गुदेलमा विमानस्थल

Share:
  

पर्यटकको ओइरो लाग्ने सोलुखुम्बू सुविधासम्पन्न छ भन्ने सुनेकी थिएँ। तर, 'महाकुलुङको सपना' (२७ मंसीर–४ पुस) पढेपछि थाहा भयो, यो त भ्रम मात्र रहेछ। कतिपय गाविस असाध्यै विकट रहेछन्।

सडक पुगेका ठाउँमा विस्तारै विमानस्थल बनाए हुन्छ। तर, बिरामी सदरमुकाम पुर्‍याउन समेत कठिन गुदेल जस्ता गाउँमा विमानस्थल बनाइहाल्नुपर्छ। यसो गरिएमा स्थानीयको आशिष लाग्नेछ।

कुसुम हमाल, इमेलबाट

स्थानीय चुनावमा बदनियत

नयाँ संविधान देखाएर मन्त्री र नेताहरू 'यसो गर्न मिल्छ/मिल्दैन' भन्दै जनता झ्ुक्याउन खोजिरहेका छन्। कति त राज्य पुनर्संरचनाका वेला स्थानीय निकायको चुनाव आवश्यक नरहेको तर्क पनि गरिरहेका छन्।

नेपालको संविधान–२०७२ मा 'स्थानीय पदाधिकारीको निर्वाचन कानून बमोजिम हुने' उल्लेख छ। तर, दलहरू कप्ट्याइँ गरिरहेका छन्। 'मुखमा राम राम बगलीमा छुरा' भएका नेताहरूले तत्काल स्थानीय निर्वाचन गराएनन् भने थप अनिष्ट हुन सक्छ।

तुला लामिछाने, इमेलबाट

असहज प्रयास

संकटपछि मात्रै हामी चीनबाट इन्धनलगायत सामग्री भित्र्याउन खोजिरहेका छौं। तर, यो काम त्यति सहज छैन भन्ने 'व्यापारीलाई सास्ती' (२७ मंसीर–४ पुस) पढेपछि छर्लङ्ग भयो।

रसुवागढी नाका खुले पनि व्यापारी र चालकले चीनको केरुङ प्रवेशमा समस्या झ्ेलिरहेका रहेछन्। यता, हामी काठमाडौंवासी भने चीनबाट कहिले सामान आउला र अभावबाट मुक्ति पाइएला भनेर कुरिरहेका छौं।

परशुराम केसी, इमेलबाट

साझा बस थपौं

प्रधानमन्त्रीले राजधानीमा मेट्रो रेल, विद्युतीय गाडी आदि चलाउने कुरा गरेका थिए। सुन्दा मात्र पनि औधी खुशी लागेको थियो। तर, हिमाल को 'राजधानीमा मेट्रो रेल, तत्काल असम्भव' पढेपछि खिन्न भएँ। हाम्रो देशमा राम्रो काम सधैं किन असम्भव मात्र हुन्छ? सुझ्बुझ्विना जे पनि बोलिदिने प्रम पनि कस्ता?

उपत्यकामा मेट्रो रेल असम्भव हो भने साझ्ा यातायातद्वारा संचालित बसको संख्या थप्नुपर्छ। संख्या कम भएकाले अहिले साझ्ा बसमा चढ्नै नसकिने गरी भीड हुन्छ। यसो गर्न सके सार्वजनिक सवारी साधनको मनोमानी पनि ठेगान लाग्छ।

अशोक, लालबहादुर, इमेलबाट

घृणा लाग्दा अस्पताल

देशमा कुनै क्षेत्र पनि भ्रष्टाचारमुक्त देखिंदैन। लाग्छ, सबै मौका मात्र कुरिरहेका छन्। जनसेवा भावले चल्नुपर्ने विद्यालय, क्याम्पस, अस्पताल झ्नै अनियमितताको खेलमा चुर्लुम्मै रहेछन्। भूकम्पका घाइतेलाई निःशुल्क उपचार सेवा दिने सरकारी घोषणामा अस्पतालको रजाइँ देख्दा सहिनसक्नु भयो। 'भूकम्पका घाइते पनि छोडेनन्' (२७ मंसीर–४ पुस) पढेपछि घाइतेहरूप्रति सहानुभूति जाग्यो। उनीहरूको भाग खोस्ने अस्पतालप्रति घृणा लाग्यो।

गौसम राई, इमेलबाट

बालश्रम विरुद्ध

गोष्ठीहरूमा बालअधिकारको कुरा गर्ने तर घरमा बालश्रमिक राख्ने वा आफन्तले बालश्रमिक राख्दा पनि चूप बस्ने अधिकारकर्मी धेरै देखेका छौं। 'यो इल्लिगल हो' (२७ मंसीर–४ पुस) मा लेखकले रामप्रित सिंहको कथा सुनाउँदै बालश्रम देशविशेषको समस्या नभई मानवताकै समस्या हो भनेका छन्। हामी सबैले बालश्रमविरुद्ध पहल थालौं।

मनोहर देवान, तारा राई, इमेलबाट

रमझममा युवाका कुरा

रमझ्म पृष्ठहरूमा किताब, कलाकार र खेलाडीका कुरा धेरै आए। युवाका कथा, उनीहरूको सोच र कार्यविधिबारे पनि लेखिदिए राम्रो होला। जल्दाबल्दा विषयमा युवामाझ् बहस गराउन सके झ्नै राम्रो हुनेथियो।

अमित शेरचन, इमेलबाट

comments powered by Disqus

रमझम