१६-३२ साउन २०६९ | 31 July-16 August 2012

लोकतान्त्रिक नेता

Share:
  


हिमाल (१–१५ साउन) मा प्रकाशित कांग्रेस नेता धनराज गुरुङको अन्तर्वार्ता निकै तर्कपूर्ण र देशभक्तिपूर्ण लाग्यो। देशलाई जातीय जञ्जालमा फसाउन नचाहने नेता गुरुङको यस्तो विचारको दिलैदेखि समर्थन गर्दछु।

नवराज ढकाल
हिमालखबरबाट


जातीय राज्यको वकालत गर्नेहरूले गुरुङको अन्तर्वार्ता पढें कसो होला? साँच्चै राम्रो नेपाल बनाउने हो जातीय राज्य बनाउनुहुँदैन। किनकि यसले द्वन्द्व निम्त्याउँछ। यस्तो गहन विचारका लागि गुरुङलाई धन्यवाद।

नरेन्द्र बिक
हिमालखबरबाट

जातीय दल चाहिन्छ
हिमाल (१–१५ साउन) मा प्रकाशित जातीय पार्टी, फलामको चिउरा शीर्षकको समाचारमा उल्लिखित २०६४ को चुनावको सन्दर्भ र अहिलेको परिस्थिति फरक छ। पुरानै इतिहास दोहोरिनुपर्छ भन्ने छैन, जनताले नयाँ इतिहास कायम गर्न सक्छन्। शीर्ष नेतृत्वका कुरा समेत दलमा सुनुवाई हुँदैन भने आफ्ना अधिकार संरक्षणका लागि नयाँ जातीय दलको विकल्प छैन। यो बाध्यात्मक परिस्थिति हो। उपेक्षित जातिहरूको हकहितको आवाज उठाउँदैमा राष्ट्रिय हित धरापमा पारेको भन्न मिल्दैन। सबै जातिको समुन्नत विकास विना विकास सम्भव छैन।

मोतिलाल राना मगर
हिमालखबरबाट

सलाम दानबीरहरूलाई !
हिमाल (१–१५ जेठ) मा प्रकाशित 'ज्यान बचाउने दानबीरहरू' शीर्षकको समाचार निकै पठनीय लाग्यो। वास्तवमै आफ्नो अंग अरूलाई दिएर नयाँ जीवन दिनुजस्तो महान धर्म यो संसारमा अरू केही पनि छैन। अंगदान गर्दा आफ्नो स्वास्थ्यमा नराम्रो असर पर्छ होला भन्ने मलाई लागेको थियो। तर मेरो सोचाइ बिल्कुलै गलत रहेछ भन्ने कुरा हिमाल को समाचार पढेपछि थाहा पाएँ। यस्ता दानबीरहरूलाई सलाम!

सुवास संगालो कुलुङ
गुदेल–४ खिम्पैचो टोल
संगमचोक, सोलुखुम्बु

सोच्ने बेला आयो
हिमाल (१६–३१ जेठ) मा प्रकाशित 'निर्धो नक्कल' शीर्षकको समाचार पढें। शहरिया युवा र प्लस टु पुस्तालाई तान्न अंगेजी नाममै जोडदिने गलत संस्कारको विकास भएको छ। कथाको आवश्यकताभन्दा पनि फेसनका कारण जबर्जस्त यस्ता नाम राखेको पाइन्छ। अब सबै चलचित्रकर्मीले सोच्ने बेला आएको छ।

षडानन्द शर्मा
हिमालखबरबाट

comments powered by Disqus

रमझम