२८ चैत २०७२ - ४ वैशाख २०७३ | 10-16 April 2016

राहतका नाममा आहत

Share:
  

'कहाँ गयो रु.१ खर्ब' (हिमाल आवरण २१–२७ चैत) मा भूकम्पपीडितका लागि आएको राहत उनीहरूसम्म नपुगेको समाचार पढेर दुःख लाग्यो। पीडितलाई सहयोग गरिरहेको देखाउन विकसित देशहरूले हवाईजहाज 'चार्टर' गरेको पनि सुनियो, तर त्यसको प्रतिफलको ठूलो अंश उनीहरू आफैंले पो पाइरहेका रहेछन्। पीडितका नाममा भइरहेको यस्तो विकृति तत्काल रोकियोस्। यस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको अनावश्यक खर्च रोक्न सरकारले तत्काल कदम चालोस्।

जर्ज लिनउड, अनलाइनबाट

'टार्गेट' सुधारियोस्

'टार्गेटमै त्रुटि' (२१–२७ चैत) रिपोर्टमा भनिए जस्तै नेपाल प्रहरीलाई दिइने तालीममै त्रुटि भएको कुरा मधेश आन्दोलनमा अनाहकमा ज्यान गुमाएकाहरूबाटै पुष्टि भइसकेको छ। बन्दूक पायो भन्दैमा टाउको वा छातीमै हान्नु गलत हो। प्रहरीलाई दिइने तालीममै सुधार ल्याउनुपर्ने वेला भइसकेको छ। नत्र नमर्नुपर्ने व्यक्ति मर्ने खतरा बढ्छ।

प्रेम प्रतीक्षा थापा, अनलाइनबाट

गोहीको आँसु

'आँसुको अस्त्र' (२१–२७ चैत) पढेपछि नेताहरू क्यामेराका अगाडि मात्र रुने कुरा सही लाग्यो। सस्तो लोकप्रियता कमाउन नेताहरू यस्ता अभिनय गर्दारहेछन्। जनताको पीरमर्कामा रोइदिने असली नेता कोही छैनन्। १० वर्षे सशस्त्र युद्धमा हजारौं मान्छे मार्नेहरूले चलचित्रमा गरीब किसानको गाई मरेको दृश्यमा डाँको छोडेर रुनु खराब अभिनय हो, गोहीको आँसु हो।

राकेश शर्मा, अनलाइनबाट

अनैतिक व्यापार

'संगिनी लगाउँदै तेस्रोलिङ्गी' (२१–२७ चैत) को रिपोर्ट पढेपछि तेस्रोलिङ्गीले महिला जस्तै देखिन संगिनी सुई लगाउन थालेको नयाँ तथ्य थाहा पाइयो। बिडम्बना त औषधि पसलबाटै यो सुई लगाइने रहेछ। औषधि पसल सेवामुखी होइन, पैसामुखी रहेछन्। औषधि पसलको जथाभावीलाई रोकिनुपर्छ। ज्यान जोखिममा पार्ने यसखाले गतिविधिप्रति सरकार मौन हुनुले अचम्मित तुल्याएको छ।

जीपी सिंखडा, अनलाइनबाट

ह्यारीबाट सिकौं

अधिकांश मानिस समाजको साटो आफ्नो मात्र सोच्छन्। अझ् नेपालका नेताहरू त सत्ताका लागि जे पनि गर्छन्। देश सोच्ने र काम गर्ने महानता केहीमा मात्र हुन्छ। 'ह्यारी ह्यांगओभर' (२१–२७ चैत) पढ्दा लाग्यो, बेलायती राजकुमार ह्यारी त्यस्तै रहेछन्। नेपाल भ्रमणमा रहँदा ह्यारी डोकोमा ढुंगा बोकेर विद्यालय निर्माणमा खटिए। नेपालका नेताहरूमध्ये कतिले ह्यारीले जस्तै ढुगा बोकेका होलान्। उनीहरूको तुलनामा ह्यारीको स्थान निकै माथि छ। सहयोगी, सरल र शालीन ह्यारीबाट नेपालीले सिक्नुपर्ने कुरा धेरै छन्।

बीएन शिव, अनलाइनबाट

भारतको संकुचित सोच

'कम्पन दिल्लीमा' (२१–२७ चैत) का अनुसार पनि नेपाल जस्तो देशले दुवै छिमेकी मुलुकसँग पारस्परिक सम्बन्ध राख्नु आवश्यक हुन्छ। नेपालले सार्वभौमसत्ताको प्रयोग गर्दा दिल्लीको टाउको दुख्नु अचम्मको कुरा हो। हामी सधैं भारतबाट च्यापिएर बस्न सक्दैनौं। पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पारवहनलगायतका मह140वपूर्ण सम्झ्ौता गरेर राम्रो गरेका छन्।

एक स्वतन्त्र मुलुकका हिसाबले नेपालले संविधानसभाबाट संविधान जारी गर्दा भारतले नाकाबन्दी गर्नु र प्रधानमन्त्रीको चीन भ्रमणपछि उसले अन्तर्राष्ट्रिय रूपमा घेराबन्दीको प्रयास थाल्नु गम्भीर हस्तक्षेप हो।

प्रदेशी विनोद, अनलाइनबाट

comments powered by Disqus

रमझम