सिटौला र गगनको समूह चुनाव जित्ने उद्देश्यले प्रतिस्पर्धामा उत्रेकै थिएन। कांग्रेसभित्र आ–आफ्ना एजेन्टलाई स्वतन्त्र शक्तिका रूपमा स्थापित गर्ने र रामचन्द्र समूहको भोट काट्ने रणनीति अनुसार विदेशी शक्तिले गगन र सिटौलालाई अघिसारेको थियो। यो नीति त आरजू राणालाई भिडाएर देउवालाई गिरिजाको स्थायी विकल्पका रूपमा स्थापित गरे जस्तै खेल हो भन्ने तर्क चित्त बुझ्े। हिमाल मा “नेतृत्व चयनमा एक्स फ्याक्टर” (२३–२९ फागुन) ले चुनाव माहोल बुझ्ाउन यथेष्ट सहयोग गर्यो।
युवराज पुरी, अनलाइनबाट
महाधिवेशनको सन्दर्भमा छापिएका लेख पठनीय लागे। राम्रो 'प्याकेजिङ' गरिएको थियो। 'यस्ता छन् नेतृत्वका दाबेदार' लेख अन्तर्गत उम्मेदवारका बलिया र कमजोर पक्षबारे जान्न पाउँदा मजा आयो। जित्ने आधार र हार्ने कारण केलाएर यसरी बुँदागत रूपमा पस्किदिनुभएकोमा धन्यवाद।
विजय राई, अनलाइनबाट
खेल हेर्न आतुर
भारत र चीनले थापेको बल्छीतिर ध्यान नदिई तिनले फ्याँकेको चारोमै झ्ुम्मिने हाम्रो बानी छ। नेता र नीतिनिर्माताहरूले बल्छीमा आँखा नलाएसम्म देशको विकास हुँदैन। जनताले अनेकन् दुर्गति खेपिरहनुपर्नेछ। तसर्थ, कबड्डी र पिङ्पङ्का खेलाडीको चाल बुझेर हामीले त्यही अनुसारको जवाफ फर्काउन सिक्नुपर्छ।
आफ्नै निवासमा पिङ्पङ् निर्माण गरेका ओलीले त्यसको नियम मज्जैसँग बुझ्ेका होलान्। त्यसैले चीनको चाललाई ओलीले बुद्धिमत्तापूर्वक सल्ट्याउने छन् भन्नेमा आशा राख्न सकिन्छ। तर, 'कबड्डीपछि पिङ्पङ्' (२३–२९ फागुन) मा भनिए झैं ओलीको खेल हेर्न बाँकी नै छ।
सञ्जयनाथ, रुपक विष्ट, अनलाइनबाट
निर्दयी सन्तान
आफ्नै सन्तान कसरी बैरी बन्छन् भन्ने कुराको ज्वलन्त उदाहरण 'अंश माग्दै आमाबुबा' (२३–२९ फागुन) हो। अनेक दुःख, कष्ट गरेर हुर्काएका सन्तानले बुढेसकालमा आफैंलाई घर न घाटको बनाएको देख्दा मुटु दुख्छ। अब त अभिभावकले आफ्नै सन्तानमाथि विश्वास गर्न नसक्ने दिन आए। बुढेसकालमा सहारा बन्नुपर्नेमा उल्टै बा–आमाको सम्पत्तिमाथि रजाइँ गरी उनीहरूलाई सडकमा पुर्याउने सन्तानलाई झयालखानामा जाक्नुपर्ने हो।
देवी आचार्य, अनलाइनबाट
अधिकारकर्मी साथीहरूलाई धन्यवाद। उनीहरूले वृद्ध बा–आमाको पक्षमा लडेको सुन्दा गर्व लाग्यो। बाबुआमाको सम्पत्तिमाथि छोराछोरीको स्वतः अंश दाबी लाग्ने प्रावधान हटाउनैपर्छ। एउटाले दुःख गरेर कमाएको सम्पत्ति कदापि अरूको हुन सक्दैन। बा–आमाले आफ्नो कर्म गर्छन् भने छोराछोरीले पनि आफ्नै पौरखले सम्पत्ति जोड्नुपर्छ। पैतृक सम्पत्तिमाथि हानाथाप गर्ने चलनको अत्य आवश्यक छ।
खुमा खड्का, रोचक शर्मा, अनलाइनबाट
देशभन्दा पार्टी ठूलो!
यो देशमा एकले अर्काको अस्तित्व र विचारलाई सम्मान गर्ने चलन छैन। नेता र मन्त्रीहरू त झ्न् आ–आफ्ना ढिपीमै लागिरहने भएकाले जहिले पनि कलह मच्चिने गरेको छ। कमल थापाको अन्तर्वार्ता पढेपछि भाउन्न छुट्यो। उनले 'कांग्रेस सरकारमा आए हामी बाहिरिन्छौं' (२३–२६ फागुन) भन्नु जायज हो त? सबैसँग मिलेर देशलाई उँभो लगाउँछौं भन्नुको सट्टा यस्तो अभिव्यक्ति दिन मिल्छ? थापाका लागि देश र जनता ठूलो भइदिए पो उनी सबैसँग सहकार्य गर्न तयार हुन्थे। उनका लागि त पार्टी ठूलो छ।
राजेश, निजम, अनलाइनबाट
जसले जे छोडे पनि आफूलाई मतलब लाग्न छोडिसक्यो। जो जहाँ पुगे पनि जनताका लागि गर्ने केही होइन। सबै आफ्नै दुनो सोझयाउनमा तल्लीन छन्। कांग्रेस सरकारमा आउँदैमा राप्रपा–नेपाललाई बाहिरिनुपर्छ भने बाहिरियोस्। जसको जति बुद्धि छ, उसले त्यति नै काम गर्न सक्छ।
सन्दिप थापा, अनलाइनबाट
शिक्षकका दुःख
पिल्लरीफाँटा–४, कञ्चनपुरमा रहेको 'श्री पञ्चकोटि मणिकाधाम बाल विद्यालय' को हालत देख्दा दुःख लाग्यो। साथै, मासिक रु.३ हजारलाई बाँडीचुँडी गरेर भए पनि केटाकेटीलाई पढाउँदै आएका शिक्षकप्रति सम्मान जाग्यो। उनीहरूको कथा सुन्दा देश अझै परापूर्वकालमै छ जस्तो
लाग्यो। सरकारले शिक्षामा गरेको लगानी भ्रष्टाचारमै सिद्धिरहुञ्जेल दूरदराजका विद्यार्थीले भैंसी पस्ने कोठामै बसेर ज्ञान हासिल गरिरहनुपर्नेछ।
कदमराज पाण्डे, अनलाइनबाट
अभयाको आँट
'अभया अभियान' वास्तवमै राम्रो छ। उनी निकै साहसी र जुझ्ारु महिला हुन्। नेपालमा उनी जस्ता महिला कमै छन्। यत्तिका वर्षदेखि 'स्टिम इन्जुन्स' ब्यान्डलाई धानिरहेकी छन्। अन्य ब्यान्डमा महिलाहरू सधैं पुरुष सहकर्मीको अन्डरमा काम गरिरहेका हुन्छन् भने उनी चाहिं पुरुषहरूलाई नेतृत्व गरिरहेकी छन्। स्टेजमा उनको ऊर्जा तारीफयोग्य हुन्छ। अभयाबाट अरू महिलाले पनि आत्मविश्वासी र अटल बन्ने प्रेरणा लिन सक्छन्।
कुवेर अधिकारी, अनलाइनबाट