४-१० साउन २०७१ | 20-26 July 2014

खुलेर छलफल गरौं

Share:
  

'यौन सम्मोहन' (२९ असार–३ साउन) मा प्रकाशित समाचार पढेपछि यसको मुख्य कारण बदलिंदो जीवनशैली र पारिवारिक संरचना तथा बढ्दो शहरीकरण नै हो भन्ने बुझन कठिन छैन। यति मात्र होइन, पछिल्लो समयमा नेपाली समाजमा समेत भित्रिएका प्रविधिका कारण पनि यौनका बारेमा मानिसहरू केही उदार देखिएका छन्। हुन त परम्परादेखि चलिआएको नाममा समाजका लागि हितकर नहुने चिन्तन र व्यवहारलाई चुनौती दिंदै आधुनिकतातिर उन्मुख हुनु राम्रो पक्ष हो। समाजका लागि पाच्य नहुने यौन क्रियाकलापले समाजमा समस्या निम्त्याउने गर्दछ। त्यसकारण भोलिका दिनमा यस्ता समस्या निम्तिन नदिन विद्यालयस्तरको पढाइमै यौनका विषय समावेश गरी विद्यार्थीबीच खुला ढंगबाट छलफल चलाउन ढीला गर्नुहुँदैन। जसले गर्दा परिवारमा पनि उनीहरू यसबारे खुलेर कुरा गर्न सक्छन्। खुलेर कुरा नगर्ने र लुकाएर राख्ने जस्ता क्रियाकलापले झ्नै यौनकुण्ठा बढाउँछ।

विष्णुप्रसाद तिमिल्सेना, ललितपुर

यौन रहस्यको विषय नभए पनि हाम्रा क्रियाकलाप र पारिवारिक संरचनाले यसलाई रहस्य जस्तो बनाएको छ। किशोरावस्थामा शरीरमा आउने शारीरिक, मनोवैज्ञानिक र मानसिक परिवर्तनले किशोर―किशोरी यौनका विषयमा उत्सुक हुन्छन्। यस्तैमा यौनमा फसेका कतिपय व्यक्ति बाहिर निस्कनै सक्दैनन्। पाठ्यपुस्तकमा यौनका विषय समेट्ने, घरपरिवार र साथीभाइको सर्कलमा पनि छलफल गर्ने हो भने यौनजन्य विकृतिमा पक्कै कमी आउनेछ। अन्यथा यो समस्याले युवा पुस्तालाई गलत बाटोमा धकेल्नेछ।

गोपाल पौडेल, इमेलबाट

व्यवस्थित बनाऔं

'रेडलाइट रत्नपार्क' (२९ असार–३ साउन) मा प्रकाशित समाचार पढेर दुःख लाग्यो। पर्याप्त सार्वजनिक खाली जग्गा नभएको काठमाडौंको केन्द्रमा रहेको रत्नपार्कलाई व्यवस्थित बनाएर सुन्दर पार्कमा परिणत गर्न सकिन्छ। तर त्यही ठाउँ अहिले यौन व्यवसाय सञ्चालन गर्ने मुख्य अखडा बनेको छ। रहर वा बाध्यता कारण जेसुकै भए पनि यौन व्यवसायमा संलग्न महिला र पुरुष कोही पनि सुरक्षित छैनन्। पत्रपत्रिकामा प्रकाशित यौन व्यवसायमा संलग्नहरूका भनाइ पढ्दा अधिकांशले यसलाई रोजगारीको माध्यम बनाएको बुझन सकिन्छ। त्यसकारण युवा पुस्तालाई यस किसिमको कुलतमा फस्न नदिनका लागि रोजगारीको व्यवस्था मिलाई रत्नपार्कलाई सुन्दर पार्क बनाउन ढीला गर्नुहँुदैन।

अशोक मल्ल, इमेलबाट

पठनीय समाचार

'गाएर समाजसेवा' (२९ असार–३ साउन) मा प्रकाशित गायनलाई माध्यम बनाएर असहाय बालबालिकाको पढाइमा सहयोग गर्दै आएका गम्बु शेर्पाको काम साँच्चिकै प्रशंसनीय छ। आफ्ना छोराछोरीलाई अलपत्र छाड्ने र प्रशस्त धन सम्पत्ति हुँदा पनि सहयोग गर्न नचाहनेले शेर्पाबाट धेरै कुरा सिक्नुपर्दछ। सानो छँदा आफूले भोगेको समस्याले गर्दा असहाय बालबालिकालाई सहयोग गर्न तत्पर शेर्पाको समाजसेवा अनुकरणीय छ।

अम्बिका माली, ललितपुर

उपयोगी समाचार

'लुतोको लेठो' (२९ असार–३ साउन) मा प्रकाशित समाचार सामग्री जानकारीमूलक लाग्यो। गर्मी महीनामा फैलने रोगहरू झ्ाडापखाला, हैजा, टाइफाइड, मेनेन्जाइटिस, इन्सेफलाइटिस, आँखा पाक्ने, छालाका विभिन्न समस्या जस्तै लुतोको कारण पनि धेरै नेपाली सताइएका छन्। हिलो, धूलो र फोहोरमा काम गर्ने व्यक्तिलाई मात्र होइन व्यक्तिगत सरसफाईमा ध्यान नदिनेहरूलाई पनि लुतोले सताउँदो रहेछ। लुतोको कारण र यसबाट बच्नको लागि अपनाउनुपर्ने उपाय बारेको सामग्री उपयोगी लाग्यो।

केशवप्रसाद लामिछाने, इमेलबाट

सकारात्मक काम

'गर्भवतीलाई फाइदा' (२९ असार–३ साउन) मा प्रकाशित प्रविधिको फाइदा सम्बन्धी समाचार जानकारीमूलक लाग्यो। गर्भवतीलाई जानकारी दिने यस्तो नयाँ खालको सफ्टवेयरले मातृशिशु मृत्युदर घटाउन पनि मद्दत पुर्‍याउने छ। यस्तै खालका प्रविधि हरेक गाउँमा पुर्‍याउन सकेमा यसबाट धेरै आमा र शिशुको जीवन बचाउन मद्दत पुग्नेछ। सरकारले गर्नुपर्ने यस्ता अत्यावश्यकीय काम एक जना व्यक्तिले आफूलाई जस्तो पीडा अरूलाई नपरोस् भनेर गर्नु धेरैका लागि सिकाइ बन्न सक्दछ। स्वास्थ्य क्षेत्रमा हरेक वर्ष हुने गरेको ठूलो लगानीलाई यस्ता मह140वपूर्ण काममा लगाउन सकिएमा भोलिका दिनमा मातृशिशु मृत्युदरमा पक्कै कमी आउनेछ।

विमला चौधरी, इमेलबाट

comments powered by Disqus

रमझम