो देशमा शान्ति र समृद्धि ल्याउन नयाँ अनुहारको खाँचो छ।
डा. कौशल तिवारी
हिमालखबर डटकमबाट

दशकको सशस्त्र द्वन्द्वमा हजारौं आफन्तले के यस्तै देख्न, सुन्न, पढ्न र भोग्न रगत बगाएका हुन्? हामी जान्न चाहन्छौं आखिर यी केका लागि थिए?
राजकुमार थापा
हिमालखबर डटकमबाट

मेरो विचारमा यो कुनै ठूलो कुरा होइन। किनभने त्यतिबेला माओवादीले भारतसँग त्यस्तो सम्झ्ौता नगरेको भए उनीहरूको शक्ति क्षयीकरण हुनेथियो। १२ बुँदे सम्झ्ौता अनि जनआन्दोलन २०६२/६३ नहुँदो हो त नेपालका माओवादी शायद पेरुको साइनिङ पाथ जस्तै हुनेथिए। त्यसैले भारतसँग त्यस्तो सम्झ्ौता नगरेको भए माओवादीसँग न सत्ता हुन्थ्यो न शक्ति।
नवीनकुमार श्रेष्ठ
हिमालखबर डटकमबाट

एकातिर भारतको अहित गर्ने काम गर्दैनौं भन्दा भारतले छुट दिएको भन्ने अर्कोतिर माओवादीले भारत विरोधी भावना नेपालमा फैलायो भन्नु त विरोधाभासपूर्ण भएन र? के आफ्नो विरोध गर्नेलाई भारतले छुट देला?
विजय राई
हिमालखबर डटकमबाट

अनधिकृत उल्थाको आरोप लागे पनि लेख पढेपछि केही लेख्न मन लाग्यो। भारतलाई नरिझ्ाई नेपालमा परिवर्तन सम्भव छैन भन्ने ऐतिहासिक तथ्य माओवादी आन्दोलनले पनि गलत सावित गर्न सकेन। प्रचण्ड र बाबुरामले यो कुरा बुझ्ेर नै उनीहरू भारतलाई रिझ्ाउन अहिलेसम्म पनि हात धोएर लागेका छन्। भारतले चाह्यो भने जस्तोसुकै अवस्थामा पनि नेपालको राजनीतिक व्यवस्थामा उथलपुथल आउने कुरा हल्ला रहेनछ। राजालाई दिएको दबाब र माओवादीलाई पारेको अप्ठ्यारोले नै पुष्टि गर्छ भारतको छायाँ विना यहाँका शासक, नेताहरू ढुक्कसँग निदाउन पनि नसक्ने रहेछन्। माओवादीको भारतविरोधी राष्ट्रियता कस्तो हो भन्ने कुरा मुनिको लेखले स्पष्ट पारेको छ। बन्दूकको नालले शासनमा पुग्न सकिंदैन भन्ने ज्ञान प्राप्त गरेरै होला जतिसक्दो छिटो सत्तामा पुग्न माओवादीका लागि भारतबाहेक ठूलो सहयोगी कोही थिएन। प्रचण्ड र बाबुरामले नेपाली जनतालाई भारत विरोधी राष्ट्रियताको नारामा भ्रमित तुल्याउनुहुँदैन।
विनय गुरागाईं
हिमालखबर डटकमबाट

थापालाई निष्काशन गर
हिमाल (१६–३२ साउन) मा प्रकाशित 'देशकै भोटको मूल्य रु.१ लाख' शीर्षकको समाचार पढ्दा गणेश थापा लाज नभएको मान्छे हो जस्तो लाग्यो। यो देशकै लागि लाजमर्दो कुरा हो। थापाले अखिल नेपाल फूटबल संघको अध्यक्षबाट राजीनामा दिनुपर्छ।
बटुक श्रेष्ठ
हिमालखबर डटकमबाट

आँखै ओभाएनन्
हिमाल (१६–३२ साउन) मा प्रकाशित 'नयाँ माओवादी पुरानै भोक' शीर्षकको लेखमा कटुसत्य उद्घाटित भएको छ। लेख पढेपछि लामो समयसम्म मेरा आँखै ओभाएनन्। मनले एक पटक पढेर छोड्नै मानेन। यस्तो अकाट्य यथार्थता मनन् गर्न सकिए मात्रै नेपाल रहन्छ, अन्यथा हाम्रो मुलुकका कलंक यी दासहरूले टिक्न दिने छैनन्।
नारायण भट्टराई
हिमालखबर डटकमबाट


के यस्तै भएको थियो र!

हिमाल (१६–३२ साउन) मा प्रकाशित 'इतिहासको उत्खनन्' शीर्षकको रेडियो छाप सलाई को निम्न वाक्यहरूमा मेरो ध्यान गयो। त्यहाँ भनिएको छ, “२०५१ सालमा एमाले नेता प्रदीप नेपाल सञ्चार मन्त्री भएपछि स्वतन्त्र रेडियोको अवधारणा फेरि संकटमा परेको थियो। उनले (राजेन्द्र) दाहाललाई भनेका थिए, “रेडियो चलाउने सरकारले हो तपाईंले हैन, साइकल चलाए जस्तो हो रेडियो स्टेशन?” भनेर आधिकारिक संस्मरण प्रकाशित भएपछि म जिल्ल त पर्ने नै भएँ। १८ वर्षअघि मैले यस्तो भनें हुँला भनेर धेरै सम्झ्ना गरें। कुनै तथ्यले पनि यसलाई पुष्टि गर्न नसकेपछि यो संस्मरण लेख्नैपर्ने महसूस गरें।
२०५१ सालमा नेकपा एमालेको सरकारमा म सूचना तथा सञ्चार मन्त्री भएको हुँ। त्यतिबेलाको नेकपा एमाले र नेपाली कांग्रेसबीचको सम्बन्ध पानी बाराबारकै थियो। त्यसैले सम्बन्ध सुधार्न सकिन्छ कि भनी रेडियो नेपालमा घटना र विचार चलाइरहनुभएका पुरुषोत्तम दाहाललाई सरकारमा हामी भए पनि घटना र विचार तपाईंले नै चलाउनुस् भनेर अनुरोध गरेको थिएँ। उहाँले आस्था फरक भएका कारण आफूले घटना र विचार चलाउन नसक्ने जवाफ मीठो भाषामा दिनुभयो।

मलाई सम्झ्ना छ त्यतिबेला भेट्न आएको प्रतिनिधिमण्डल साहित्यिक पत्रकार संघको थियो। उहाँहरूको माग मैले पूरा गर्न सकिनँ। तर कसैले एफ.एम. रेडियोबारे कुरा गरेको मलाई सम्झ्ना छैन। रघु पन्त र शंकर पोखरेलसँग प्रायः म केही नयाँ गरुँ न भनी सल्लाह गर्थें। रघुजीले नै ल्याउनुभएको हुनुपर्छ यो एफ.एम.को जानकारी। एफएम शुरू रेडियो नेपालबाटै गर्ने र प्रभावकारिता देखिएमा विस्तार गर्ने निर्णय गरेको थिएँ। तर त्यो निजी क्षेत्रमै गर्ने कि सहकारी भन्ने कुनै चेत मसँग थिएन। यदि राजेन्द्र दाहालको टोलीलाई मैले रेडियो चलाउनु साइकल चलाउनु जस्तो होइन, भनेको भए, उतिबेलाको पत्रकार महासंघले मेरो छालै काढ्ने थियो।

बितेको बेलाका यस्ता हावादारी गफलाई कम्तीमा पनि गम्भीर विषयमा बहस चलाउने भनी स्थापित हिमाल ले 'इतिहासको उत्खनन्' जस्तो मर्यादाको विशेषण नदिएको भए हुन्थ्यो भन्ने मेरो आग्रह हो।
प्रदीप नेपाल, पूर्व सञ्चारमन्त्री


नयाँ आवरणमा डा. भट्टराई

नवराज गौतम

'मैले समयलाई खेर फालें, समयले मलाई खेर फाल्दैछ' दार्शनिक फ्रान्सिस वेकनको यो भनाइ यतिबेला प्रधानमन्त्री बाबुराम भट्टराईसँग मेल खान्छ। प्रधानमन्त्री हुनासाथ डा. भट्टराईले जे–जे गर्छु भनेका थिए, ती कुनै काम गर्न सकेनन्, समय त्यसै खेर फाले। त्यसैले अहिले समय उनलाई फाल्न तयार भएको छ।

संविधान निर्माण, माओवादी लडाकूको समायोजन र शान्ति सुरक्षामा जनाएको प्रतिबद्धता अनुसार काम गर्न नसकेको सबैको सामु प्रष्ट छ। बरु प्रधानमन्त्री भट्टराईले प्रतिपक्षीहरूलाई सुईंको समेत नदिई मध्यरातमा संविधानसभा विघटन गराए, अन्य दलहरूसँग मोलतोल जारी राख्न लडाकू समायोजन बल्झाएर राखे र देशको शान्तिसुरक्षा भगवान भरोसेमा छाडे। यी काम समाजमा उनको छवि विपरीतका थिए। व्यवहारको कसीमा मात्र मानिसलाई जाँच्न सकिन्छ भनेर बूढापाकाले त्यसै भनेको होइन रहेछ।

भट्टराई प्रधानमन्त्री भइसकेपछि पक्कै केही गर्छन् भन्ने धेरैमा आशा थियो। सञ्चारजगतले पनि उनकै प्रशंसामा शब्द खर्चिरहे। यसले उनलाई प्रमुख राष्ट्रिय दायित्व निर्वाह गर्न अझ् प्रेरित गर्नुपर्ने हो तर भएन। आफ्नो मुख्य अजेण्डा बिर्सिएर, कहिले सस्तो गाडी चढ्ने, कहिले 'हेलो सरकार' त कहिले कुनै अमूक गाउँको अमूक किसानको घरमा रात बिताउने जस्ता झ्िनामसिना काममा अल्झ्िरहे।
सबैले असहयोग गरेको गुनासो गर्ने प्रधानमन्त्री भट्टराई संविधान नबनेको सम्पूर्ण दोष कांग्रेस–एमालेमाथि थोपरेर आफू पन्छिने दाउमा छन्। जब प्रधानमन्त्री एक जातीय पहिचानको नाममा सामाजिक सद्भाव खलबल्याउन तल्लीन भए, संविधान जारी नगरी जननिर्वाचित संस्था संविधानसभा विघटन गराए, तब मात्र विरोधका स्वर सुनिन थालेका हुन्। जबकि संविधानसभा विघटन अघिसम्म कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई सहयोग होस् र समयमै संविधान जारी होस् भन्नका खातिर मन्त्रिमण्डलमा आ–आफ्ना प्रतिनिधि पठाएकै हुन्।

पछिल्लो समयमा प्रधानमन्त्री भट्टराईले नौलो अभिव्यक्ति दिएका छन्, 'यहाँको चाबी कहीं अन्यत्रै रहेछ' भनेर। यो त कस्तो भयो भने, 'एउटा चोर चोरी गरेर भागेछ। एक हूल मानिसहरू उसलाई पक्रिन चोर... चोर... भन्दै पछि दगुर्दै थिए। चोरलाई जुक्ति सुझेछ। ऊ पनि आफ्नो हातको औंलाले अगाडि संकेत गर्दै चोर... चोर... भन्दै भीडमा गायव भएछ।' आफ्नै पार्टीभित्र र विशेषगरी छुट्टिएर गएका वैद्य समूहबाट भारतपरस्तको आरोप खेपिरहेका प्रधानमन्त्री डा. भट्टराईको अभिव्यक्ति चोरको जुक्ति भन्दा फरक देखिएन। हैन भने बिप्पा र अन्तर्राष्ट्रिय विमानस्थल जिम्मा दिने निर्णय गरेका भट्टराईले चाबीको कुरा झ्िकेर के भन्न खोजेका हुन्?

प्रधानमन्त्री भट्टराई अध्यक्ष प्रचण्ड झै छिनछिनमा बोली फेर्दैछन्। सहमति भए एक मिनेट पनि सत्तामा बस्दिनँ भन्ने भट्टराईले जातीय पहिचानसहितको संघीयताको सुनिश्चितता नहुँदासम्म सत्ता नछाड्ने अभिव्यक्ति दिन थालेका छन्। यो अभिव्यक्तिमा 'कुर्सी मोह' को गन्ध आउन थालेको छ।

नेपाल माओवादी या कांग्रेस–एमालेको, फोरम अथवा जनजातिको या खसहरूको मात्रै देश होइन। यो लगभग तीन करोड नेपालीको साझा फूलबारी हो। माओवादीले छलछाम वा नयाँ कुनै चारा फ्याँकेर कांग्रेस–एमालेलाई एकल जातीय पहिचानमा सहमत गराउन सक्लातर, अधिकांश नेपाली यो विग्रह स्वीकार्ने पक्षमा छैनन्। मानसिक र भावनात्मक रूपमा अहिले पनि जनता एक भएको मनोविज्ञानलाई राजनीतिज्ञहरूले बुझन जरुरी छ। 

comments powered by Disqus

रमझम