२४-३० असोज २०७२ | 11-17 October 2015

निर्विकल्प दलीय सहयात्रा

Share:
  

भारतको तीव्र विरोध हुँदाहुँदै पनि नेपाली नेताहरूले नसुने झ्ैं गरी संविधान जारी गरिछाडे। सधैंभरि 'ठूल्दाइ' को कुरा सुन्ने आरोप लागेकाहरूमा यस्तो परिवर्तन कसरी आयो? दुई उत्तर हुनसक्छन्– कि भारतले उनीहरूलाई असाध्यै चिढ्याएको, कि कुर्सीको लोभमा नेताहरूले आँखा चिम्लेको हुनुपर्छ। जे होस्, उनीहरूको यस्तो साहस आगामी दिनमा पनि देख्न पाइयोस्।

प्रमुख तीन दलबीचको सहमतिमा संविधान जारी भयो। संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले अघोषित नाकाबन्दी गरेको छ। 'तीनदलीय एकताको दरकार' (१७–२३ असोज) मा भनिए झैं संविधानको कार्यान्वयनका लागि तीन दलको कार्यगत एकता अबका दिनमा झ्नै अनिवार्य छ। पदका लागि लुछाचुँडीले देश पतनको बाटोमा लाग्नेछ। मधेशवादी दल रिसाउँदा त भारतलाई यत्रो फाइदा
भएको छ भने बाँकी शक्ति छिन्नभिन्न भए के हालत होला?

दिलीप हाडा, इमेलबाट

सहमति, सहकार्य र एकताबाट कोही पनि दायाँ–बायाँ हुनुहुँदैन। प्रमुख तीनदलीय एकता राष्ट्रिय आवश्यकता हो, संकटको समाधान हो। दलगत र व्यक्तिगतभन्दा राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिऊँ। संविधान कार्यान्वयन हुन नदिन विभिन्न चलखेल भइरहेका हुन सक्छन्। त्यसैले पनि तीनदलीय सहकार्यको आधार बलियो बनाउँदै १६ बुँदे सहमतिको आधारमा गठबन्धन सरकार बनाउनुपर्छ। यो नै संविधान कार्यान्वयनको पहिलो खुट्किलो हुनेछ।

मेघनाथ ढकाल, इमेलबाट

जस्तोसुकै कष्ट आइलागे पनि नेपाली जनताले कहिल्यै स्वाभिमान गुमाएका छैनन्। 'झ्क्नुभन्दा मर्नु बेस' ठान्ने जनताबाट नेताहरूले पनि एकता र आत्मसम्मानको पाठ सिक्नुपर्छ। संकटका वेला एकजुट भई देश बचाउने अभियानमा लाग्नुपर्छ। संविधान कार्यान्वयनमा कसैले पनि खुट्टा कमाउनु हुँदैन।

रुकमान तामाङ, इमेलबाट

गल्ती हाम्रै हो!

'तीन दिनमै खुल्छ तातोपानी नाका' (१७–२३ असोज) भने पनि अझ्ै सुरसार छैन। यतिको तागत भइदिए देशमा यत्रो दिनसम्म नाकाबन्दी हुने नै थिएन। अरू त अरू सरकारले नै जनतालाई नाकाबन्दी हो वा होइन भन्ने स्पष्ट जानकारी दिन सकिरहेको छैन।

नाकाबन्दीप्रति भारतसँग रुष्ट हुनुपर्ने कारण छैन। वेलैमा आफ्नो सन्दुकमा साँचो लगाएको भए यो दिन देख्नुपर्ने थिएन। देशमा यसखाले आपत् आइलागे के गर्ने भन्नेबारे हामीले कहिल्यै सोचेनौं। जे पर्ला, त्यही टर्ला भन्ने बानीले आज हामी भड्खालोमा जाकियौं।

भरत पौडेल, इमेलबाट

भारतीय नाका बन्द भएपछि चीनतिरको नाका खोल्नु राष्ट्रियताको सवालजस्तो बनेको छ। तर, राष्ट्रिय आत्मनिर्भरताको विकल्प खोज्नुजत्तिको राष्ट्रियता अर्को हुनै सक्दैन। तैपनि, नेपाल मामिलामा भारतले जति हस्तक्षेप गरेको छ, चीनले त्यति गरेको देखिंदैन। त्यसकारण पनि नेपाली चीनप्रति सकारात्मक छन्। त्यसैले पनि भारतीय नाकाबन्दीविरुद्ध चीनतर्फको नाका खोलियोस् भन्ने नेपाली चाहना हो।

केशव केडी, इमेलबाट

बाध्यताको मधेश आन्दोलन

मधेशीवादी दललाई सरकारले बेवास्ता गरेकै हो। 'तिमीहरू नभए पनि देश चल्छ' भन्ने प्रवृत्ति देखाएपछि गच्छदार, यादव र महतोहरू जिल्ला फर्किन बाध्य भए। उनीहरूको माग नाजायज हुँदो हो त मधेशी जनता यतिञ्जेलसम्म मुखमा पट्टी बाँधेर बस्ने थिएनन्। एउटा मात्र होइन, सम्पूर्ण मधेशवादी दल नै मोर्चा बनाएर सडकमा उत्रिएका छन्। उनीहरूलाई पीडाबोध नहुँदो हो त रापिलो घाममा तालु सेकाएर विरोध प्रदर्शन गर्ने थिएनन्। सत्ताको लोभमा प्रमुख दलहरूले मधेशीसँगको पुरानो सहमतिलाई 'माछो, माछो भ्यागुतो' बनाइदिए। यही व्यवहार अन्य दलसँग गरिएको भए के उनीहरू चूप लागेर बस्थे?

अकिञ्चन ढकाल, इमेलबाट

मधेशमा बस्ने पहाडी र पहाडमा बस्ने मधेशीको आवाज सुन्न पाए देश अलि शान्त हुन्थ्यो कि? सद्भाव र सहिष्णुताको अभाव खट्किरहेका वेला यस्तो आवाजको ठूलो महत्व छ। 'मधेशको मूड' (१७–२३ असोज) मा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले प्रमुख दलका नेताको बोलीले आफूहरूमा स्वशासित हुने चाहना जगाएको बताएका रहेछन्। यदि उनले स्वशासन भनेका होइनन् र वेग्लै देशतर्फ संकेत गरेका हुन् भने प्रत्येक स्वाभिमानी नेपालीले यो सहन सक्दैनन्।

रमा पराजुली, इमेलबाट

प्रेरणास्रोत मनोज

'१९७४ एडी' का गितारवादक मनोज केसीबाट म निकै प्रभावित छु। झ्म्सिखेलस्थित मोक्ष रेस्टुरेन्टमा उनलाई एकचोटि भेटेकी थिएँ। खूब रमाइला रहेछन्। उनीबारे 'संगीतकर्मीका कथा' (१७–२३ असोज) मा थोरै पढ्न पाइयो। विवाहको केही समयमै श्रीमती गुमाएर पनि आफूलाई स्थिर राख्न सकेको देख्दा उनीप्रति अझै सम्मान जागेको छ। उनको जीवन कथा पढ्न पाए धेरैलाई प्रेरणा मिल्थ्यो।

चन्दा भारती, इमेलबाट

'ठूल्दाइ' होइन भारत

'गल्तीमा ठूल्दाइ' (१७–२३ असोज) को शीर्षक सुहाएन। ठूल्दाइ र सानो भाइ भनेको त एकै घरका सदस्य हुन्। भारत छिमेकी हो, परिवारको सदस्य होइन। त्यसैले उसलाई दाइ भन्न मिल्दैन। छिमेकी ठूल्दाइ भनेको हो भने पनि चीन नेपालभन्दा ६५ गुणा ठूलो छ, तर भारत २२ गुणा मात्रै।

सुरेश अधिकारी, इमेलबाट

गुइँठा बालेर भात पकाउँला, पैदल हिडौंला, जंगलका कन्दमूल खाएर बाँचौंला तर छिमेकीको इसारामा नाच्नेवाला छैनौं।

मुरारी बुढाथोकी, इमेलबाट

ठूल्दाइको पद पाउन लायक छैनन्, मोदी। उनी त तानाशाह जस्तो व्यवहार गर्दैछन्।

विकास अग्रवाल, इमेलबाट

comments powered by Disqus

रमझम