मोदीमा मोहित किन हुने ?

Share:
  

हिमाल खबरपत्रिकाको (२३–२९ वैशाख) मा प्रकाशित ‘मोदी भ्रमणः तीर्थाटन कूटनीति’ आवरण रिपोर्टले कुनै खुशी पार्न सकेन । हिजो भारतले लगाएको नाकाबन्दी झ्ल्झ्ली सम्झ्रिहेका नेपाली जनतालाई भारतीय प्रम मोदीको अहिलेको नेपाल भ्रमण तीर्थाटन मात्र हो, यसमा कुनै शंका छैन । हिजोको जस्तो अहिलेको मोदी भ्रमणले ट्राफिक समस्या मात्र सिर्जना गर्ने हो, जनतालाई कसैगरी मोहित पार्न सक्ने छैन ।

हो, हिजो चिसिएको सम्बन्धलाई सुधार गर्ने मोदीका लागि अहिलेको भ्रमण सुनौलो अवसर भने छ । र, सानो देश भनेर हेप्नु हुँदोरहेनछ भन्ने पनि उनले हेक्का राखेको हुनुपर्छ । जनता भनेको छिट्टै खुशी हुने र तुरुन्तै रिसाउने जमात हो । जनमानसको भावना नबुझदा नै मोदीप्रति नेपालमा रिस देखिएको हो । भारतले लिएको नेपाल नीति गलत थियो भन्ने महसूस गरेर कोर्स करेक्सन गर्नु नै अहिलेको भारतको हितमा हुनेछ । हेरौं, भारत सुध्रिन्छ कि अझ्ै पनि दपेट्ने नै नीति अख्तियार गरिरहन्छ ।

साथै, पछिल्लो समयको हिमाल को साजसज्जा हेर्दा भने विरक्त लाग्न थाल्यो । ‘एक्सक्ल्युसिभ’ तस्वीर छनोट गर्न र आकर्षक ले–आउटको लागि हिमाल पछि धकेलिएकै हो ? हरदम उत्कृष्ट साजसज्जासहितको हिमाल हेर्ने कामनासहित !

सन्देशकुमार खत्री, अनलाइनबाट

सही सल्लाह

भारतीय प्रम मोदीको भ्रमण सम्बन्धी (२३–२९ वैशाख) टिप्पणी ‘मिशनः छवि पुनर्निर्माण’ ले मोदीलाई सही सल्लाह दिएको छ । तर के गर्नु मोदीले यो टिप्पणी पढ्लान् र ? बरु मोदीको महिमा गाउनेहरूले बिग्रिएको छवि उजिल्याउन यस सुझवलाई उनका हजुरमा जाहेर गर्लान् कि !

‘मिथिला, मुक्तिक्षेत्र र मोदी’ सामयिक टिप्पणीले पनि अहिलेको यथार्थता अवगत गराइदिएको छ । तीर्थाटन नै सही, धार्मिक गन्तव्यको प्रवद्र्धनका लागि भ्रमणलाई मोदीमय बनाउनेहरूको जय होस् !

केदारबाबु महर्जन, अनलाइनबाट

स्पष्ट वार्ता

‘प्रत्येक सन्धिमा हामीले गुमाएकै छौं’ (२३–२९ वैशाख) अन्तर्वार्ताले धेरै कुरा प्रष्ट्याइदिएको छ । प्रत्येक सन्धिमा गुमाए जस्तै हामीले भारतसित हर क्षेत्रमा गुमाउन मात्र पुगेका छौं । उसले फाइदा मात्र उठाउन जानेको छ । दुवै पक्ष ‘विन् विन्’ को वातावरण बनाउने प्रयत्नमा लाग्नु नै नेपाली नेता र कर्मचारीतन्त्रको पहिलो कर्तव्य हो । अझ् अहिले त देशमा जनताबाट चुनिएको बहुमतको सरकार छ, यस्तो बेला पनि हामी गुमाइरहने हो भने हाम्रो हात कहिल्यै माथि पर्नेवाला छैन ।

मणि दाहाल, अनलाइनबाट

सोचाइ साँघुरो भयो

‘चेपाङका खाना अपहेलित तर उत्तम’ (२३–२९ वैशाख) जनस्वास्थ्य टिप्पणी पढेपछि केही नलेखी मनै मानेन । जर्मनीको उदाहरण दिंदै टिप्पणीकारले जसरी गिट्ठा र सिस्नुको प्रशंसा गर्नुभएको छ त्यसमा असहमत हुने ठाउँ छैन । तर उहाँले यो बुझनु भएन छ कि गिट्ठा नै सही पेटभरि र बाह्रैमास खान पाइँदैन । अनि कसरी उहाँले चेपाङले त पौष्टिकताले भरिपूर्ण उपज खान पाएको भनेको ? रह्यो अर्को कुरा, गिट्ठा, सिस्नु र जुनेलोले खाद्यान्नको काम गर्दैन, यसलाई त नगदेबाली र तरकारीको रूपमा न खाने हो । यति पनि डा. साबलाई हेक्का भएन र !

अनिता घिमिरे, अनलाइनबाट

पहिले बाजुरालाई हेर

‘गरीबीमा कीर्तिमान’ (२३–२९ वैशाख) रिपोर्ट बाजुराले नेपालको समग्र पहाडी भूभागको यथार्थता बताएको छ । सानो–ठूलो रूपमा हुनु भनेको छुट्टै हो । समृद्धिको सपना देखाएर सरकारमा पुगेकाहरूले बाजुरालाई हेरेर समग्र देशका कार्यक्रम अगाडि बढाउनुपर्ने देखियो । होइन, चुनावी नारा मात्रै हो भने त के भन्न सकिन्छ र ! त्यसो भयो भने अर्को पाँच वर्षमा यिनीहरूको हैसियत पनि जनताले देखाइदिनेछन् नै । जनताको आशा र विश्वासमा चोट पुर्‍याउने कार्य कसैगरी नगरौं ।

सरिता भट्ट, अनलाइनबाट

टिप्पणी गहकिलो भएन

भूराजनीति सम्बन्धी (२३–२९ वैशाख) टिप्पणी ‘भारत–चीन कोर्स करेक्सन’ हल्का लाग्यो । भारत र चीन आपसी हित रक्षा मात्र हेर्ने, नेपालबाट त फाइदा मात्र उठाउने हुन् । यो कुरा विगतदेखि नै देखिंदै आइएको छ । बरु आफैं सक्षम भए मात्र उनीहरू नेपालको ‘कोर्स करेक्सन’ मा लाग्ने छन् । जुन अहिले मोदीको भ्रमणमै देखियो । हिजो नाकाबन्दी लगाउनेसम्ममा ओर्लिएको मोदी सरकार आज कसरी तीर्थाटनकै रूपमा भए पनि जनकपुरबाट नेपाल छिर्न बाध्य भए । यस्तै रवैया रहने हो भने पछि–पछि त भारतीयहरूको भ्रमण एउटा सामान्य औपचारिकतामा मात्रै सीमित नहोला भन्न सकिन्न ।

डिल्लीशेर राई, अनलाइनबाट

रोकौं अनुदान कार्यक्रम

‘खेर गयो अनुदान’ (२३–२९ वैशाख) रिपोर्टले सरकारको आँखा खोलिदिएको हुनुपर्छ । निर्यात प्रवद्र्धनको नाममा अब पनि अनुदान नै दिइरहनुको कुनै अर्थ देखिएन । सरकारले अनुदान कार्यक्रमलाई नै नयाँ शिराबाट हेर्नुपर्छ । जनताबाट कर उठाएर अनुत्पादक क्षेत्रमा लगानी गर्नु भनेको जनघात नै हो । यस्तो कार्यक्रमलाई तुरुन्त रोक्नुपर्छ ।

शशिचन्द्र न्यौपाने, अनलाइनबाट

सटिक टिप्पणी

‘अपुरो आत्ममन्थन’ (२३–२९ वैशाख) टिप्पणीले नेपाली कांग्रेसले बिराएको बाटो देखाइदिएको छ । अब नेपाली कांग्रेस बिराएको बाटोबाट ‘यूटर्न’ गर्छ या अझ्ै भड्खालोमा पस्छ, त्यो उसैको जिम्मा । तर, एकचोटि गल्ती गर्दा जनताले कस्तो सजाय दिन्छन् भन्ने हेक्का राखेर अघि बढ्नुपर्छ । अब हिजोको परिस्थिति हेरेर आज पार्टी, देश र जनता चल्नेवाला छैनन्, समय अनुसार परिवर्तन हुन सक्नुपर्छ । त्यो नै अहिलेको टड्कारो खाँचो पनि हो ।

उमेश बानियाँ, अनलाइनबाट

comments powered by Disqus

रमझम